नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • नेपालगन्जमा समुदायमा संक्रमण, चिकित्सक भन्छन् : हामीलाई कोरोनाले झुक्यायो
नेपालगन्जमा समुदायमा संक्रमण, चिकित्सक भन्छन् : हामीलाई कोरोनाले झुक्यायो
छापाबाट
सोमबार, वैशाख २२, २०७७ छापाबाट
नेपालगन्जमा समुदायमा संक्रमण, चिकित्सक भन्छन् : हामीलाई कोरोनाले झुक्यायो

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–८ स्थित महेन्द्र पार्क (अन्सारी टोल) मा आइतबार एकै दिन १५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । नेपालगन्ज–५, डीएसपी रोडका ६० वर्षीय व्यक्तिमा शुक्रबार संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेका ९० जनाको स्वाब शनिबार संकलन गरी भेरी अस्पतालस्थित प्रयोगशालामा पीसीआर परीक्षण गर्दा थप व्यक्तिमा संक्रमण भेटिएको हो ।

संकलन गरिएकामध्ये आइतबार साँझसम्म ५५ जनाको स्वाब परीक्षण भएको छ, अन्यको परीक्षण जारी छ । यससँगै नेपालगन्जको मध्य बस्तीमा संक्रमितको संख्या १६ पुगेको छ । एक महिनाअघि भारतबाट फर्किएका पहिलो संक्रमित महेन्द्र पार्कस्थित मस्जिदमा नमाज पढ्न र बालबालिकालाई उर्दू भाषा पढाउन तीन जना स्थानीय बासिन्दाको घरैमा जाने गरेका थिए । उनको घरबाट महेन्द्र पार्क पुग्न मिनार मस्जिद रोड, एमपी स्कुल, रानीतलाउ मोड, जोलहनपूर्वा हुँदै जानुपर्छ । नमाज पढ्न उनी दिनमै तीन/चारपटक जान्थे ।

पुरानो र बाक्लो बस्ती भएकाले एउटै टोलमा धेरै जना संक्रमित भएको स्वास्थ्यकर्मीले जनाएका छन् । संक्रमण भेटिएका कुनै व्यक्तिमा पनि कोरोनासम्बन्धी लक्षण देखिएको थिएन । लकडाउनको समयमा पनि उक्त बस्तीका बासिन्दा एकअर्काको घरमा आउजाउ गर्दै आएका थिए ।

प्रदेश–५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आइतबार १५ जनामा संक्रमण पुष्टि भएको बताए । ‘संख्या अझै बढ्न सक्ने देखिएको छ,’ उनले भने, ‘पहिलो चरणको परीक्षणमा ९ र दोस्रो चरणमा ६ जनामा पुष्टि भएको हो ।’

चिकित्सकले यहाँ कोरोना भाइरस समुदायस्तरमा फैलिएको जनाएका छन् । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सलटेन्ट फिजिसियन तथा मेडिकल विभाग प्रमुख राजन पाण्डेले ‘कम्युनिटी ट्रान्समिसन’ भइसकेकाले तीव्र सतर्कता र कडाइ जरुरी रहेको बताए । ‘नेपालगन्जमा कम्युनिटी ट्रान्समिसन भइसक्यो,’ उनले भने, ‘अब झन् खतरा भयो ।’ यहाँ भाइरस कुन चरणमा फैलिरहेको हो भन्ने विश्लेषण र पुष्टि गर्ने काम संघीय मन्त्रालयको भएको उनले बताए । संक्रमण पुष्टि भएका एकै घरका तीन जनासम्म छन् । शुक्रबार संक्रमण पुष्टि भएका व्यक्तिका परिवारका सदस्यको कोरोना जाँच हुन अझै बाँकी छ । उनीहरूलाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ ।

नेपालगन्जका पहिलो संक्रमित एक महिनाअघि भारतको नानपाराबाट आएर क्वारेन्टाइनमा नबसी जबर्जस्ती घर गएका थिए । बिहीबार उनको स्वाब संकलन गरी जाँच गरेपछि शुक्रबार पोजिटिभ रिपोर्ट आएको हो । त्यसलगत्तै उनको परिवारका ६ जनासहित उनीहरूको सम्पर्कमा देखिएका ९० जनाको स्वाब संकलन गरिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले आइतबारको घटनाले महामारीको संकेत गरेको बताए । ‘यो घटना एक व्यक्तिबाट अर्कोमा सरेको देखिन्छ, संक्रमण पुष्टि भएका व्यक्तिले अन्य थुप्रैसँग सम्पर्क गरेका हुन सक्छन्,’ उनले भने, ‘त्यसैले अवस्था निकै जटिल बनेको छ ।’ संक्रमित वृद्धबाट अन्य व्यक्तिमा संक्रमण सरेपछि नेपालगन्जका बासिन्दा त्रसित बनेका छन् । यहाँका अधिकांश बस्ती झुरुप्प छन् । आइतबारका संक्रमितमध्ये एक जना सात वर्षीय बालकसमेत छन् । संक्रमित नेपालगन्जका विभिन्न स्थानमा धेरै जनासँग घुलमिल भएका व्यक्ति हुन् । लकडाउनका बेला नेपालगन्जबाट छिमेकी जिल्ला बर्दिया, दाङ र कर्णाली प्रदेशका सर्वसाधारण घर फर्किएका छन् । त्यसले छिमेकी जिल्ला पनि जोखिममा देखिएका छन् ।

‘एक जनालाई कोरोना पुष्टि भएपछि ९० जनालाई कन्ट्याक्ट ट्रेसिङ गरियो, १५ जनामा पुष्टि भएपछि फेरि उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं,’ प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले भने, ‘ट्रेसिङका लागि थप सुरक्षाकर्मी र जनशक्ति परिचालन गरिसकेका छौं ।’ शुक्रबार कोरोना पुष्टि भएका व्यक्ति भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले कोरोनाको संक्रमण देखिएका व्यक्तिलाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसनमा राखेर उपचार गरिने बताए ।

‘हामी तयारी अवस्थामा छौं,’ उनले भने, ‘५० जनालाई आइसोलेसनमा राख्न सक्ने अवस्था छ ।’ सात बेड आईसीयू छन् । स्वास्थ्य निर्देशक गिरीले संक्रमण समुदायमा फैलिन सक्ने सम्भावना देखिएकाले थप जनशक्ति परिचालन गर्न लागिएको बताए । संक्रमित भेटिएपछि नेपालगन्जका चार स्थान शुक्रबारबाटै सिल गरिएको छ । नेपालगन्ज–५, डीएसपी रोड, वडा ८ महेन्द्र पार्क, धम्बोझी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । ‘संक्रमितको संख्या थपिएसँगै थप कडाइ र सतर्कता बढाएका छौं,’ उनले भने, ‘परीक्षण किट र उपकरण पनि सरकारसँग माग गर्ने निर्णय भएको छ ।’


हामीलाई कोरोनाले झुक्यायो : डाक्टर थापा
संक्रमित बढेपछि नेपालगन्जका अधिकांश एम्बुलेन्स चालक सम्पर्कविहीन भएका छन् । आइतबार संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा पुर्‍याउनसमेत समस्या भएपछि प्रहरी र नेपाली सेनाका चालक प्रयोग गरिएको मन्त्री सुदर्शन बरालले बताए । ‘आजै आइसोलेसनमा पुर्‍याउँछौं,’ उनले भने, ‘समस्या समाधान र थप व्यवस्थापनका लागि हामी सोमबार बिहानै नेपालगन्ज जाँदै छौं ।’ संक्रमण थप बढ्ने संकेत देखिएकाले संघीय सरकारसँग मन्त्रालयले पनि आवश्यक उपकरण र परीक्षण किट माग गरेको उनले जानकारी दिए ।

स्थानीयद्वारा तगारो
नेपालगन्जमा एउटै टोलका १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीयले आफंै सतर्कता अपनाउन थालेका छन् । नगरका टोल–टोलमा उनीहरूले बाटोमा तगारो लगाएर आवतजावत बन्द गराएका छन् । यसअघि बिहान र साँझ अत्यावश्यक वस्तु किनमेल गर्न निस्किने सर्वसाधारण अहिले घरभित्रै छन् ।

मध्यसहरमा बसोबास रहेका व्यक्तिमा संक्रमण देखिएपछि यहाँ लकडाउन थप कडा बनाइएको छ । प्रमुख जिल्ला अधिकारी खड्काले स्थानीय मस्जिदमा सुरक्षा कडा पारिएको बताए । यहाँ औषधि पसलबाहेकका सबै पसल बन्द गरिएको छ । शुक्रबार बिहान १० बजेबाट खाद्यान्न पसलसमेत बन्द गराइएको छ । शनिबारदेखि अन्सारी टोललाई नै क्वारेन्टाइनमा परिणत गरिएको थियो । सुरक्षाकर्मीले चारैतिरबाट पहरा दिएका छन् । टोलभित्र कसैलाई प्रवेश गर्न र टोलबाट बाहिरी सम्पर्कमा जान रोक लगाइएको छ ।

परिवारको रिपोर्ट नेगेटिभ
यसैगरी कोभिड–१९ पोजिटिभ देखिएका रूपन्देहीको कोटहीमाई गाउँपालिका–१, सिपवाका २५ वर्षीय युवाको परिवारका सबैको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । ती व्यक्तिमा संक्रमण पुष्टि भएपछि उनलाई क्वारेन्टाइनमा पुर्‍याउने उनका दाजु, परिवार र उनको सम्पर्कमा रहेका तीन जना गरी १० जनाको शनिबार स्वाब संकलन गरिएको थियो । उनी भारतको दिल्लीबाट वैशाख ५ गते गाउँ आएका थिए । घर पुग्न नपाउँदै बाटोबाट दाजुले गाउँपालिकाको मझगवास्थित क्वारेन्टाइनमा पुर्‍याएका थिए । उनको सम्पर्कमा रहेका १० जनाको समेत स्वाब संकलन गरेर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले बताए । उनीसँगै क्वारेन्टाइनमा बसेका अन्य १३ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबारबाट कोरोना परीक्षण रोकिएको छ । परीक्षणका लागि आवश्यक सामग्री अभाव भएपछि रोकिएको प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले बताए । ‘उपलब्ध १० वटा किटले रूपन्देहीकै १० जनाको पीसीआर परीक्षण गरियो,’ उनले भने, ‘त्रासको सिर्जना भएपछि आइसोलेसनमा आउने बिरामीका लागि स्टक किट पनि यतै प्रयोग ग×र्‍यौं ।’ किट सकिएपछि परीक्षणका लागि स्वाब लिन बन्द गरिएको डा. गिरीले बताए । किट अभावले संक्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिको स्वास्थ्य परीक्षण हुन सकेको छैन । थ्रोट स्वाब संकलन गरेर काठमाडौं पठाइने र किट आएलगत्तै पुन: परीक्षण सुरु गर्ने डा. गिरीले जानकारी दिए । प्रयोगशालामा अहिलेसम्म ३ सय ३४ जनाको पीसीआर परीक्षण भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।


प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  ०७:५४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP