prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • गंगटे पुगेर गिरीले भने-'तपाईंहरुका दु:खलाई सुखमा बदल्छु'
गंगटे पुगेर गिरीले भने-'तपाईंहरुका दु:खलाई सुखमा बदल्छु'
banijya office RSG-2
'मैले हार्दा पाँच वर्ष विकास अवरुद्ध भयो
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १९, २०७९ बागेश्वरी पोस्ट
गंगटे पुगेर गिरीले भने-'तपाईंहरुका दु:खलाई सुखमा बदल्छु'

गंगटे (दाङ) । गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक गिरीले आफू निर्वाचित भए गंगटेवासीका दु:खलाई सुखमा बदल्ने वाचा गरेका छन् । आज पश्चिम दाङको सीमान्त विकट वस्ती बबई गाउँपालिका वडा नम्बर १ गंगटेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्व मन्त्री गिरीले आफूले अघिल्लोपटक चुनाव हार्दा पाँच वर्ष विकास नै अवरुद्ध भएको बताए । 

गिरीले भने-'म गंगटेवासीलाई आग्रह गर्छु, चुनावको बेला नझुक्किनुहोला, झुक्किनुभयो भने फेरि तपाईंको विकास अवरुद्ध हुन्छ, तपाईंहरुले दु:ख पाउनुहुन्छ ।' उनले थपे-'तपाईंहरुको मतले जिते भने पाँच वर्षे कार्यकालमा लालपुर्जाको समस्या पनि समाधान गर्छु । उनले गंगटेवासीका लागि बाटो, खानेपानी, विजुली र गुणस्तरीय शिक्षा प्रमुख आवश्यकता रहेको बताए । 

उनले गंगटेको बाटो खोल्ने कामको सुरुवात आफूले गरेको बताए । उनले भने-'यहाँ आउने जे जति बाटो बनेको छ, त्यो मैले सांसद हुँदा गरेको हुँ, त्यही बेलै टेण्डर भइसकेको हो, पाँच वर्ष अगाडि मलाई जिताएको भए अहिलेसम्म कालोपत्रे भइसक्ने थियो ।' 

प्रदेशसभाका उम्मेदवार धनबहादुर मास्की (राजेश) ले गठबन्धनले जिते पश्चिम दाङको मुहार फेरिने बताए । गठबन्धन समयको माग भएकाले अहिलेको परिस्थितिलाई बुझेर मतदान गर्न आग्रह गरे । आफू बबई गाउँपालिकाबासी भएकाले गंगटेको सुखदुःखमा सधैं संगसंगै रहने बताए । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवम् राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्मा 'अपार', नेकपा एकीकृतका जिल्ला उपाध्यक्ष चुर्णबहादुर वली, कांग्रेस युवा नेताहरु विमल रिजाल, टीका घर्ती लगायतले गठबन्धनलाई जिताउन आग्रह गरेका थिए । 

 


प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  २२:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP