नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवामा अत्याधुनिक ७०० मेट्रिक टनको कोल्ड स्टोर निर्माण शुरु
डुडुवामा अत्याधुनिक ७०० मेट्रिक टनको कोल्ड स्टोर निर्माण शुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १५, २०७८ बागेश्वरी पोस्ट
डुडुवामा अत्याधुनिक ७०० मेट्रिक टनको कोल्ड स्टोर निर्माण शुरु

डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकाको सबैभन्दा ठुलो दोस्रो योजनाको रुपमा रहेको कोल्ड स्टोरको निर्माण शुरु भएको छ । डुडुवा ६ हिरिमिनियामा निर्माण थालिएको ७०० मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोरेजको आज एक कार्यक्रमका बीच पुजापाठ गरी शिलान्यास गरिएको छ । 

भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आलुको पकेट क्षेत्र मानिएको हिरिमिनियाका किसानले उत्पादन गरेको तरकारी तथा फलफुल भण्डारणमा सहयोग पुग्ने बताए । उनले आलु लगायतका तरकारी र फलफुल भण्डारण गर्नका लागि डुडुवाका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा बृद्धि तथा बजारीकरणको सम्भावना अझै बढने बताए । अध्यक्ष चौधरीले गाउँपालिकाको दोस्रो वर्षको योजनामा परेको यो योजनालाई अहिले कार्यान्वयनमा ल्याउँदा किसानका समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे । 

करिब १३ कठ्ठा जग्गामा निर्माण हुन लागेको अत्याधुनिक प्रविधि मल्टीप्रपोजको  लागत रु ६ करोड, ७ लाख ५४ हजार २१२ रहेको छ । कोल्ड स्टोरेजसंगै प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउण्ड्री वाल, पार्किङको निमार्ण गरिने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले बताए । 

कोल्ड स्टोरेजको निर्माणपछि गाउँपालिकाका किसानसंगै जिल्लाका अन्य किसानलाई पनि राहत मिल्नेछ । १८ महिनाको अवधिमा निर्माण सम्पन्न गर्ने गरी काठमाण्डांैस्थित पारामाउण्ट नेचुरल जेवी निर्माण कम्पनीले ठेक्का लिएको इन्जिनियर सुरेन्द्र बर्माले बताए । उनका अनुसार ६ महिना लगाएर योजनाको अत्याधुनिक डिपीआर तयार गरिएको हो । 

गाउँपालिकाको पहिलो ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन रहेको छ । उक्त भवन अहिले निर्माणाधीन रहेको र हालसम्म करिब ८० प्रतिशत निर्माण सकिएको जनाइएको छ । 
 
 


प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १९:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पृथ्वी जयन्ती तथा एकता दिवसमा नेपालगञ्जमा विचार गोष्ठी
पृथ्वी जयन्ती तथा एकता दिवसमा नेपालगञ्जमा विचार गोष्ठी
कोहलपुर नगरपालिकाद्वारा हिउँदे अधिवेशन अन्त्यको घोषणा
कोहलपुर नगरपालिकाद्वारा हिउँदे अधिवेशन अन्त्यको घोषणा
डुडुवाको १९औँ गाउँसभाः बजेट तथा कार्यक्रम संशोधन
डुडुवाको १९औँ गाउँसभाः बजेट तथा कार्यक्रम संशोधन
राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP