prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • बाँके २ को प्रदेशसभा क्षेत्रमा सत्ता गठबन्धनको मित्रवत प्रतिष्पर्धा
बाँके २ को प्रदेशसभा क्षेत्रमा सत्ता गठबन्धनको मित्रवत प्रतिष्पर्धा
banijya office RSG-2
३(१) मा आइपी खरेल नै आधिकारिक
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक ११, २०७९ बागेश्वरी पोस्ट
बाँके २ को प्रदेशसभा क्षेत्रमा सत्ता गठबन्धनको मित्रवत प्रतिष्पर्धा

नेपालगन्ज । सत्ता गठबन्धनले सहमति नजुटेका केही क्षेत्रहरुमा मित्रवत प्रतिष्पर्धा गर्ने भएको छ । सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा तर्फका साझा उम्मेदवारको विवरण सार्वजनिक गर्दै केही निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने गठबन्धनमा सहमति भएको जनाएको छ । यस्तै केही निर्वाचन क्षेत्रमा भने सहमति जुटाउने प्रयास जारी रहेको सत्ता गठबन्धनले जनाएको छ ।

दुवै पक्षले दाबी नछाडेपछि र दुवैको आधिकारिक चिन्ह लिएका उम्मेदवारले जित्ने दाबी गरेका कारण मित्रवत प्रतिस्पर्धा गर्न लागिएको हो । गठबन्धनका शीर्ष नेताहरुले आज साझा उम्मेदवारको सूची सार्वजनिक गर्ने क्रममा प्रतिनिधिसभाका ३ वटा सीटमा मित्रवत प्रतिस्पर्धा गर्ने जनाएका छन् ।

प्रदेशसभामा यो संख्या अझ धेरै छ । गठबन्धन दलहरुबीच प्रदेशसभाका ११ वटा क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने भएका छन् । त्यस्तै ५ वटा प्रदेशसभाका क्षेत्रमा अझै पनि मिलाउन छलफल जारी रहेको छ ।

बाँके २ को प्रदेश २(१) मा कांग्रेसका राजकुमार बर्मा र नेकपा एकीकृत समाजवादी (एस) का समसद्दिन सिद्दिकीबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । यस्तै बाँके २ को प्रदेश २(२) मा कांग्रेसका सुरेन्द्रबहादुर हमाल र नेकपा माओवादी केन्द्रका अकलबहादुर बमबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ ।

उता बाँके ३(१) मा आधिकारिक उम्मेदवार बनाइने आश्वासनसहित माओवादी केन्द्रमा भित्र्याइएका दलबहादुर सुनारलाई स्थानीय नेतृत्वले आधिकारिक उम्मेदवार भनेपनि सत्ता गठबन्धनको नेतृत्वले माओवादी केन्द्रबाट उम्मेदवारी दिएका आइपी खरेललाई उम्मेदवार तोकेको छ । नेकपा एसका तत्कालीन नेता सुनारले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यी हुन् मित्रवत प्रतिष्पर्धा हुने क्षेत्रहरु

प्रतिनिधिसभा

धनुषा २ – कांग्रेस र नेकपा एस

सर्लाही २ – माओवादी र लोसपा

काठमाडौं १० – कांग्रेस र माओवादी

प्रदेशसभा

सर्लाही १ (१) – माओवादी र लोसपा

महोत्तरी २ (२) – नेकपा एस र लोसपा

बारा १ (२) – कांग्रेस र नेकपा एस

पर्सा ३ (२) – कांग्रेस र नेकपा एस

काठमाडौं ३ (२) – कांग्रेस र नेकपा एस

काठमाडौं ५ (२) – कांग्रेस र नेकपा एस

काठमाडौंं १० (१) – कांग्रेस र माओवदाी

काठमाडौं ६ (२) – कांग्रेस र माओवादी

बाँके २ (१) – कांग्रेस र नेकपा एस

बाँके २ (२) – कांग्रेस र माओवादी

कन्चनपुर २ (२) – कांग्रेस र नेकपा एस

कन्चनपुर ३ (१) – माओवादी र नेकपा एस

छलफल जारी

स्याङ्जा २ (१) – कांग्रेस र नेकपा एस

हुम्ला १ – माओवादी र नेकपा एस

सुर्खेत २ (१) – कांग्रेस र नेकपा एस

सुर्खेत २ (२) – माओवादी र नेकपा एस

बाजुरा १ – माओवादी र नेकपा एस

 


प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP