नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अवैध तस्करी नियन्त्रण गर्ने हाम्रो उद्देश्य हो: सफिक बेहना
अवैध तस्करी नियन्त्रण गर्ने हाम्रो उद्देश्य हो: सफिक बेहना
बागेश्वरी पोस्ट
सोमबार, साउन २२, २०८० बागेश्वरी पोस्ट
अवैध तस्करी नियन्त्रण गर्ने हाम्रो उद्देश्य हो: सफिक बेहना

नेपालगन्ज । यही भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूह र समावेशी प्यानलबीच कडा प्रतिस्पर्धा छ ।

दुबै समूह निर्वाचनको प्रचारप्रसारका लागि दौडधुपमा व्यस्त छन् । साझा प्रजातान्त्रिक प्यानलले अझ द्रुत गतिमा चौतर्फी प्रचारप्रसार गरिरहेको देखिन्छ ।

साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवारहरु आफूलाई मात्र नभई पूरै प्यानललाई नै विजयी गराउन रातदिन मेहनत गरिरहेको बताउँछन् ।

यसै क्रममा ललित रौनियारले नेतृत्व गरेको साझा प्रजातान्त्रिक प्यानललाई विजयी बनाउन उद्योग उपाध्यक्षका उम्मेदवार मो. सफिक बेहनाले सबैलाई अनुरोध गरेका छन् ।

नेपालगन्जका चर्चित व्यापारी, राजनीतिज्ञ एवं समाजसेवी बेहनाले बेथितिलाई थितीमा बदल्न प्रजातान्त्रिक प्यानलको जित हुनैपर्ने बताएका छन् ।

साथै उम्मेदवार बेहनाले जटिल अवस्थामा पुगेको व्यापार व्यवसायलाई पुरानो साखमा फर्काउनुका साथै उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्न प्रजातान्त्रिक प्यानललाई विजयी गराउन अनुरोध गरेका छन् ।

खुला सीमाका कारण हुने अवैध तस्करीले जटिल बनेको व्यापार व्यवसायलाई पुन: फस्टाउने वातावरण बनाउने र तस्करी नियन्त्रणमा सघाउ पुर्याउने प्रजातान्त्रिक प्यानलको अर्को उद्देश्य  रहेको समेत बेहनाले  बताए ।

साथै नेपालगन्जको व्यवसायिक समस्या समाधान र  बाणिज्य संघलाई बलियो बनाउने साझा प्रजातान्त्रिक प्यानलको प्रतिवद्धता रहेको भन्दै उनले प्रजातान्त्रिक प्यानलका सबै उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह समेत गरेका छन् ।

यस्तै बेहनाले सम्पुर्ण ब्यापारी मित्रहरुलाई आउने ब्यापार संघको चुनावको सन्धर्बमा कुनै भोज भतेरमा सम्मिलित न हुन आग्रह गर्दै  हुनै परे  परे पनि प्लेटको खर्च बुझाएर मात्र खान आग्रह गरेका छन् । नत्र फ्रिको भोज भोलिका दिनमा सारै महँगो पर्न सक्ने समेत उनले बताएका छन् ।

नेपाली कांग्रेसले पनि रौनियारले नेतृत्व गरेको साझा प्रजातान्त्रिक प्यानलका सबै उम्मेदवारहरुलाई विजयी बनाउन सबै मतदाताहरुलाई अनुरोध गरेको छ ।

साझा प्रजातान्त्रिक प्यानलबाट उद्योग उपाध्यक्षमा बेहानासँगै बाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ , महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार छन् । यस्तै उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट (बबी)  तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार रहेका छन् ।


प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०८:४०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP