नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज उद्योग बाणिज्य संघमा रानाभाटलाई सपथ नगराउनु: उच्च अदालत
नेपालगन्ज उद्योग बाणिज्य संघमा रानाभाटलाई सपथ नगराउनु: उच्च अदालत
बागेश्वरी पोस्ट
सोमबार, भदौ ११, २०८० बागेश्वरी पोस्ट
नेपालगन्ज उद्योग बाणिज्य संघमा रानाभाटलाई सपथ नगराउनु: उच्च अदालत

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा मतगणनामा कानुन विपरित कार्य भएको भन्दै उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा दर्ता भएको रिटमा अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले दायर गरेको रिट निवेदनको सुनुवाई गर्दै अदालतले विपक्षी भिम बहादुर रानाभाटलाई नेपालगंज उद्योग वाणिज्य संघको महासचिव पदमा निर्वाचित भएको घोषणा नगर्नु, प्रमाणपत्र नदिनु, सपथ ग्रहण नगराउनु, सो पदको हैसियतमा कुनै काम नगर्नु नगराउनु, निर्वाचन समितिले गरेको काम व्यवहारहरु कार्यान्वयन नगर्नु, गणना नभएका र गणना भएका मतपत्रहरु, मुचुल्काहरु सुरक्षित राख्नु/राख्न लगाउनु भन्दै अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी, व्यवसायी समूहले महासचिव पदको परिणाम घोषणामा असहमति जनाउँदै अदालत पुगेको थियोे ।

महासचिव पदमा पुनः मतगणनाको माग गर्दै आएको साझा प्रजातान्त्रिक समुहले निर्वाचन अधिकृतहरुलाई बन्धक बनाउनेदेखि नेपालगन्ज उद्योग वाणिज्य संघमा तालाबन्दी र जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिँदा पनि सुनुवाई नभएको भन्दै सो समुह अदालत पुगेका हो ।

सो समुहको तर्फबाट महासचिवका उम्मेदवार टंक प्रसाद शर्माले उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा मुद्दा दर्ता गराएका थिए । रिट निवेदनमा पुनः मतगणनाका लागि आदेश माग गरिएकोमा अदालतले यही भाद्र १८ गते दुबै पक्षलाई छलफलकालागि झिकाउने आदेश पनि दिएको छ । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीश पुरुषेत्तम प्रसाद ढकालको इजलासले उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) (क) बमोजिम विक्षीको नाममा आदेश जारी गरेको हो ।

अदालतले आदेशको तथ्य बैधानिकताको प्श्न निराकरणका लागि उच्च अदालत बार एशोसियसनसँग एमिकस क्युरीकारुपमा २ जना वरिष्ठ अधिवक्ता वा अधिवक्ता पठाउन पत्राचार गर्न समेत आदेश दिएको छ ।

समुहका निर्वाचन संयोजक संजय थापाले सम्पूर्ण निर्वाचन प्रक्रिया नै नियम बमोजिम नभएको विषयमा अदालतमा मुद्दा दर्ता गरेको जानकारी दिएका छन् । पूर्णरूपमा मतगणना नगरी उम्मेदवारहरू विजय घोषणा गरिएकाले अदालत पुगेको उनले बताए ।

साझा प्रजातान्त्रिक उद्योगी, व्यवसायी समूहले सदस्यहरू समेत नियम विपरित बनाइएको आरोप लगाउँदै आएका छन् । प्रमुख निर्वाचन अधिकृत टिकाजङ्ग सिंहले महासचिवमा ६ मतको मतान्तरले महासचिव पदमा भीमबहादुर रानाभाट विजयी भएको घोषणा गरेपछि उनका प्रतिद्वन्द्वी शर्मले पुनः मतगणनाको माग गर्दै निवेदन दिएकोमा २ पटक पुनः मतगणनाको सूचना निकालेर तेस्रो पटक मतगणनाको माग अस्वीकार गर्दै रानाभाट विजयी भएको घोषणा भएपछि शर्मा अदालत पुगेका हुन् ।

शर्माको महासचिवको बाहेकका बक्सामा पनि मतदाताले मतदान गरेको मतपत्र भेटिएकाले ती मतपत्र पनि गणना हुनुपर्ने माग रहेको छ । यद्यपि  प्रजातान्त्रिक समुहले सदस्य पदको मतगणनामा अन्य मतपेटीकामा भेटिएका मतपत्रलाई बदर मानेर खामबन्दी गर्न सहमति जनाउँदै मतपरिणाम स्वीकार गरिसकेको छ ।


प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १९:१२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP