नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • देउवा किन मौन ?
देउवा किन मौन ?
छापाबाट
शुक्रबार, वैशाख १९, २०७७ छापाबाट
देउवा किन मौन ?
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

नेपालगन्ज । सत्तारूढ नेकपाको स्थायी कमिटी र प्रमुख प्रतिपक्ष कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार करिब एकै समयमा चले । बैठकमा एजेन्डा पनि समान थियो । नेकपाको सचिवालय बैठकको एजेन्डा नै प्रधानमन्त्री केपी शर्मा ओली बनेका थिए । कांग्रेस बैठकमा पनि प्रधानमन्त्री ओलीकै भूमिका र उनले निम्त्याएका पछिल्ला घटनाक्रममाथि छलफल भयो ।

स्थायी कमिटी बैठकमा बहुमत नेताहरू ओलीप्रति आक्रामक थिए भने कांग्रेस बैठक अलि नरम थियो । प्रधानमन्त्री र पार्टी अध्यक्ष नै छाड्नुपर्ने माग नेकपाभित्र उठिरहँदा प्रमुख प्रतिपक्ष बैठकमा भने राजीनामाको विषय उल्लेख गर्ने कि नगर्ने भन्नेमा लामो विवाद भयो । अन्ततः कांग्रेसले राजीनामा शब्द प्रयोग गरेन तर घुमाउरो शैलीमा राजीनामाको आशय बोकेको निर्णय सार्वजनिक गर्‍यो । ‘सरकारका क्रियाकलापले नेपाली जनताले विगतको निर्वाचनमार्फत प्रदान गरेको अभिमतको घोर उपेक्षा र अपमान गरेको छ । तसर्थ नेकपाका अध्यक्ष ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्छ,’ कांग्रेस निर्णयमा भनिएको छ ।
बैठकमा राजीनामाका विषयमा केन्द्रीय सदस्यहरूबीच मत बाझिँदासमेत सभापति शेरबहादुर देउवाले केही बोलेनन् । उनी यस्तो मागको पक्ष र विपक्षी कतै देखिएनन् । बैठकको अध्यक्षता गरेका देउवाले न त केन्द्रीय सदस्यहरूले उठाएको सवालको जवाफ दिए, न त पार्टीको धारणा नै बैठकमा राखे ।

सत्तारूढ दलभित्रै द्वन्द्व चर्किरहेका बेला देउवाको मौनतालाई समेत कतिपय सदस्यहरूले अर्थपूर्ण रूपमा हेरेका छन् । ‘देउवा आफ्ना लागि एकदमै बाठो मान्छे हुनुहुन्छ, प्रधानमन्त्री ओलीलाई हटाउन सत्तारूढ दलभित्र चलिरहेको संघर्षका बेला उहाँको मौनताले राजनीतिक अर्थ पक्कै राखेको छ,’ देउवानिकट एक सदस्यले भने । देउवाले केही दिनअघि प्रधानमन्त्री ओलीसँगको भेटको प्रसंगसमेत उठाउन चाहेनन् । यसअघिको बैठकमा देउवा बीचबीचमा जवाफ दिन्थे । केन्द्रीय सदस्यहरूले उठाएका विषयमा बैठक समापनका बेला जवाफ दिन्थे । तर, बुधबार उनले धन्यवाददेखि केही बोलेनन् ।

संविधानमाथि कार्यकारी प्रमुखबाट एकपछि अर्को प्रहार हुँदा पनि कांग्रेस आक्रामक बन्न नसकेको प्रति केन्द्रीय सदस्य प्रदीप पौडेलले खिन्नता प्रकट गरे । यसले प्रतिपक्ष कहाँ छ भन्ने अन्योल खडा गरेको उनको भनाइ छ । ‘आफूले विकल्प दिन पाउँदा मात्रै गलत भन्ने, आक्रामक हुने तर आफू विकल्प नहुँदा लोकतान्त्रिक मूल्यमान्यता र मर्ममाथि निरन्तर प्रहार हुँदा पनि नरम बस्ने ?’ भन्दै सभापति देउवाप्रति लक्षित दृष्टिकोण उनले बैठकमा राखेका थिए । पौडेलले प्रमुख प्रतिपक्ष सरकारका सबै गलत कामकारबाहीप्रति नरम बनेको टिप्पणी बताए । उनले यतिबेला प्रधानमन्त्रीको राजीनामाको विषयलाई आक्रामक रूपमा उठाउनुपर्नेमा जोड दिए ।

संवैधानिक मर्यादा नाघेर चल्न थालेको भन्दै अनौपचारिक छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीको राजीनामा नै माग्नुपर्ने सुझाव सभापति देउवालाई दिएका थिए । बैठकमा भने उनले त्यसबारे बोलेनन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राजीनामा शब्द प्रयोग गरेनन् । तर ओलीप्रति आक्रामक उनी पनि थिए । शासन सञ्चालनमा अक्षम र अयोग्य भएको भन्दै वरिष्ठ नेता पौडेलले बैठकमा ओलीविरुद्ध आक्रोश पोखेका थिए । बैठकका एजेन्डा के–के ल्याउने भन्नेबारेमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा छलफल भएको थियो । सभापति देउवाले आफ्नो कार्यकक्षमै वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिटौलासहितको उपस्थितिमा पदाधिकारी बैठक राखेर छलफल गरेका थिए । त्यस बेला पनि राजीनामा माग गर्ने एजेन्डा प्रस्तुत गर्ने कि नगर्ने भन्नेमा पदाधिकारीबीच छलफल भएको थियो । सत्तारूढ दलको आन्तरिक संघर्षमा कांग्रेस प्रवेश गर्न नहुने भन्दै राजीनामाका विषयमा प्रवेश नगर्ने निचोड पदाधिकारीले निकाले । त्यसै आधारमा एजेन्डा ‘प्रधानमन्त्री केपी ओलीले पदमा बस्ने वैधता गुमाएको’ भनेर ल्याइएको थियो ।

बैठकमा केही केन्द्रीय सदस्यहरूले राजीनामा माग्नुपर्ने विषय उठाउँदा महामन्त्री पूर्णबहादुर खड्काले राजीनामाको विषय एजेन्डा नभएको तर्क गर्थे । सभापतिनिकट रहेका केन्द्रीय सदस्य रमेश लेखकले वैधता गुमाएको भनेर उल्लेख गर्न नमिल्ने कानुनी प्रश्न अघि सारे । लेखकले संसद्मा बहुमत हुन्जेल प्रधानमन्त्रीले वैधता गुमाएको भन्न नमिल्ने बरु राजनीतिक र नैतिक आधार गुमाएको भन्न मिल्ने भन्दै सुझाव दिए । निर्णयमा उनकै सुझाव लागू भयो ।
राजीनामा माग्न नहुनेका पछि दुइटा कारण प्रस्तुत भएका थिए । पहिलो त आन्तरिक शक्ति संघर्षमा कांग्रेसले ओलीको राजीनामा मागेर पस्न हुन्न भन्ने तर्क थियो । कांग्रेसले त्यसरी राजीनामा माग्दा नेकपालाई एकीकृत हुने मौका मिल्ने उनीहरूको भनाइ थियो । अर्को सवाल सरकार परिवर्तनको अस्थिर राजनीतिको साक्षी कांग्रेस बन्न नहुने मत थियो । केन्द्रीय सदस्य श्याम घिमिरेले भने, ‘उनीहरूभित्र चर्केको आन्तरिक संघर्षकै कारण २, ४ महिनामा सरकार जान्छ । उनीहरूलाई खेल्न दिऔं, कांग्रेस यसमा प्रवेश नगरौं । हामी दर्शकदीर्घामा बसेर हेरौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १०:४१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP