नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरमा साढे ३० करोडमा निर्मित अत्याधुनिक बसपार्क उद्घाटन
कोहलपुरमा साढे ३० करोडमा निर्मित अत्याधुनिक बसपार्क उद्घाटन
बागेश्वरी पोस्ट
आइतबार, असार २४, २०८० बागेश्वरी पोस्ट
कोहलपुरमा साढे ३० करोडमा निर्मित अत्याधुनिक बसपार्क उद्घाटन

नेपालगञ्ज । बाँकेको कोहलपुरमा नवनिर्मित अत्याधुनिक बसपार्क उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज एक कार्यक्रमका बीच लामो दुरीको नवनिर्मित बसपार्क उद्घाटन गरेका हुन् । 

बसपार्क उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले कोहलपुर पश्चिम नेपालको गेटवे भएको बताउँदै कोहलपुर क्षेत्रको विकास र समृद्धिका लागि लुम्बिनी प्रदेश सरकारको साथ र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे । जीवनोपयोगी सीप सिक्ने वातावरण निर्माण गर्दै रोजगारी प्रबद्र्धन गर्ने प्रदेश सरकारको योजना रहेको सुनाउँदै मुख्यमन्त्री चौधरीले विकास र समृद्धिका लागि प्रदेश सरकार र स्थानीय सरकारका बीचमा समन्वय, समझदारी र सहकार्य जरुरी रहेको उल्लेख गरे । कोहलपुरमा यो क्षेत्रकै अत्याधुकि बसपार्क बनेको भन्दै उनले खुसी ब्यक्त गरे । 

No description available.

कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले नगरको विकास र समृद्धिका लागि  समन्वय र सहकार्य गरिरहेको बताए । कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले सुविधा सम्पन्न लामो दुरीको बसपार्कको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लुम्बिनी प्रदेशकासभा सदस्य कृष्णा केसी नमुना, सञ्जुकुमारी चौधरी, दुर्गा चौधरी, बसन्ती अधिकारी लगायतले कोहलपुरकै विकास र समृद्धिका लागि पहलकदमी लिइरहेको बताउँदै जिल्लाको विकास र समृद्धिका लागि सबै एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अत्याधुनिक सपिंग कम्प्लेक्ससहितको बसपार्क साढे ३० करोड लागतमा निर्माण सम्पन्न भएको हो । नगर विकास कोषसंगको ऋण सम्झौतामा कोहलपुर नगर विकास समितिले बसपार्क निर्माण गरेको हो । नगर विकास कोषको ६० प्रतिशत र कोहलपुर नगर विकास समितिको ४० प्रतिशत लगानीमा बसपार्क निर्माण सम्पन्न भएको कोहलपुर नगरपालिकाले जनाएको छ । बार्षिक ८ प्रतिशत व्याज रकम तिर्ने गरी २० बर्षका लागि नगर विकास कोषसंग सम्झौता भएको छ । २०७७ असोज २३ गते तत्कालीन नगर प्रमुख लुटबहादुर रावतले नगर विकास कोषससंग सम्झौता गरेका हुन् । २०७७ फागुन २४ गतेबाट बसपार्क निर्माण कार्य सुरु गरिएको थियो । २०७९ फागुन २५ गते निर्माण सम्पन्न भएको थियो । 

बसपार्क निर्माण सम्पन्न भएसंगै कोहलपुर नगरपालिकाले बसपार्क सञ्चालनका लागि ठेक्का सम्झौता गर्नुका साथै बसपार्कभित्र रहेका सटरहरु समेत भाडामा दिइसकेको छ । बसपार्क साउनदेखि सञ्चालनमा आउनेछ । बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रालिले पाएको छ । प्रालिले बसपार्क व्यवस्थापनका लागि प्रवेश, टिकट काउन्टर, शौचालय मर्मत सम्भार, ब्लक र पार्किङको सम्पूर्ण व्यवस्थापन गर्नेछ । बसपार्कमा व्यापारिक प्रयोजनका लागि ५९ वटा सटर छन् । 


प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १४:०२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP