नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • अस्गर अलीको कम्पनी एफवान सफ्टसँग सम्झौता तोड्ने बैंकहरुकोे तयारी
अस्गर अलीको कम्पनी एफवान सफ्टसँग सम्झौता तोड्ने बैंकहरुकोे तयारी
बागेश्वरी पोस्ट
बिहीबार, चैत २७, २०७६ बागेश्वरी पोस्ट
अस्गर अलीको कम्पनी एफवान सफ्टसँग सम्झौता तोड्ने बैंकहरुकोे तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी विज्ञ अस्गर अलीको कम्पनीले अनधिकृत रुपमा काठमाडौं प्रेसको साइटमा प्रवेश गरेर समाचार डिलिट गरेपछि सोही कम्पनीसँग डेभलपमेन्ट र सर्भरको सम्झौता गरेका २१ वटा बैंकहरुले सम्झौता तोड्ने तयारी गरेका छन्। 

बैंकरहरुले अलीको लगानी रहेको एफवान सफ्टसँगको सम्बन्धले जतिबेला पनि जोखिम हुन सक्ने निष्कर्ष निकाल्दै सम्झौता तोड्ने निष्कर्ष निकालेका हुन् । एक हप्ता अघि एफवान सफ्ट अन्तरगतको शिरान टेक्नोलोजीजले काठमाडौंप्रेस डटकमको एउटा समाचार अनधिकृत रुपमा साइटभित्र पसेर डिलिट गरेको थियो। यो घटनासँगै बैंकरहरु अलीसँग त्रसित बनेका छन्। बैंकर्सहरुले एफवान सफ्टसँगको व्यवसायिक सम्बन्ध तोड्ने बारेमा छलफल समेत गरिरहेका छन्। नेपाल बैंकर्स एसोसिएसनको पहलमा हालै एफवान सफ्ट कम्पनीबाट सेवा लिइरहेका बैंक तथा वित्तीय संस्थाले सम्बन्ध तोड्ने विषयमा छलफल भएको एक वाणिज्य बैंकका सिइओले काठमाडौं प्रेसलाई जानकारी दिए। 

छलफलमा अधिकांश बैंकका सिईओले लकडाउन खुलेपछि एफवान सफ्टसँग सम्बन्ध तोड्नुपर्ने बताएका हुन्। ‘एफवान सफ्ट अन्तरगतको कम्पनीले आफैंले बनाएको न्यूज पोर्टलको समाचार हटाउँछ भने हामी पनि सुरक्षित छैनौं। त्यसैले लकडाउन खुलेपछि सम्झौता तोड्नेबारेमा छलफल भएको हो,’ ती सिइओले भने। नेपालका अधिंकाश वाणिज्य बैंक र वित्तीय संस्थाको एप एफवान सफ्टले बनाएको हो । कतिपय बैंकको डेटा होस्टिङ समेत एफवान सफ्टले गरिरहेको छ। 

‘आफुलाई चित्त नबुझ्दा जेपनि गर्न सक्ने कम्पनीले हामीलाई पनि जुनसुकै बेला धोका दिन सक्ने भयो। बैंकका पेमेन्ट गेटवे, डाटा होस्टिङ एफवान सफ्टले नै गरिरहेको छ। यस्तो अवस्थामा ग्राहकको विश्वास हामी माथि नरहन सक्छ,’ अर्का एक सिइओले भने, ‘उनीहरुले जुनसुकै बेला हाम्रो सिस्टमभित्र छिरेर जे पनि गर्न सक्ने अवस्था छ। त्यसैले लकडाउनपछि सम्बन्ध तोड्ने विषयमा छलफल भएको छ। सम्भवतः सम्बन्ध तोड्ने छौं।’

९० प्रतिशत वित्तीय संस्थाका तथ्यांक समेत अस्गरकै लगानी रहेको एफवान सफ्टको हातमा छ। एफवन सफ्टले आफ्नो आधिकारिक वेबसाइटमा राखेको जानकारी अनुसार नेपालका लगभग ९० प्रतिशत वित्तीय संस्थामा उसको कुनै न कुनै भुक्तानी सेवा प्रयोग हुने गरेको छ। 

एफवन सफ्टले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड व्यवस्थापन, डिजिटल वालेट, अनलाइन पेमेन्ट गेटवे जस्ता सेवा दिँदै आएको छ। काठमाडौं प्रेसबाट


प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १६:०१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP