prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • कोहलपुरमा अपांगता भएका व्यक्तिहरुबीच उम्मेदवार
कोहलपुरमा अपांगता भएका व्यक्तिहरुबीच उम्मेदवार
banijya office
अपांगता भएका व्यक्तिलाई मताधिकारको उपयोग गर्न राठोरको आव्हान
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक २३, २०७९ बागेश्वरी पोस्ट
कोहलपुरमा अपांगता भएका व्यक्तिहरुबीच उम्मेदवार

नेपालगञ्ज । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य पदका उम्मेदवारहरुले बाँकेमा अपांगता भएका व्यक्तिहरुहरुको अधिकारलाई स्थापित गर्ने सवालमा प्रतिबद्धता जनाएका छन् ।

nepalgunj 081-082

अपांग सशक्तिकरण तथा संचार केन्द्र डेक नेपालको आयोजना तथा ओपन सोसाइटी फाउण्डेसनको सहयोगमा बाँकेको कोहलपुरमा आज भएको अर्थपूर्ण प्रतिनिधित्व तथा सहभागिताका लागि जवाफदेहिता कार्यक्रम अन्तर्गत ‘अपांगता भएका व्यक्तिहरुबीच उम्मेदवार’ कार्यक्रममा सहभागी भएका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले आफ्नो चुनावी एजेण्डामा अपांगता भएका व्यक्तिहरुको सवाललाई पनि प्राथमिकता दिएको बताए ।

नेपाली काँग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो मताधिकारको उपयोग गर्न सबैलाई आव्हान गरे । उनले अहिलेको संबिधानले अपांगता भएका व्यक्तिहरुको अधिकारलाई सुनिश्चित गरेको बताए । उनले त्यसको कार्यान्वयन महत्वपूर्ण भएको बताए । ‘संबिधान पूर्ण हुँदैन,' उनले भने–‘भएका उपलब्धिलाई संस्थागत गर्ने हो । अपांगता भएका व्यक्तिहरुको अधिकार नसमेटिएको पनि हुन सक्छ त्यसलाई आवश्यकता अनुसार थप्दै जानुपर्छ ।’

नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार सूर्य ढकालले अपांगता भएका व्यक्तिहरुको जिविकोपार्जनको सवाल अहिलेको प्रमुख एजेण्डा रहेको बताए । उनले अपांगता भएका व्यक्तिहरुलाई रोजगारी र आर्थिक आयआर्जनका सवाललाई आफू र आफ्नो पार्टीले प्रमुख एजेण्डा बनाएको बताए ।

यस्तै नेकपा माओवादी केन्द्रका नेता तथा बाँके क्षेत्र नम्बर ३ (१) का स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले राजनीतिक आन्दोलनमा अपांगता भएका व्यक्तिहरुको सवालमा पार्टी चुप लागेर नबस्ने बताए । उनले अपांगता भएका व्यक्तिहरुलाई अब भत्ता भन्दा पनि रोजगारी दिनुपर्ने बताए । ‘अपांगता भएका व्यक्तिहरुका लागि अब भत्ताको व्यवस्था गर्नु हुँदैन,' उनले भने–‘जीवन निर्वाहका लागि रोजगारीको ग्यारेन्टी गरिनुपर्छ ।’ उनले आफू निर्वाचित भए अपांगता भएका व्यक्तिहरुको हकअधिकार सुनिश्चितताका लागि आयोग गठनको प्रतिबद्धता जनाएका छन् । अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिताले मात्रै उनीहरुको हकअधिकार सुनिश्चित हुने पनि उनले बताए ।

यस्तै कार्यक्रममा एमालेबाट बाँके क्षेत्र नं. ३(१) का प्रदेशसभा सदस्य पदका उम्मेदवार रत्न खत्री, एकीकृत समाजवादीका तर्फबाट बाँके क्षेत्र १ का प्रदेशसभा समानुपातिक पदका उम्मेदवार रामकृष्ण विक लगायतले पनि अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिताकाको प्रतिबद्धता जनाएको डेक नेपालका अभियन्ता धिरेन्द्र विकले जानकारी दिए । कार्यक्रममा अपांगता अभियान्ता वीरेन्द्रराज पोख्रेल, देविदत्त आचार्य, गणेश पाण्डे, दोभाषे दीपाकुमारी थापासहित करिब दुई सयको हाराहारीमा उपस्थित भएका थिए । 
 


प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १९:५३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP