prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • देश विकासमा मारवाडी समुदायको महत्वपूर्ण योगदान छ : इश्तियाक राई
देश विकासमा मारवाडी समुदायको महत्वपूर्ण योगदान छ : इश्तियाक राई
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २२, २०७९ बागेश्वरी पोस्ट
देश विकासमा मारवाडी समुदायको महत्वपूर्ण योगदान छ : इश्तियाक राई

नेपालगन्ज । जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २  प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद इश्तियाक राईले देशका लागि  ठूलो योगदान दिएको ‘मारवाडी’ समुदाय राज्यबाटै हेपिएको बताएका छन्।

nepalgunj 081-082

चुनावी अभियान अन्तर्गत बाँकेका विभिन्न क्षेत्र तथा समाजिक संघसंस्थाहरूसँग छलफल गर्ने क्रममा  नेपालगन्जका मारवाडी समुदायका अगुवाहरूसँग भेटघाट गर्दै उनले यस्तो बताएका हुन्।

‘देशको आर्थिक मेरुदण्डका रूपमा रहेको मारवाडी समुदाय राज्यबाटै हेपिएको छ। यसको वकालत मैले पक्कै गर्नेछु। त्यसमा पनि अझ नेपालगन्ज क्षेत्रमा रहेर व्यापार व्यवसाय र उद्योगधन्दा गर्नेहरू अझ धेरै समस्यामा छन्’ उनले भने ‘नेपालगन्जको व्यापार व्यवसाय प्रवर्द्धनका योजनाहरूमा पनि मैले काम गर्नेछु र नीति निर्माणका लागि राज्यको माथिल्लो तहमै मैले पहल गर्नेछु।’

उम्मेदवार राईले आफू कुनै धर्म, सम्प्रदाय वा जाति विशेषको मुद्दामा सिमित नभएर यो क्षेत्रको विकास र समृद्धिका लागि मात्रै लडिरहेको पनि बताए।‘यो जातजाति, धर्म सम्प्रदाय वा धर्मको नाममा नागरिकलाई विभाजन गर्ने समय होइन’ उनले भने ‘चुनावको बेला भनेको विकास र यस क्षेत्रका नागरिकको समृद्ध जीवन कसरी बनाउने भनेर बहस गर्ने बेला हो। यसका लागि म कुनै पनि उम्मेदवारसँग बहस गर्न तयार छु।’

राईले आफूले कसैलाई भ्रममा राखेर झुटा आश्वासन र जनतालाई पूरा नहुने सपना नबाँड्ने पनि बताए। त्यसका लागि आफूले गरेका कामहरू र आगामी दिनमा गर्ने कामहरूको ठोस योजना बोकेर चुनावी मैदानमा उत्रिएको पनि उनले प्रस्ट पारे।

‘हामी कत्ति पनि दिग्भ्रमित छैनौं र नागरिकलाई भ्रममा पनि राख्दैनौं। हामीले सकेको र गरेका कामहरूको सूची मतदाताका हातहातमा दिएका छौं। आगामी योजनाहरू पनि दिनेछौं’ उनले भने ‘कम्तीमा राम्रो कामलाई राम्रो भन्न सकौं। अरूलाई नराम्रो देखाउँदैमा आफू राम्रा भइँदैन।’

भेटघाट कार्यक्रममा प्रदेशसभाका उम्मेदवार आदेशकुमार अग्रवालले यहाँको विकास र समृद्धिका लागि काम गर्नसक्ने र सम्भावना बोकेका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका थिए।

भेटघाटमा जुटेका मारवाडी समुदायका अगुवाहरूले यो क्षेत्रको विकास गर्नसक्ने र त्यसका लागि निरन्तर लागिपरेका उम्मेदवारलाई भोट दिन क्षेत्र नं २ का वासिन्दालाई आग्रह गरेका थिए। उनीहरूले जाति, धर्म र समुदायका नाममा जनतामा भ्रम छरिरहेकाहरूलाई नजिकिइरहेको चुनावबाट पाखा लगाउन पनि अपिल गरेका थिए।

 

 


प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ०६:३६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP