prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • बाँकेमा मध्यवर्ती क्षेत्रका बासिन्दालाई सधैं वन्यजन्तुकै त्रास
बाँकेमा मध्यवर्ती क्षेत्रका बासिन्दालाई सधैं वन्यजन्तुकै त्रास
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २४, २०७९ बागेश्वरी पोस्ट
बाँकेमा मध्यवर्ती क्षेत्रका बासिन्दालाई सधैं वन्यजन्तुकै त्रास

नेपालगञ्ज । बाँके निकुञ्ज मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयवासीले वन्यजन्तु समस्या समाधान गरिदिन अनुरोध गरेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन क्षेत्र नं १ को मध्यवर्तीक्षेत्रमा मत माग्न पुगेका उम्मेदवारलाई स्थानीयवासीले वन्यजन्तु समस्याका कारण आफूहरूको जीउधन र खेतीबाली जोखिममा परेको गुनासो गरेका छन् ।

nepalgunj 081-082

राप्ती सोनारी गाउँपालिका–८ बालापुरका बासिन्दा वसन्त वलीले वन्यजन्तुका कारण खेतीबाली राम्ररी स्याहार्न नपाएको गुनासो गरे । उनले वन्यजन्तु समस्या समाधान गर्न निकुञ्ज क्षेत्रमा तारबार लगाइदिन माग गरे । राप्ती सोनारी– १ कुसुमका स्थानीय शिक्षक भुवन खुनाले निर्वाचनका बेला नेताले आश्वासन दिए पनि जनताको काम नभएको गुनासो गरे ।

“यसअघिका निर्वाचनमा पनि भोट माग्न आउनेले विभिन्न आश्वासन दिनुभएको थियो तर पाँच वर्षमा पनि कार्यान्वयन भएन”, उनले भने । निर्वाचन प्रचारका क्रममा गाउँ टोलमा आउने बाँके क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार सबैसँग वन्यजन्तु समस्या समाधानका लागि वडा नं ९ का वडावासीले सामूहिक प्रतिबद्धता गरेको वडाध्यक्ष सोहनलाल थारुले बताए ।

“हाम्रो यो क्षेत्रबाट सङ्घ र प्रदेशमा गरी ११ जना उम्मेदवार रहनुभएको छ, सबैसँग वन्यजन्तु समस्या समाधानको लागि हामीले लिखित प्रतिबद्धता गरेका छौँ”, वडाध्यक्ष थारुले भने, “जसले जिते पनि वन्यजन्तु समस्या समाधान गराउन वडावासी एकजुट भएका छौँ ।”

बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित राप्ती सोनारीको वडा नं ९ का गाउँबस्ती वन्यजन्तुबाट अति प्रभावित छन् । वडा नं ९ को महादेवा, बुचापुर उडयन, पश्चिम–पूर्वा, हात्तीसारखैरी, खैरी गुरुवागाउँ, कौवाकाँडा, ढकेरी लगायतका टोल वन्यजन्तुबाट अतिप्रभावित रहेको वडाध्यक्ष थारुको भनाई छ । 

राप्ती सोनारीको वडा नं १ का लौकी, वर्दापुर, चप्परगौडी, बाघखोर, बाँदरभरिया, ओजखोला, बाँसखोली, कुसुम, रानीगजेरी, वैरिया, सौरी, जरुवा, गाभर र सिक्टा गाउँ वन्यजन्तुबाट अति प्रभावित रहेका छन् । वन्यजन्तु समस्या प्रमुख समस्याका रुपमा रहेको वडाध्यक्ष यमबहादुर खड्काले बताए ।

वडा नं ८ को ओभरी र बालापुरका गाउँबस्ती वन्यजन्तुबाट अतिप्रभावित भएकाले निर्वाचन प्रचारमा आउने उम्मेदवारसँग समस्या समाधानका लागि पहल गरिदिन मतदाताले आग्रह गर्ने गरेको वडा नं ८ का अध्यक्ष शालिकराम डाँगीले बताए । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा कोहलपुर नगरपालिका–१२ र १३ का गाउँबस्ती रहेका छन् । भोट माग्दै हिँड्ने उम्मेदवारलाई निकुञ्जको मध्यवर्ती क्षेत्रका मतदाताले भने वन्यजन्तुका समस्या समाधान गरिदिन अनुरोध गरेका छन् ।

बाँके क्षेत्र नं १ मा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले निकुञ्जबाट निस्कने जनावरले प्रत्येक वर्ष धनजनको क्षति गर्ने गरेको भन्दै त्यसको दीर्घकालीन समाधानलाई आफूले प्राथमिकतामा राखेको बताए ।

उनले आफू निर्वाचित भएपछि जनताको आवश्यकता अनुसारकै काम गर्ने आश्वासन दिए । उम्मेदवार ढकालले वन्यजन्तुबाट अति प्रभावित निकुञ्ज वरिपरी वा मध्यवर्ती क्षेत्रमा बसोवास गरेका घरपरिवारलाई एक घर रु. २५ लाखको जीवन बीमा व्यवस्था गर्ने र एक गोठ रु पाँच लाख पशु बीमाको व्यवस्था गर्ने नीति बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाँके क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का नेता युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराज उम्मेदवार बनेका छन् । यसअघि २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका गहतराजले वन्यजन्तु समस्या समाधानका लागि आफूले विगतमा पनि पहल गरेको र अब पनि यो मुद्दालाई प्राथमिकतामा राखेको बताए । रासस


प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १२:४१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP