prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • राष्ट्रियता र संविधान जोगाउन गठबन्धन बनेको होः गिरी
राष्ट्रियता र संविधान जोगाउन गठबन्धन बनेको होः गिरी
banijya office
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १२, २०७९ बागेश्वरी पोस्ट
राष्ट्रियता र संविधान जोगाउन गठबन्धन बनेको होः गिरी

नेपालगञ्ज । दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरीले अहिलेको गठबन्धन राष्ट्रियता र संविधान जोगाउनका लागि भएको बताएका छन् ।

nepalgunj 081-082

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गठबन्धनका साझा उम्मेदवार गिरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा आज स्थानीयलाई सम्बोधन गर्दै केपी ओली नेतृत्वको सरकारले लामो संघर्षपछि उपलब्ध संविधान र राष्ट्रियतामाथि नै धावा बोल्न थालेपछि राष्ट्रियता र संविधानको रक्षाको लागि गठबन्धन आवश्यक परेको बताएका थिए । लोकतान्त्रिक संविधानले अभिब्यक्ति स्वतन्त्रता, महिला, दलित, जनजाती तथा पछाडि पारिएको समुदाय सबैको हक अधिकार सुनिश्चित गरेको हुँदा नेकपा एमाले र त्यससंग तालमेल गरेका राजनीतिक दलहरुले त्यो संविधानमाथि धावा बोलेको हुँदा त्यसको रक्षाको लागि परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिनु परेको उम्मेदवार गिरीले दाबी गरे ।

‘अतिबाद र प्रतिगमनकारीलाई परास्त गर्नका लागि हाम्रो यो गठबन्धन बनेको हो,’ उनले भने ‘ परिवर्तनकारी शक्तिहरुको बिजयले मात्रै प्रतिगमनकारी र अतिबादीको हार हुनेछ ।’ उनले निर्वाचन पछि फेरि गठबन्धन दलहरुको सरकार बन्ने भन्दै गठबन्धनका सबै साझा उम्मेदवारलाई मतदान गरी बिजयी गराउन आग्रह गरे । ‘दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा मलाई मात्रै हैन,’ उनले भने ‘३(क) मा काँग्रेसकै डिल्लीबहादुर चौधरी र ३ (ख) मा माओबादीका धनवहादुर मास्की (राजेश) लाई पनि अत्याधिक मतले बिजयी गराउनुहुन मेरो अनुरोध छ ।’

उपमहानगरपालिका भएपनि खुमखानीका बासीहरु सडक सञ्जाल लगायत नगरको सामान्य सेवासुबिधाबाट समेत बञ्चित हुँदै आएको भन्दै गठबन्धनको पक्षमा मतदान गरी बिजयी बनाए भविष्यमा जिल्लाको विकास निर्माणमा भूमिका खेल्ने गिरीले बाचा गरे । आफू र गठबन्धनका सबै उम्मेदवारलाई बिजयी गराए खुमखानी हुँदै सल्यान जोड्ने बाटो निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने उनले प्रतिबद्धता जाहेर गरेका थिए ।

उनले बिगतमा आफूले पश्चिम दाङमा शिक्षाको ज्योति फैलाउन राप्ती बबई क्याम्पस स्थापना गरेको, नौ महिने मन्त्री हुँदा पश्चिम दाङ र समग्र दाङ उपत्यकामा ५३ हजार हेक्टर जमिनमा सिंचाई सुबिधा पु¥याउने उदेश्यले बृहत सिंचाई कार्यालयको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा स्थापना गरेको भएपनि एमालेको नेतृत्व आएपछि त्यसलाई छायाँमा पार्ने काम भएको भन्दै असन्तुष्टि पोखे ।

आफू सिंचाई मन्त्री हुँदा स्थापना गरेको बृहत सिंचाईका कारण जिल्लाका बिभिन्न स्थानमा सिंचाई सुबिधा नभएको ठाउँहरुमा जलाशय, तटबन्ध निर्माण लगायतका काम भइरहेको उनले बताए ।

बबई नदी, पातुखोला, ग्वार खोला लगायत जिल्लाका बिभिन्न नदी खोलाहरुले गर्ने कटान नियन्त्रणका लागि तटबन्ध निर्माण, पुल निर्माण लगायतका कामहरु गरेर जिल्लाबासीको मर्म अनुसार काम गरेको भन्दै भविष्यमा थप योजनाका साथ काम गर्ने उनले बाचा गरेका थिए ।


प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  १६:४५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP