नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • कस्ती होलिन् उनी अप्सरा (राराको हुटु) अहिले ?
कस्ती होलिन् उनी अप्सरा (राराको हुटु) अहिले ?
रवि किरण आचार्य
शुक्रबार, मंसिर १९, २०७७ रवि किरण आचार्य
कस्ती होलिन् उनी अप्सरा (राराको हुटु) अहिले ?

(यात्रा संस्मरण २०६६ बैशाख २३ देखि २६ )

मलाई कमै विश्वास थियो राराको यात्रा हुन्छ भनेर, आफूलाई राराको रमणीय स्थलले आकर्षण गर्नुपर्ने दुई कारणहरु देख्दछु, जसमध्ये रारा राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका उपभोक्ता कृषकहरुलाई २३ देखि २६ सम्म जडिबुटी प्रशोधन तथा ब्यवस्थापन सम्बन्धि तालिम कार्यक्रममा जिल्ला वनस्पति कार्यालय जुम्लालाई दक्ष प्रशिक्षकको लागि निम्तो पठाउनु र दोस्रो कारण मध्ये तत्कालीन शान्ति मन्त्रालय मार्फत्को परियोजना दिगो शान्ति र विकासका लागि जडिबुटी कार्यक्रम जिल्ला वनस्पति कार्यालय जुम्लाले तिब्र गतिमा अगाडि बढाउनुपर्ने सन्दर्भमा कार्यालय प्रमुखको फुर्सद ननिस्कनु ।

बैशाख १७ देखि २१ सम्मको जडिबुटी खेति प्रविधि तथा दिगो ब्यवस्थापन सम्बन्धि ५ दिने गोठीचौरको मणिसाँघु भन्ने ठाउँको तालिम भ्याई नभ्याई जुम्ला खलंगा आई पुग्दा नपुग्दै दानसाँघुको एक चिया पसलमा विभागबाट आउनुभएका तत्कालीन उपमहानिर्देशक पुष्पराज श्रेष्ठ, राष्ट्रिय वनस्पति उद्यान गोदाबरीका तत्कालीन उद्यान अधिकृत सन्जिब कुमार राईलाई टुप्लुक्क भेट्न पाउँदा साह्रै खुसी लाग्यो । मनमा खुल्दुली मच्चियो कसरी यात्रा सम्पन्न गर्ने होला भनेर । २३ गते बिहान १० बजेतिर ब्याग, सानातिना सामानहरु र आवश्यक कपडाहरु मिलाएर हाम्रो यात्रा आरम्भ भयो र हुइकियौं बजारतिर । बाटोमा आवश्यक पर्ने औषधिहरु, ग्लुकोज, जुस बिस्कुट लगायतका बाटो खर्ची खाने कुराहरुको किनमेल बन्दोबस्त गर्दागर्दै बजारमा मध्यान्हको १२ बजिसकेको थियो ।

अब हामी उकालो चढ्दै कर्णाली प्राबिधिक शिक्षालयतिर लाग्यौं । प्रचण्ड गर्मी थियो उतिबेला । कर्णाली मावि अनामनगरको मास्तिर पुगेपछि कास्की, बर्दिया र प्युठान घर भएका तर मुगुमै शिक्षण पेशा अँगालेका सरहरु शैक्षिक तालिम सकेर जुम्ला खलंगाबाट मुगुतिर पाइला सारिरहेको भेटियो । खुसी लाग्यो थुप्रै साथीहरु भइयो भनेर । सबैसँग परिचय गरिसकेपछि थाहा भयो एक जना सर सुगरको बिरामी रहेछन् भनेर । त्यसैले उनले मलाई पनि भनेका थिए, हामी बिस्तारै आउँछौ सर तपाईंहरु अगाडि जाँदै गर्नुहोस् । कर्णाली प्राविधिक शिक्षालय अगाडिको खुल्ला धारोमा पानी पिएर केही क्षणको बिश्रामपछि हामी दुई बनस्पति स्टाफ बिस्तारै अगाडि बढ्यौं । जाँदाजाँदै बाटोभरी पानि पिउँदै, अब चेरेको डाँडोमा पुगियो । कति सुन्दर चउर, यसको सौन्दर्यले मेरो थकानलाई मथ्थर पारिदियो । डाँडो पार गरेपछिको एक ठूलो सल्लाको बोटमुनी हामीले बिश्राम लिने निधो गरियो अनि बिस्तारै खोलियो ब्यागको चेन अनि निकालियो जुस पनि, कति मिठास नखाँदै अनि खाएपछिको आनन्द ।

के गर्ने यात्रा मेरो लागि कठिन र लामो सम्झेको छु । तराईमा खेलेको हुर्केको म पहाडी विकटतामा रमाउन बाध्य भएँ । अब फेरि बाटो ततायौं, नाम सुनेको र बजारबाट नजर लगाएको पनि थिएँ डाँफेको लेकलाई, त्यसकै तल सुस्त सुस्त पाइला चालिदै थियो, बीच बाटोमै मुगुतिरै जाने ३ जनाको परिवार भेटियो । यति बेलासम्म मोहन सर र मेरो बीचमा बाटोमा धेरै अन्तर भइसकेको थियो । मलाई उकालोमा स्वाँ स्वाँ बढ्न थाल्यो, पाइला बढ्न छोड्न थाले । अनि म निराश मुद्रामा अगाडि बढिरहें बिस्तारै बिस्तारै । म पुनः अत्यन्त कठोर मन बनाएर अगाडि बढिरहें र मलाई बास्तबिकतामा साथ दिइरहेका थिए, तिनै मुगु जाने अधबैंशे बुढाले र भनिरहेका थिए बिस्तारै हिँड्नुहोस् सर, अब डाँफेको चुचुरो आइसकेको छ । मलाई पल पलमा सहानुभूति दिइरहे ती बुढाले, आत्मैदेखि देवता सम्झें मैले उनलाई । उनको त्यो बोलीभित्र मेरो साहसमा उर्जा थपिएको थियो । आखिर मैले डाँफेको लेकलाई पराजित नगरी नहुने यथार्थ थियो, राराको यात्रा पूरा गर्नलाई ।

करिब बेलुकाको ४ बजेतिर डाँफेको चुचुरोमा पुगियो, जहाँ चिसो हावाको सन्को चलिरहेको थियो । स्मरण रहोस् डाँफेको लेक ३७०० मिटरको उचाईमा अवस्थित छ । कुराकानी बुझ्दै जाँदा त्यो दिनको यात्राको लागि अब उप्रान्त उकालो बाटो छैन भनेर । झोला कसियो जिउमा अनि अगाडि बढायौं पाइला डाँफेलाई त्यहीँ थाँती राखेर । बाटो काट्दै जाँदा खाली भन्ने ठाउँमा पुगियो जहाँ दुई चार घरहरुको सानो वस्ती थियो । त्यो भन्दा करिब आधा घण्टाको अन्तरमा फेरि थारमारे भन्ने ठाउँमा पुगियो, जहाँ दुई तीन घरको बस्ती देखियो । जंगलको बाटो भएपनि मेरो मनमा न जंगली जनावरको न अरु कुनै केहीको डर त्रास थिएन । म निस्फिक्री बाटो काटिरहन्थें एक्लो यात्री झैं । किनकि मोहन सर निकै अगाडि हिँडिरहनुहुन्थ्यो । अगाडि बढ्दै जाँदा न्याउरीघाट भन्ने ठाउँको बगरै बगर हिँड्ने अवसर मिलेकोमा म ज्यादै हर्षित थिएँ । त्यसको एउटै कारण थियो, त्यो बाटो न उकालो न भिरालो थियो ।

यति हुँदाहुँदै बिस्तारै रात पर्न लागिसकेको थियो । अब हामीले काब्रा भन्ने ठाउँमा बास बस्ने निधो गर्यौं । करिब बेलुकाको सात बजेतिर बास बस्ने गन्तब्यमा पुगियो र सारा दुःख बिर्सेर झोला निकाली एकछिन बाहिरै बसियो । बिस्तारै भित्र अगेनातिर बढियो र नजिकैको खाटमा लम्पसार भएर सुतियो । त्यो ओढारमुनीको एक मात्र होटेल थियो, भण्डारी होटेल । जहाँ एक मात्र बुढा भात भान्साको काम गर्दा रहेछन् र अलि केही झर्रा स्वभावका थिए उनी । केही छिनपछि खाना खाइयो, दिनभरीको हिँडाईले भोकलाई अलिक बेशी नै खाना खाइयो, साठी रुपैयाँ खुराकको दाल भात तरकारी, अब हामी सुत्ने कोठातिर लाग्यौं, झन्झट थियो भोलिको यात्राको । एकै छिनमा निदाइएछ, थाकेको ज्यान ।

भोलिपल्ट चार बजे नै उठेर हिंड्ने हामी दुईको सल्लाह बमोजिम ठीक चार बजे नै उठेर हिँडियो । टर्च बालेर हिँड्नुपर्ने भयो । यो रहर थिएन तर बाध्यता अवश्य पनि । शुरुको करिब आधि घण्टाको उकालो बाटो चढियो टर्चको सहायताले । बिस्तारै उज्यालो हुँदै गयो र पुगियो बुम्रामाडिचौरको चौथा भन्ने ठाउँमा । जहाँ सानो बजार अवस्थित थियो । बिस्तारै अब उत्तरतिर हानियौं उकालै उकालो बाटो । अनि करिब बिहानको सवा छ बजेतिर भुलभुले भन्ने ठाउँमा पुगियो र चिया खाएर हिँड्ने सल्लाह भयो । आगोको नजिकै सुस्ताइयो अनि लिइयो कालो चियाको चुस्की पनि । त्यति बेला पनि अलिअलि भोक लागिसकेको थियो । अगेनाको वरिपरि बच्चाहरुले कोदो र गहुँका रोटीहरु खाइरहेका थिए । मैले यत्तिकैमा प्वाक्क भनिहाले बासी रोटीहरु बचेका छैनन्, ल ल तिनै रोटी तताएर खान एक बुढाले आदेश दिए । अनि दुई जनाले बाँडेर खाइयो ।

कुरा गर्दै जाँदा त्यहीँ ठाउँकी एक महिला रिठु भण्डारी पनि रारा राष्ट्रिय निकुञ्जमा तालिम लिन जाने रहिछन्, जुन कार्यक्रममा हामी पनि प्रशिक्षकको रुपमा जाँदै थियौ । तर उनी विहान चार बजे नै त्यहाँबाट हिँडिसकेको हुनाले भेट भएन । अब बिस्तारै फेरि अगाडि पाइला चालियो, उकालै उकालो बाटो । अलिक माथि पुगेपछि गमगढी जाने बाटो र रारा ताल जाने बाटो छुटियो । अहिलेसम्मको यात्रामा घोडाखच्चर र बटुवाहरु बीच बीचमा भेटिनै रहन्थे तर अब उप्रान्त राराको यात्रामा कुनै जीब, मानिस, घोडाखच्चर आदि केही पनि भेटिएनन् ।

डाँफेपछिको अर्को अविस्मरणिय उकालो रह्यो मेरो लागि चुच्चेमाराको लेक । उकालो हिँड्दा हिँड्दा जिउ लखतरान भइसक्यो । आधि उकालो पार गरिसकेपछि त्यहीँ बसेर जुस खाएर बिस्तारै उकालोेसँग पौँठेजोरी खेल्दै लेकमा पुगियो । डरलाग्दो यात्रा लेकै लेकको, यस मानेमा कि बाटो एक हात चौडा त्यहीँ पनि कुनै ठाउँमा बाटोको कमजोर निशाना अनि दुबैतिर नाँगो डाँडोको ठूलो भीर । अलिकति खुटा चिप्लियो कि तीन चार सय मिटर बिल्डिंग खानुपर्ने । यस्तो जोखिमपूर्ण यात्रा अगाडि बढ्दै गयो ।

अब लेकबाट राराताल निलो आकाश झैँ देखियो । बिस्तारै ओरालो बाटो हिँड्दा हिँड्दै निकुञ्ज भित्रको घना जंगल कहीँ कतै बाटो नै बिराइयो । धेरै लामो बाटो रहेछ त्यो साईडको, अब हामी तालको नजिकैको मिलिचौर भन्ने चौरको नजिकै पुग्यौं । ठूलो चौरमा राजा महेन्द्रले हेलिकप्टर बसाली केही दिन त्यहि बसेका रहेछन् र त्यही कारणले होला हालको रारा तालको नाम महेन्द्रताल राखिएको । स्मरण रहोस् मिलिचौर रारा तालको दक्षिणी तटमा अबस्थित छ । बाटो तालको किनारै किनार रहेछ । किनारको छेउँ छेउँमा सल्लाका रुखहरु तालको पानीमा डुबुल्की मारिरहेका देखिन्थे ।

तालको पानीमा दक्षिणतिरको हावाले उत्तरतिरको छाल उडाइरहेको रमणीय दृश्य पनि देखियो । तालको एक मात्र निकास दक्षिण पश्चिम कर्नरमा रहेको अवलोकण्न गर्दै तालका माछाको पौडीबाज हेर्दै, जेनतेन रारा निकुञ्जको कार्यालय परिसरमा पुग्दा दिनको साढे बाह्र बजिसकेको थियो । त्यहाँ तालिम सञ्चालन भइरहेको थियो त्यो बेला, स्टाफहरुसँग परिचय भइकेपछि एकै छिन सुस्ताएर कार्यालय परिसरकै होटेल डाँफे गेष्ट हाउस एण्ड रेण्टुरेण्टमा गएर खाना खाइयो । खाना खाइसकेपछि म बिस्तारै रारातालको किनारतिर गएर टोलाउन थालें । खरिदार साब त्यहाँको लोकल बासिन्दासँग तालको बारेमा धेरै जान्ने अबसर पाइयो । अब बिस्तारै बिस्तारै रात पर्न थाल्यो हामी दुई जना वार्डेन सरको क्वाटर रुम भएकै घरमा एक कोठामा गयौँ । अनि बिस्तारै घुलमिल हुँदै जाँदा दाउराको हिटर भएको कोठामा गइयो । बुढाले कम्प्युटरमा कैद गरेका केही कुराहरु देखाउँदै जान्थे हामी हेरिरहन्थ्यौँ ।

बिस्तारै बिस्तारै रात छिप्पिँदै जान थाल्यो, वार्डेन सरले भान्सेलाई आदेश दिइसकेका रहेछन् । सायद बिर बहादुर नाम हुनुपर्छ उनले बिभिन्न खाद्य पकिार ल्याएर अगाडि टक्राए । यात्राको थकान मेटिएको थियन, त्यसैले त्यति धेरै खान पनि रुची थियन । तर बिस्तारै बिस्तारै आलु चिप्स र अन्य बिबिध परिकार खाँदै गइयो । अब उप्रान्त म माथि ठूलो समस्या आयो । यस मानेमा कि वार्डेनको आदेश अनुसार बिर बहादरले स्टयाण्डर्ड रक्सीको बोटल लिएर हामी तीनै जनाको अगाडि अलग अलग गिलासमा राखिदिए । लिउँ सर, वार्डेनको आदेश थियो । म आजसम्म रक्सीको सामिप्यमा नरहेको मान्छे, भन्नैपर्ने भयो प्लिज सर मैले लिने गरेको छैन । यति भनेपछि वार्डेनले अलि नमजा माने र फेरि थपे अलिकति भएपनि लिनुन । म थुक्ने निहुँमा कोठा बाहिर आएँ । अब यसले लिँदैन भन्ने थाहा पाएपछि वार्डेनले बिर बहादरलाई डालेचुकको जुस ल्याइदिन भने अनि त्यही जुस खाइयो । कति मिठास त्यो जुसको । केही बेरको नास्तापछि अब खाना खाने बेला भइसक्छ र हामी तीनै जनाले खाना खाइसकेपछि सुत्ने कोठातिर लागियो र आनन्द साथ त्यस रातको समय बिताइयो ।

भोलिपल्ट बिहान भएपछि नित्य कर्म गरेर चिया खाइयो । अनि दिउँसोको क्लासको लागि ब्राउनपेपरमा लेख्ने कार्य गरियो । जडिबुटि प्रशोधन, प्रशोधनका बिधिहरु, प्रशोधनका फाइदाहरुको बारेमा प्रशिक्षण दिनुपर्ने थियो । २५ गतेको सेड्युलमा । खाना खाने समय भएपछि खाना खाइयो र विस्तारै प्रशिक्षण हलतिर लागियो । मैले पहिलो क्लास लिनुपर्ने थियो । प्रशिक्षार्थीहरु बिस्तारै तालिम हलभित्र आइसकेपछि मैले एक दुई शब्द बोलेर बिषयबस्तुतिर ध्यान केन्द्रित गरें । जडिबुटी प्रशोधन सम्बन्धमा आफूले जाने जति जम्मै कुराहरु सिक्ने र सिकाउने मौका मिल्यो । त्यसपछि क्लास लिने पालो मोहन सरको आयो । अनि म फुर्सदिलो भएर अफिसका भवनहरुभित्र नियालेर हेर्न थाले । अब त्यो दिनको तालिम पनि करिब चार बजेतिर सिद्धियो । त्यो भन्दा पहिले हामीले करिब साढे एक बजेतिर नास्ता लिएका थियौं । अब अघिल्लो दिन झैं साँझको खानपान भयो ।

वार्डेन क्वाटर परिसरमा धेरै ठाउँमा सैनिकहरुले पहरा दिँदारहेछन् । त्यही नजिकै एक सैनिक जवानसँग भलाकुसारी गर्दै जाँदा त्यो गुल्मको सम्पूर्ण टिम भर्खरै मात्र दाङ्गबाट सरुवा भएर आएको रहेछन् । सबैले सोध्न थाले, दाङ्ग कुन ठाउँ घर हो तपाईंको, उरहरी । खुसी लाग्यो अनि मैले पनि प्रति प्रश्न गरिहालेँ र भने दाङ्गका कोही हुनुहुन्छ कि यहाँ । अनि म सँगसँगै रहेका सेनाले भने छन् । तर यति भन्दाभन्दै उसले फुलबारी मजघटुवा घर भएका एक सैनिक जवानलाई नजिकैबाट बोलाइदिए । अनि हामी दुईको दङ्गाली परिबेशको बारेमा भलाकुसारी भयो, खुसी लाग्यो । अब रात छिप्पिन लागिसकेको थियो । भोलिको क्लासको तयारी पनि गर्नुपर्ने । त्यसैले अब बिस्तारै सुत्ने कोठातिर लागियो । केही छिनको तयारीपछि आरामले सुतियो । भोलिपल्ट विहान भैसकेपछि नित्यकर्मको काम भयो र चिया खाइसकेपछि अघिल्लो दिनकै प्लान अनुसार वार्डेनले बोटिङ्ग गराइदिने भनेकाले तालतिर लागियो । एउटा राम्रो फलामे डुंगामा सेनाको समूहले गीत गाउँदै बोटिङ्ग गरिरहेका थिए । अर्को डुंगा तालिमेहरुले हामी भन्दा पहिले नै बोटिङ्गको लागि लगिसकेका थिए । अन्य डुंगामा पानी भरिएकोले बचेका तालिमेहरुले मग र बाँटाको सहयोगले पानी फालेर बोटिङ्ग गर्ने तुल्याए र बिर बहादुरले पानि काट्ने एक दाब्लो बनाए । बोटिङ्गमा गयौं हामी दश जना जतिको टिम । करिब पौने घण्टा जतिको बोटिङ्ग कार्य राम्रोसँग बिताइयो । निलो पानी डुंगाबाट छुन पाउँदा झन रमाइलो भयो । डुंगाबाट ओर्लिसकेपछि अब खाना खाने तरखरमा लागियो र खानापछि क्लास लिने समय आयो ।

आज पनि पहिलो क्लास मैले नै लिएँ । अतिस र बोझोको खेती प्रबिधि सम्बन्धि टपिक थियो । मोहन सरको क्लास भ्याइएपछि अब कार्यक्रम समापन गर्नुपर्ने थियो । कार्यक्रममा गुल्मका मेजर, मध्यबर्ती विकास क्षेत्रका संयोजक आदिको उपस्थिति थियो । सबैले बोलिसकेपछि केही बोल्नुपर्ने थियो कि भनेर वार्डेनले मलाई नजिकैबाट सोधेपछि मैले मोहन सर तिर हेरे र उहाँले ल रबि सर तपाईं नै बोल्नुस भनेपछि उठ्नैपर्ने भो र बोल्नैपर्ने भो केही कुरा । जिल्ला वनस्पति कार्यालय लाई जडिबुटी प्रशोधन सम्बन्धि तालिम दिनको लागि प्रशिक्षकको निम्तो पठाएर यस रमणीय स्थलसम्म आउन पाउने स्थितिको श्रृजना गरिदिनुभएकोमा रारा राष्ट्रिय परिवार र बिशेष गरी वार्डेन सरप्रति आभार व्यक्त गरें । तालिमेहरुलाई केही सुझाव सल्लाह दिँदै आफ्नो छोटो मन्तब्य सकें । अन्त्यमा वार्डेन सरले केही कुरा राखिसकेपछि तालिमको सम्पूर्ण कार्यक्रम समाप्त भयो ।

अब वार्डेनकै कोठातिर गएर सबैले नास्ता लिइयो । यतिबेला सम्म करिब २ बज्न आँटिसकेको थियो । अब हामीले रााराको हुटु छाड्नै पर्ने थियो । त्यो भन्दा पनि जटिल थियो कसरी बाटो काट्ने भनेर । यत्तिकैमा सबैसँग बिदा मागेर हामी निकुञ्जको अफिसबाट छुटियौं । रारा तालको पानी निकास हुने एक मात्र स्थलसम्म मालिकाबोतातिर जाने तालिमेहरुसँग सँगै आइयो । त्यसपछि तालिमे रिठु भण्डारी, म र मोहन सर अब ३ जनाको टोली मिलिचौर हुँदै निकुञ्ज भित्रको घना जंगलबाट अगाडि बढ्यौ । म अलि हिँड्न नसक्ने देखेपछि ती तालिमेले मेरो झोला बोकिदिइन् । मनमनै धन्य रिठु तिमीलाई भनेँ, अब उप्रान्त मलाई धेरै सजिलो भैसक्योे । पानी पर्लाजस्तो पनि गरेको छ, मौसम विग्रिँदै गएको छ । हिउँ पर्ला कि लेकमा भन्ने डर, म हतारिएर हिँड्न थाले । चुच्चेमाराको लेकाली उकालो काटिसकेपछि रिठुले मेरो ब्याग फिर्ता गरिन् । हिँड्दा हिँड्दा लखतरान परियो । रात पनि परिसक्यो । बाटो बेस्सरी नियाँलेर हिँड्नुपर्ने, करिब बेलुकाको पौने नौ बजेतिर हामी भुलभुलेको रिठु भण्डारीको घरमा आइपुग्यौं । खुसी लाग्यो अप्ठेरो बाटो काटिएर त्यो दिनको गन्तब्यमा पुगेपछि । घरमा बुढा र केटाकेटीले खाना बनाएका रहेछन् । भात, तरकारी आलु, साग र दही रोटी यी सबै परिकार मीठो मानेर खाइयो र एउटा कोठामा गएर हामी दुई स्टाफ सुत्यौं । भोलिपल्ट बिहानै चार बजे हिँड्ने निधो गरे अनुसार हामीलाई रिठुले चार बजे नै उठाइन् र आँखा मिच्दै टर्च बाल्दै रिठुको घर छाडियो । उनले हामी दुबैको नाम टिप्न लगाइन् बच्चालाई ।

हिँड्दै जाँदा काब्रा भन्ने ठाउँमा चिया नास्ता खाइयो । अब उप्रान्त ननस्टप हिँडियो । जब न्याउरीघाटको उकालो आयो अनि फेरि हिँड्न गाह्रो भयो । जे भएपनि हिँड्नैपर्ने । बाटो काट्नैपर्ने र गन्तब्यमा पुग्नैपर्ने । हामी बिहानको करिब एघार बजेतिर थारमारे पुग्यौं । खाना बनाउने अर्डर गरियो । मैले पसिनाले भिजेका कपडाहरु फुकालेर एकछिन घाममा सुकाएँ । करिब १ घण्टापछि खाना खाइयो । सत्तरी रुपैयाँ खुराक थियो त्यो खाना । खाना खाइसकेपछि बिस्तारै उकालो चढियो अनि पुगियो खाली भन्ने ठाउँमा, जहाँ दुई बैकल्पिक बाटाहरु भेटिन्छन् जुम्ला खलंगा झर्नलाई । मेरो आन्तरिक मनस्थिति डाँफेबाटै ओर्लने थियो, तर मोहन सरले पटमारा भएर जाने भनेपछि त्यही बाटो रोजियो र अब उप्रान्त ओरालैओरालो बाटो करिब चार घण्टा हिँडेपछि उर्थुचौतारा हुँदै कार्यालय परिसरमा बेलुका करिब पाँच बजे तिर आइपुगियो । यसरी सम्पन्न भयो राराको यात्रा ।

(लेखक संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना बुटवलमा केमिष्ट हुनुहुन्छ। )
मोबाइल नम्बरः ९८४७८२४९१७
इमेलः [email protected]

 

 


प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  २०:२५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
युवा दिवसः सान्दर्भिकता र महत्व
युवा दिवसः सान्दर्भिकता र महत्व
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP