नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • लोकतान्त्रिक प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
लोकतान्त्रिक प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
बागेश्वरी पोस्ट
शुक्रबार, साउन ५, २०८० बागेश्वरी पोस्ट
लोकतान्त्रिक प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक

रामबहादुर रावत, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि लोकतन्त्रिक प्यानलले आफ्नो निर्वाचन प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ ।

कोहलपुरमा आज पत्रकार सम्मेलन गरी लोकतन्त्रिक प्यालनबाट अध्यक्ष पदका उम्मेद्वार टेकनारायण भुषालले कोहलपुरबासीलाई स्वच्छ, सफा र प्रशोधित पिउने पानी उपलब्ध गराउने अभिप्रायका साथ “शुद्ध, सफा र प्रशोधित पानी, युवा नेतृत्व र कोहलपुरमा सहज खानेपानी” भन्ने मुल लक्ष्य रहेको बताएका छन् । साथै उनले संस्थाबाट प्राप्त हुने सेवा सुविधाको उपभोग नगर्ने प्रतिवद्धता जनाएका छन् ।

सो प्रतिवद्धता–पत्रमा खानेपानीको धारा जडान गरेका तर पिउने पानी प्राप्त गर्न नसकेका उपभोक्ताका घरहरुमा अविलम्ब पानी पु¥याउने, थप १५ वटा डिप बोरिङ्ग र ५ वटा अभोर हेट पानी ट्याङ्की निर्माणका लागि पहल गरिने, गरिबीको रेखामुनी रहेका परिवार, मुक्तकमैयालाई सम्बन्धित निकायको सिफारिसमा औचित्यको आधारमा निःशुल्क धारा जडान गरिने उल्लेख गरिएको छ । साथै विगतमा भएको आर्थिक अनियमिततालाई छानविन गरी प्रतिवेदनमा दोषी ठहरिएकालाई कारवाही गरिने, धारा जडान भएका तर पानीको उपभोग नगरेर पनि विल उठेका उपभोक्ताको लागि स्थलगत अनुगमन गरी विल मिनाहा गरिने, बाटोको दुबैतर्फ पाइप लाइन विस्तार गरिनुका साथै प्रत्येक ३/३ सय मिटरमा कन्ट्रोलप्लेस राखिने तथा कुनै कारणबस पानीको आपुर्ति अवरुद्ध हुने भएमा उपभोक्तालाई विद्युतीय माध्यमबाट अग्रिम जानकारी गराउने प्रणलीको विकास गरिने बताइएको छ ।

कोहलपुरको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्नका लागि भेरी बबई डाइभर्सन र राप्ती नदीको पानी कोहलपुरमा ल्याउन सम्बन्धित गौरवको आयोजना, खानेपानी मन्त्रालय र कोहलपुर नगरपालिकासँग आवश्यक समन्वय गरी  कोहलपुरका सबै नागरिकको घर–घरमा हुने पिउने पानीको अभावलाई अन्त्य गर्ने लक्ष्यका साथ कार्ययोजना निर्माण गरिने अध्यक्ष पद्का उम्मेद्वार भुषालले प्रतिवद्धता जनाएका छन् । “पारदर्शिता, जवाफदेहिता, मितव्ययिता र आर्थिक सुशासन हाम्रा प्रमुख मुद्धा हुन्” उनले भने “जनभावना अनुरुप सहभागितामूलक नीति निर्माण गरी आवश्यकताको आधारमा संस्थाको कार्य क्षेत्र विस्तार गर्नु हाम्रो अर्को लक्ष्य रहेको छ ।”

सो पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीले कोहलपुरका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउनका लागि भुषाल नेतृत्वको टिमले काम गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति पोषण केसीले पानी मानव जीवनको आधारभूत पक्ष भएकाले जनतालाई सहजरुपमा पानी उपलब्ध गराउन सक्ने क्षमता भएको नेतृत्व आजको आवश्यक रहेको बताए । 

कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि लोकतन्त्रिक प्यानलको तर्फबाट अध्यक्षमा टेकनारायण भुषाल, उपाध्यक्षमा विर बहादुर विष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा ध्रुब आचार्य, सहसचिवमा बालकुमारी सापकोटा, सह–कोषाध्यक्षमा इश्वर शर्मा रहेका छन् । यसैगरी सदस्यहरुमा झग्गुप्रसाद वली, चक्रदिप शाह, आशा घर्ती मगर, दिपा वस्नेत, टिकादेवी सुनार रहेकी छिन् ।


प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १८:१९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP