prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • सुपोषित समाज निर्माणमा जंक फुड: एक अदृश्य बाधक
सुपोषित समाज निर्माणमा जंक फुड: एक अदृश्य बाधक
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार १५, २०८२ बागेश्वरी पोस्ट
सुपोषित समाज निर्माणमा जंक फुड: एक अदृश्य बाधक
नियामत अलि शाई

  • नियामत अलि शाई

आजको समाजमा सुपोषण शब्द धेरै प्रयोगमा आउन थालेको छ । सरकारदेखि गैरसरकारी संस्थासम्म, गाउँदेखि शहरसम्म “सुपोषित समाज बनाउँ” भन्ने आवाज उठिरहेको छ । तर दुर्भाग्यवश, यस्तो आवाजको बीचमा एक अदृश्य, तर निकै शक्तिशाली बाधक मौन रूपमा फैलिरहेको छ-त्यो हो जंक फूड ।

अहिलेको दैनिकी यति अस्तव्यस्त छ कि आमाबाबुहरूसँग आफ्ना बालबालिकाका लागि समय दिन कठिन हुँदै गएको छ । यस्तो अवस्थामा छोराछोरीलाई भुलाउने, चुप लागाउने सजिलो माध्यम बनेको छ-चाउचाउ, बिस्कुट, चकलेट, जुस, चिप्स जस्ता जंक फूडहरू । बच्चाहरूको भोक यिनै कुराले मेटिन्छ, मन रमाउँछ तर शरीरलाई चाहिने पोषण भने शून्य रहन्छ।

यस्ता खाद्य वस्तु स्वादिलो, सजिलो र झट्ट खाएर पेट भर्ने खालका हुन्छन्, जसले गर्दा परम्परागत खानाप्रति आकर्षण घट्दै जान्छ । नियमित रूपमा यस्ता जंक फूड सेवन गर्दा बालबालिकामा भोक हराउने, सादा खाना मन नपर्ने, कमजोरी आउने र सुत्न नपाउने समस्या देखिन थाल्छ । नतिजा-कुपोषणको चक्र ।

सरकारले एकातिर पोषण कार्यक्रमका लागि बजेट छुट्याइरहेको छ, तर अर्कोतिर यस्ता स्वास्थ्य नबिगार्ने तर पोषणसम्बन्धि फाइदा नभएका वस्तु उत्पादन र बिक्रीमा कुनै प्रतिबन्ध छैन । यो रणनीतिको विरोधाभास नै राष्ट्रका कर्णधार बालबालिकालाई कमजोर बनाउने मुख्य कारण हो ।

यदि यस्ता वस्तुले स्वास्थ्यमा लाभ गर्दैन भने त्यसको उत्पादन र प्रवर्द्धन किन ? केवल राजस्व संकलनको लागि हो भने त्यो स्वास्थ्यप्रति गरिएको अन्याय हो । पैसा जुटाउने नाममा आफ्नै देशका बालबालिका कुपोषित बनाउने हो भने, सुपोषण अभियान केवल देखावटी खर्चको कार्यक्रम मात्र हुने हो ।

बरु केही वर्ष पोषण कार्यक्रम नचलोस्, तर जंक फूड पूर्णरूपमा प्रतिबन्ध लगाइयो भने त्यसपछि आउने ३–४ वर्षको तथ्याङ्क नै फरक देखाउनेछ । पोषण स्तरमा उल्लेखनीय सुधार हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

सुपोषित समाज निर्माणमा बाधक यस्ता थुप्रै कुराहरूमध्ये जंक फूड हटाउन सके मात्र हाम्रो सन्तानको भविष्य सुरक्षित हुनेछ । यसमा राज्य, नीति निर्माण तह, शिक्षा क्षेत्र र आम नागरिक सबैको जिम्मेवारी बराबर छ ।

आजैबाट सोच बदलौं-स्वस्थ भोलिका लागि अस्वस्थ विकल्पहरूलाई बन्द गरौं ।

(लेखक राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बाँकेस्थित आधारभूत स्वास्थ्य केन्द्र कमैयाडाँडामा कार्यरत जनस्वास्थ्य निरीक्षक हुन्)


प्रकाशित मिति: आइतबार, असार १५, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपोषित समाज निर्माणमा जंक फुड: एक अदृश्य बाधक
सुपोषित समाज निर्माणमा जंक फुड: एक अदृश्य बाधक
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP