नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • राष्ट्रपतिले फिर्ता गरिन् नयाँ गाडी किन्‍ने पैसा
राष्ट्रपतिले फिर्ता गरिन् नयाँ गाडी किन्‍ने पैसा
छापाबाट
आइतबार, वैशाख ७, २०७७ छापाबाट
राष्ट्रपतिले फिर्ता गरिन् नयाँ गाडी किन्‍ने पैसा

नेपालगन्ज । राष्ट्रपति विद्या भण्डारीले आफ्ना लागि सुविधा सम्पन्न इलेक्ट्रिक गाडी खरिदका लागि विनियोजित रकम सरकारको सञ्चित कोषमा फिर्ता गरेकी छन् । कोभिड–१९ को महामारीका कारण उत्पन्न विशेष परिस्थितिमा आफ्ना लागि गाडी खरिद गर्नु उपयुक्त नहुने विश्लेषण गरी उनले रकम फिर्ता गरेकी हुन् ।

राष्ट्रपति कार्यालय भण्डारीका लागि ६५ लाख रुपैयाँ (भन्सार राजस्वबाहेक) मा लामो भीभीआईपी इलेक्ट्रिक गाडी खरिद गर्ने अन्तिम तयारीमा थियो । राष्ट्रपति भण्डारीले चढ्दै आएका सुविधासम्पन्न गाडी पुराना भइसकेका छन् । अरू गाडी पुराना भएकाले भण्डारीले दुई वर्षअघि खरिद गरिएको बीवाईडी इलेक्ट्रिक कार चढ्दै आएकी छन् । उक्त कार एकपटक चार्ज गरेपछि १ सय ५० किलोमिटर गुड्छ । राष्ट्रिपति कार्यालयले एकपटक चार्ज गरेपछि ४ सय ५० किमि गुड्ने त्योभन्दा आधुनिक र सुविधासम्पन्न कार किन्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको थियो ।

भण्डारीका लागि नयाँ कार आएपछि पुरानो इलेक्ट्रिक गाडी राष्ट्रपति कार्यालयका अरू एक पदाधिकारीलाई दिने निर्णय भइसकेको थियो । राष्ट्रिपति कार्यालयका सचिव र सहसचिवलगायतका लागि अरू ५ वटा इलेक्ट्रिक कार खरिद गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको थियो । ती गाडी पनि एकपटक चार्ज गरिसकेपछि ४ सय ५० किमि गुड्ने क्षमताका हुन् । राष्ट्रपति कार्यालयका सचिव र सहसचिवका गाडीसमेत पुराना भएकाले मर्मतसम्भार खर्च धेरै पर्न थालेकाले नयाँ खरिद गर्न लागिएको दाबी स्रोतको छ ।

राष्ट्रिपति कार्यालयले सार्वजनिक खरिद ऐनको प्रक्रिया पूरा गरी करिब ५ करोड रुपैयाँमा ६ वटा कार र चार्जिङ स्टेसनका लागि उपकरण किन्न लागेको थियो ।

यहीबीचमा मुलुकमा कोभिड–१९ को संक्रमण देखिन थालेको र लकडाउनका कारण सिंगो मुलुक आर्थिक संकटमा परेको हुनाले राष्ट्रपति कार्यालय नयाँ गाडी खरिदको प्रक्रिया स्थगन गर्ने निर्णयमा पुगेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार राष्ट्रपति कार्यालयका लागि डेढ करोड रुपैयाँमा जेनेरेटर र इन्भर्टर तथा सल्लाहकार, विज्ञ, कार्यालयका सचिव, सहसचिवका लागि कम्प्युटर र ल्यापटप खरिद प्रक्रिया अघि बढाइएको थियो ।

राष्ट्रपति कार्यालयमा एउटा विशेष मिटिङ हल निर्माण गर्न लागिएको थियो । कार्यालयमा विदेशी मुलुकका राजदूतले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि छुट्टै भेट्ने मिटिङ हलसमेत छैन । करिब साढे चार करोड रुपैयाँमा मिटिङ हल बनाउने र राष्ट्रपति कार्यालय भवनको मर्मतसम्भार गर्ने तयारी भइरहेको थियो ।

राष्ट्रपति कार्यालयका सचिव हरि पौडेलले नयाँ गाडी, ल्यापटप, कम्प्युटर तथा मेसिनरी औजार खरिद तथा मिटिङ हल निर्माण र भवनको मर्मतसम्भार कार्य स्थगित गरी बजेट फिर्ता गरिएको जानकारी दिए । ‘अत्यन्त जरुरी हुँदाहुँदै पनि राष्ट्रपति कार्यालयले गाडी, ल्यापटप, कम्प्युटर खरिद तथा भवन मर्मतसम्भार तथा मिटिङ हल निर्माणलगायतका काम रोकेर साढे ९ करोड रुपैयाँ फिर्ता गरेको हो,’ पौडेलले कान्तिपुरसित भने ।

कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारलाई ठूलो रकम आवश्यक परिरहेका बेला राष्ट्रपति कार्यालयले अत्यावश्यक बाहेक अरू बजेट फिर्ता गर्दा राम्रो सन्देश जाने भएकाले सबै खरिद प्रक्रिया स्थगित गरिएको उनले बताए ।

अर्थमन्त्रालयको प्रस्तावमा सरकारले गाडीलगायतका सामान खरिद, मर्मतसम्भार, गोष्ठी सेमिनारको बजेट फिर्ता गर्न सबै सरकारी निकायलाई निर्देशन दिएको छ । तर, मुलुकको सबभन्दा सम्मानित संस्था भएकाले राष्ट्रपति कार्यालयलाई सरकारले बजेट फिर्ता गर्नुपर्ने दायरामा राखेको थिएन । कान्तिपुर दैनिकमा खबर छ ।


प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  ०८:११
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP