नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • सङ्घीय–संसद्को पाँचौँ अधिवेशन भोलीदेखि, यस्ता छन् कार्यसूची
सङ्घीय–संसद्को पाँचौँ अधिवेशन भोलीदेखि, यस्ता छन् कार्यसूची
छापाबाट
बिहीबार, पुस ३, २०७६ छापाबाट
सङ्घीय–संसद्को पाँचौँ अधिवेशन भोलीदेखि, यस्ता छन् कार्यसूची

नेपालगन्ज । सङ्घीय–संसद्को पाँचौँ अधिवेशन शुक्रबारदेखि शुरू हुँदै छ । अधिवेशनसँगै भावी सभामुख चयन र सदनको कामकारबाहीका विषयमा सचिवालयले तयारी थालेको छ ।

पहिलो बैठकको कार्यसूचीबारे सचिवालय गृहकार्यमा रहे पनि सभामुख चयनबारे राजनीतिक वृत्तमा औपचारिक रूपमा विषय प्रवेश पाएको छैन । शीर्ष तहमा अनौपचारिक रूपमा भने केही परामर्श भइरहेका छन् ।

हालको संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ । यसअघि तत्कालीन माओवादी केन्द्रबाट सभामुख र एमालेबाट उपसभामुख चयन भएका थिए । सभामुखको स्थान बीचमै रिक्त भएपछि पुनः चयन गर्नुपर्ने अवस्था छ । औपचारिक प्रक्रिया कहिले शुरूगर्ने यकिन भइसकेको छैन । तर, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नै सभामुखमा उम्मेदवार उठाउन उपसभामुखको राजीनामा अनिवार्य छ ।

तर, उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले औपचारिक रूपमा कुनै परामर्श नभएको बताउँछन् । उनी भन्छन्, “संविधान कार्यान्वयन मेरो पनि दायित्व हो । यसप्रति म सचेत छु । अहिलेसम्म राजीनामाको विषयमा औपचारिक रूपमा कुनै परामर्श भएको छैन । नयाँ सभामुख चयनको कार्यतालिका नआएसम्म राजीनामा हुँदैन । ”

राजीनामाबारे दलले पनि औपचारिक रूपमा कुनै पनि निर्णय निर्देशन नगरेको उनको भनाइ छ । सम्भवतः पुस पहिलो साताभित्र सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक हुने छ । तर, संसद् सचिवालय र राजनीतिक दलबीच कुनै परामर्श भने भइसकेको छैन ।
अधिवेशनको दिन शुक्रबार बिहान नै राजनीतिक दलहरूसँग अनौपचारिक रूपमा विषय, कार्यतालिकालगायतमा परामर्श गर्ने तयारी उपसभामुखको छ । राजनीतिक दलसँगको परामर्शका आधारमा कार्यतालिकालगायतका विषयले टुङ्गो पाउने छन् । तर, नेकपाका एक नेताले भने यही पुस ६ गतेको बैठकबाट सभामुख चयनको कार्यतालिका सार्वजनिक हुने दाबी गरे।

उपसभामुखबाटै अध्यक्षता
सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्ने संवैधानिक प्रावधानअनुसार नै तुम्बाहाङ्फेले अधिवेशनको पहिलो बैठक सञ्चालन गर्नेछिन् । संविधानको धारा ९१ (४) को व्यवस्थाअनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्नेछिन् ।

सभामुख तथा उपसभामुख दुवै रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन हुने छ । धारा ९१ (५) मा सभामुख तथा उपसभामुखको निर्वाचन नभएमा वा दुवै पद रिक्त भएमा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने व्यवस्था छ । हाल सभामुखको पद रिक्त रहेको र उपसभामुख कायम रहेकाले अधिवेशनको पहिलो बैठक उपसभामुखबाट सञ्चालन गर्ने तयारी गरिएको हो ।

प्रतिनिधि सभा नियमावलीले बैठकको सुरुआत र अन्त्य सभामुखबाटै गर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था संविधान प्रतिकूल रहेको भन्दै कानुनका जानकारहरूले उपसभामुखलाई बैठक सञ्चालन गर्न सक्ने सुझाव दिएका थिए ।

के के हुन्छन् कार्यसूची ?
अधिवेशनको पहिलो दिन सामान्य कार्यसूची मात्र तय छ । सभामुख चयनको कार्यतालिकामा दलबीच राजनीतिक सहमति नभएमा पहिलो दिनको बैठक छोटो हुने छ । पहिलो दिन राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानका लागि प्रेषित पत्र वाचन हुने छ । यस्तै शहीदका नाममा मौनधारण र अधिवेशन नभएका अवधिमा निधन हुनुभएका पूर्वसदस्यहरूको शोक प्रस्ताव मात्र कार्यसूची रहने छन् । दलीय सहमति भएमा सभामुख चयनको कार्यतालिका सार्वजनिकका लागि निर्देशन हुने छ तर उक्त सम्भावना न्यून छ । गाेरखापत्र दैनिकमा खबर छ ।


प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  ०७:४९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP