नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
उपनिर्वाचन -२०७६
  • गृहपृष्ठ
  • उपनिर्वाचन -२०७६
  • दाङ क्षेत्र नं.३ ‘ख’ मा कांग्रेसले पठायो सम्भाबित उम्मेदवारहरुको नाम
दाङ क्षेत्र नं.३ ‘ख’ मा कांग्रेसले पठायो सम्भाबित उम्मेदवारहरुको नाम
केशब आचार्य बलियो उम्मेदवार बन्न सक्ने
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक १, २०७६ बागेश्वरी पोस्ट
दाङ क्षेत्र नं.३ ‘ख’ मा कांग्रेसले पठायो सम्भाबित उम्मेदवारहरुको नाम

तुलसीपुर (दाङ) । दाङको क्षेत्र नं. ३ ख मा मंसिरमा हुने भनिएको प्रदेश सभाको उप निर्वाचनको चर्चा चुलिएको छ। सबै पार्टीहरुले आ-आफ्ना उम्मेद्वारहरु चयन गर्ने र सिफारिस गर्ने काम भइरहँदा नेपाली काँग्रेसको क्षेत्रीय कमिटिले पनि उम्मेद्वारका लागी नाम सिफारिस गरेको छ।
क्षेत्रीय सभापति खिम बहादुर वलीको सभापतित्वमा सम्पन्न बैठकले केशवराज शर्मा आचार्य, किरण शाह, खिमप्रसाद खराल, टिका घर्ती, शंकर डाँगी, मदन रशिक,चुडामणी ढकाल,जगत खड्का,भरत के.सी. र सुरेश हमालको नाम जिल्लामा सिफारीस गरेको छ ।
यसैबीच सधैं कार्यकर्ता र जनताको बीचमा घुलमिल भइरहने स्वभावका
केशव राज शर्मा आचार्यको चर्चा जिल्लामा ब्यापक छ । उन जिल्लामा निष्ठावान नेताका रुपमा परिचित छन् । जिल्ला विकास समितिमा इलाका सदस्यको रुपमा उनले पश्चिम दागंको विकासमा उल्लेख्य भुमिका निर्वाह गरेका थिए ।
आर्चाय राजनीतिको त्यो प्राणी हो जस्ले ब्यक्तिगत स्वार्थ भन्दा पार्टी,पार्टी भन्दा पनि देशमा लोकतन्त्र स्थापनाका लागी संघर्ष गरीरहे ।
कतिपयलाई त उहाँको राजनीतिक संघर्षको यात्रा संर्घषमय छ ।
वि.सं. २०४० साल तिरको कुरा होला आचार्य निवास सलौरालाई शेल्टर बनाउँदै गिरिजा प्रसाद कोइराला साथमा सुशील कोइराला सहितका नेताहरु सल्यान जाने क्रममा पक्राउ परेका थिए ।
०४८ सालको आम निर्वाचनमा खुम बहादुर खड्कालाई विजयी गराउने सारथी उनै आचार्य थिए । माओवादी सशस्त्र यद्धका दौरान पश्चिम दागंमा आप्mनै गाऊँमा बस्ने सायद उनि एक्ला नेता थिए । उनलाई माओवादीले अपहरण गरेर सकुशल छाडेका थिए । गेहेन्द्र गिरी,दिपक गिरीलाई प्रतनिधि सभा र संविधान सभा सदस्य जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका आचार्य प्रदेश सभाका लागि दागं क्षेत्र नं. ३ ख को उपचुनावका लागि पार्टीको एउटा तहबाट सिफारिसमा परेका आर्चायको राजनीतिक यात्राका निकै लामो र लोकतन्त्रका लागि निरन्तर छ ।
लगातार पार्टीको महासमिति सदस्य रहेका आचार्य २०२९ साल देखि राजनीतिमा सक्रिय अनुहार हो । नेपाली काँग्रेसको १३ ओं महाधिवेशनमा केन्द्रिय सदस्य समेत लडेका आचार्य लोकतन्त्रको आन्दोलनमा पटक पटक पक्राउ परी जेल सजाय कटाएका ब्यक्ति हुन् ।
२०३५ सालमा नेपाल विद्यार्थि संघको विदेश क्षेत्र वणारस सदस्य भई बि.पी. कोइरालाको सानिध्यतामा काम गरेको अनुभव राखेका आचार्य दागं जिल्लामा लोक प्रिय नेताका रुपमा चिनिन्छन् । विरोधि पार्टीकाले समेत अत्यन्तै सम्मान गर्ने छवि बनाएका आचार्य २०४६ सालको गणेशमाण सिंहको काठमाडौं चाक्सिबारीमा भारतीय नेता चन्द्र शेखरको उपस्थितिमा आयोजित कार्यक्रममा समेत सहभागिता जनाएका थिए । ०३५ सालमा वणारसको कोइराला निवासम रथ यात्रामा सहभागि समेत रहेका आचार्यले २०३६ सालको जनमत संग्रह,२०४२ सालको सत्याग्रह आन्दोलनमा सहभागि भइरहँदा नेताहरु बलदेव शर्मा मजगैंया र खुम बहादुर खड्का सँगै आचार्यले पनि कारागार बसेका थिए । २०६२ ६३ सालको जन आन्दोलनमा अग्रपक्तिंमा रहेर आन्दोलनको राजनीतिक मोर्चा सम्हालेका थिए । पटक पटकको लाभको पद प्रस्ताव हुँदा समेत नबसेका उनि २०३६ सालमा जिल्ला कमिटि सदस्य हुँदै पार्टीको जिल्ला उपसभापति र संगठन विभाग सदस्यको जिम्मेवारी सम्हालि सकेका छन् ।
२०४८ सालको निर्वाचनमा दागं जिल्ला क्षेत्र नं. ३को प्रचार प्रसार समितिको संयोजक रहेर पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउन महत्वपूर्ण भुमिका खेलेका आचार्य २०३९ सालमा बर्दीयाको ढोंढरीमा आयोजित चर्चित सि.के. प्रशाइको प्रशिक्षणमा सहभागिता जनाएका थिए । २०४६ साल फागुन ७ गते आन्दोलनका दौरान आचार्यलाई तत्कालिन डि.एस.पी.शारदा भक्त रञ्जितबाट निर्घात रुपमा कुटपीट भएको थियो ।
नेकपाका प्रदेश सभा सदस्य उत्तर कुमार वलीको सडक दुर्घटनामा ज्यान गएपछि दागै क्षेत्र नं. ३ ख मा मंसिरमा उप निर्वाचन हुने भएको हो ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  १४:१०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP