prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • नागरिक समाजसँग संवादः निर्वाचन आचारसंहिता पालनामा खवरदारी गर्ने प्रतिवद्धता
नागरिक समाजसँग संवादः निर्वाचन आचारसंहिता पालनामा खवरदारी गर्ने प्रतिवद्धता
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २१, २०७९ बागेश्वरी पोस्ट
नागरिक समाजसँग संवादः निर्वाचन आचारसंहिता पालनामा खवरदारी गर्ने प्रतिवद्धता

नेपालगञ्ज । नागरिक समाजका अगुवाले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचारसंहिता पालनासँगै आवश्यक खवरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बाँकेस्थित नागरिक समाजको प्रतिनिधित्व गर्ने पेशागत संघ संगठनका प्रमुख, अधिकारकर्मी, चिकित्सक, कानुन व्यवसायी, सञ्चारकर्मी, युवा लगायतको सहभागिता रहेको कार्यक्रममा मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण बनाउन आचारसंहिता पालना नै प्रमुख दायित्व भएकाले राजनीतिक दल, उम्मेदवार लगायतलाई आचारसंहिता कार्यान्वयनका लागि सचेतसँगै दबाब दिइनु पर्नेमा जोड दिइएको छ । संवाद समूह बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित निर्वाचन आचारसंहिता कार्यान्वयनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रियात्मक संवाद कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो । 

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत खडानन्द अधिकारीको विशेष उपस्थिति रहेको कार्यक्रममा चुनावी प्रचार प्रसारको नाममा आचारसंहिता विपरित गाडी, व्यानर, झण्डा र स्टीकरको व्यापक प्रयोग गरिएको भन्दै सहभागी अधिकांशले सचेततासँगै खवरदारीमा पनि जोड दिएका थिए । 

निर्वाचन आचारसंंहिता अनुगमन अधिकृत अधिकारीले निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन नागरिक समाजको अहम् भूमिका रहने भन्दै आवश्यक सूचना दिन र असल नागरिकको जिम्मेवारी वहन गर्न पनि आह्वान गरे । आचारसंहिता उल्लंघन गर्ने जो सुकै किन नहोस्, सचेत गराउनेदेखि कारवाहीको दायरामा ल्याउने सम्मको कार्य गर्न आफूहरु नडग्मगाउने उनले स्पष्ट पारे । 

उच्च अदालत बार एशोसिएशन नेपालगञ्जका अध्यक्ष शिवराज श्रेष्ठले आचारसंहिता उल्लंघनका ससाना घटनातर्फ ध्यान दिन आह्वान गर्दै मतदातालाई प्रभावित पार्ने काम कहीँ कतैबाट गर्न नहुनेमा जोड दिए । चिकित्सक संघ भेरीका सचिव डा. दिनेश चौधरीले निर्वाचन आचारसंहिता पालना गर्नु साझा दायित्व भएकाले सोही अनुसारको समन्वय र सहकार्य हुनुपर्ने आवश्यक्ता औंल्याए ।  

च्याम्वर अफ कमर्स, नेपालगञ्जका अध्यक्ष सतिश अग्रवालले आचारसंहिता उल्लंघनकर्तालाई दिइनुपर्ने सजाय सानो भएकाले पनि अटेरी गरिएको हुन सक्ने भन्दै कारवाहीको दायरा बढाउन पनि सुझाव दिए ।  नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरेले सामाजिक सञ्जालमा आउने आचारसंहिता उल्लंघनका सूचनाले वास्तविक मिडिया मारमा परेको भन्दै आयोगका तर्फबाट आवश्यक नियमन र सहज सूचना प्रवाहको बातावरण मिलाइदिन पनि अनुरोध गरे । 

जिल्ला बार बाँके अध्यक्ष जनक बहादुर शाहीले आचारसंहिता पालना गनुपर्नेले नै आचारसंहिता उल्लघंन गर्न उद्यत देखिएको भन्दै पालना भए नभएको नियमन गर्नुपर्नेमा जोड दिए ।  राष्ट्रिय अपाङ्ग महासंघका प्रतिनिधि टेकराज जैसीले अपांगता भएका, असक्त व्यक्तिहरुका लागि सहज मतदान गर्ने व्यवस्था मिलाइनुपर्ने आवश्यक्ता औल्याए । 
 


प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १९:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP