नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • यसकारण जिताउनु पर्छ प्रजातान्त्रिक प्यानललाई: सफिक बेहना
यसकारण जिताउनु पर्छ प्रजातान्त्रिक प्यानललाई: सफिक बेहना
बागेश्वरी पोस्ट
मंगलबार, साउन २३, २०८० बागेश्वरी पोस्ट
यसकारण जिताउनु पर्छ प्रजातान्त्रिक प्यानललाई: सफिक बेहना

नेपालगन्ज । यही भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको ललित रौनियार प्यानलबाट मो. सफिक बेहना उद्योगतर्फको उपाध्यक्षका उम्मेदवार हुन् । युवा व्यवसायी नेपालगन्ज-४ का निवर्तमान वडाध्यक्ष समेत रहेका बेहना यति बेला पुरै साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवारको जितका लागि रातदिन प्रचारप्रसारमा व्यस्त छन् ।

बेहनासहित उनको प्रजातान्त्रिक प्यानल नेतृत्वले संघभित्र भएको बेथितिको अन्त गर्दै थिति स्थापना गरि संकटपूर्ण अवस्थामा पुगेको व्यापार व्यवसायलाई पुरानो साखमा फर्काउनुका साथै उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्ने पहल गर्ने प्रतिबद्धता छ ।

करका दरहरु धेरै हुँदा चोरी पैठारी बढिरहेको बेहनाको पनि बुझाइ छ । कोरोनाकालपछि चोरी पैठारी दिनदिनै बढिरहेको सन्दर्भमा प्रविधिको प्रयोग गरेर चोरीपैठारी रोक्नु पर्ने उनको भनाइ छ । ‘अहिले जुन किसिमले चोरी पैठारी बढिरहेको छ, त्यसले उद्योगी व्यवसायी समस्यामा पर्नेमात्र नभई राज्यले समेत ठूलो मात्रामा राजश्व गुमाइरहेको छ उनले भने-`यसलाई नियन्त्रण गर्न प्रजातान्त्रिक प्यानल नेतृत्वले पनि पहल गर्नेछ ।´

व्यवसायीलाई सुलभ कर्जा प्रदान गर्ने व्यवस्था मिलाउन स्थानीय बैंक र वित्तिय संस्थासँग पहल गर्ने पनि प्रतिबद्धता बेहानासहित उनको प्यानलको छ । कुनै पनि व्यवसायलाई करको दायरामा ल्याउने र व्यवसायीले झेल्दै आएको मूल्य अभिवृद्धि कर, वाणिज्य कर आदिको सहजीकरण गर्ने पनि प्रतिबद्धता रहेको छ । राज्यसँग निजी क्षेत्रको साझेदारी एवं नीति निर्माणमा पैरवीका लागि पहल गर्ने, नेपालमा विदेशी लगानी भित्र्याउन लगानी मैत्री वातावरण निर्माण गर्ने र नेपाली उद्यमीलाई विदेशी लगानीकर्ताको साझेदार बनाउने योजना अघि प्रजातान्त्रिक प्यानल नेतृत्वले अघि बढाउने बेहनाले बताएका छन् । 

अहिलेको जटिल परिस्थितिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्वको आवश्यकता रहेको बताउँदै आफ्नो समूह मात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व हुन सक्ने उनले दावी गरे ।राज्य र व्यवसायी बिचको सम्बन्ध सुधार गर्दै मुलुकमा व्यवसायिक वातावरण बनाउन आफूहरुले भूमिका निर्वाह गर्ने बताए । 

बेहनाले आफ्नो प्रजातान्त्रिक प्यानलले  संघलाई ठूला र साना सबै उद्योगी व्यापारीको साझा चौतारिका रुपमा स्थापित गर्ने र सबैका समस्या र गुनासा सुनुवाई हुने वातावरण बनाउने बताए । संघलाई साना, मझौला र ठूला सबै व्यवसायीको साझा चौतारीका रुपमा स्थापित गर्न, खास गरेर जिल्ला नगरका  व्यवसायीका समस्या समाधान गर्न, मुलुकमा लगानीमैत्री वातावरण बनाउन हाम्रो प्यानलले अहम भूमिका निर्वाह गर्न सक्छ,’ बेहनाले भने, ‘यसका लागि सबै व्यवसाय र व्यवसायीको प्रतिनिधित्व हुनेगरी हामीले प्यालन बनाएका हौं  ।’ 

उद्योग वाणिज्य संघले गर्ने हरेक कार्य, खासगरी आर्थिक कारोवार पूर्णरूपमा पारदर्शी बनाई अनियमितताको अन्त्य गर्न सक्ने बेहनाले बताए । साथै  सम्पूर्ण उद्योगी व्यवसायीहरुको साँझा संस्थाको अपनत्व महशुस हुने गरी संघको गरीमा कायम गर्न संघमा आवद्ध सदस्यहरुलाई पर्ने आपतकालीन समस्यामा राहत प्रदान गर्न अक्षय कोषको थालनीको प्रक्रिया अगाडि बढाउन प्रजातान्त्रिक प्यानल नेतृत्वले गर्न सक्ने उनको दाबी छ । 

त्यस्तै प्रजातान्त्रिक प्यानल नेतृत्वले विभिन्न सरकारी एवं गैरसरकारी संघ संस्थाहरूसंग सहकार्य समन्वय गरी व्यवसायिक हितका लागि विविध क्रियाकलापहरु संचालन गर्ने बेहनाले बताए । 

बेहना उपाध्यक्ष उम्मेदवार रहेको प्रजातान्त्रिक प्यानलमा अध्यक्ष रौनियारसहित बाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ , महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार छन् । यस्तै उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीले उम्मेदवारी दिएका छन् ।त्यस्तै सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट (बबी)  तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार रहेका छन् ।

 


प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०८:२९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP