prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • "भावी मन्त्रीलाई रोज्न हामी आतुर छौं"
"भावी मन्त्रीलाई रोज्न हामी आतुर छौं"
RSG-2
'सेफ जोन' मा देखिन्छन् राठोर
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २२, २०७९ बागेश्वरी पोस्ट
"भावी मन्त्रीलाई रोज्न हामी आतुर छौं"

नेपालगञ्ज । नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिबाट उदाएर नेपाली कांग्रेसको पार्टी जीवनमा स्थापित भएका किशोरसिंह राठोर नेविसंघका पूर्व अध्यक्ष हुन् । विद्यार्थी राजनीतिकालीन समयमा विद्यार्थीहरुको आशा, भरोसा र ढुकढुकी बनेका राठोर आफ्नो हक्की स्वभावले सबै माझ परिचित थिए । विद्यार्थी राजनीतिको शीर्ष तहमा पुगेका राठोर जब पार्टी जीवनमा प्रवेश गरे, आफ्नो मेहनत, लगन, निरन्तरता र निष्ठाले उचाई लिने क्रममै छन् ।

केन्द्रीय सदस्य हुँदै आज उनी पार्टी पदाधिकारी तहमा छन् । १४औं महाधिवेशनबाट खसआर्य क्लष्टरमा लोकप्रिय मतका साथ सहमहामन्त्री चुनिएका राठोर बाँके र बर्दियाका अभिभावक हुन् । लुम्बिनी प्रदेशमा कांग्रेसबाट एक मात्र पदाधिकारी राठोर प्रत्यक्षतर्फ संसदको यात्रा तय गर्ने क्रममा छन् । यसअघि समानुपातिक सांसद रहेका राठोर अब प्रत्यक्षतर्फ सांसद बन्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएका छन् ।

बाँके र बर्दियालाई भूगोल बनाएर पार्टी राजनीति गरिरहेका उनी यसपटक बाँके क्षेत्र नम्बर ३ बाट गठबन्धनका साझा उम्मेदवार हुन् । नेपालगञ्ज घर भएका राठोर पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशिल कोइरालाले नेपालगञ्जबाट चुनाव लडिरहकाले बर्दियाको राजापुर क्षेत्रलाई चुनावी क्षेत्र बनाएर राजनीति गरिरहेका थिए । राठोर यसपटक भने बाँके-३ मा आएका छन् । गठबन्धनमा बर्दिया-२ माओवादीलाई परेपछि उनी आफ्नै गृह जिल्लाबाट चुनाव लड्दैछन् ।

"उहाँ बाँकेमै आएर चुनाव लड्नु बाँकेबासीका लागि सुखद कुरा हो, सुशिल दाईपछि अभिभावक पाएका थिएनौं, अब अभिभावक पाएका छौं, हामीले गर्व गर्नुपर्दछ," कांग्रेस नेता कार्यकर्ताहरु भन्छन्, "लुम्बिनीबाट पार्टीमा उहाँ मात्रै पदाधिकारी हो, उहाँले त महत्वपूर्ण मन्त्रालय नै पाउनुहुन्छ, यसमा त बाँकेबासी भाग्यमानी नै छौं ।"

"क्षेत्र नम्बर ३ का जनताले फगत  सांसद मात्रै हुनेलाई रोज्लान् कि सम्भावना बोकेको केन्द्रीय नेतालाई रोज्लान्, यो त घामजस्तै छर्लंग छ," एक जना स्थानीयले भने-"भावी मन्त्रीलाई रोज्न हामी आतुर छौं ।" स्थानीय चुनावको अंकगणितलाई नियाल्दा पनि राठोर 'सेफ जोन'मा छन् । कांग्रेस एक्लै अगाडि रहेको यस क्षेत्रमा माओवादीको मत थपिँदा उनी जीत उन्मुख देखिएको नेताहरुको दाबी छ । 


प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  २१:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP