नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • लुम्बिनी र मधेस प्रदेशका डीआईजी अनियमिततामा तानिए, छानबिन हुँदै
लुम्बिनी र मधेस प्रदेशका डीआईजी अनियमिततामा तानिए, छानबिन हुँदै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २७, २०७९ बागेश्वरी पोस्ट
लुम्बिनी र मधेस प्रदेशका डीआईजी अनियमिततामा तानिए, छानबिन हुँदै

नेपालगन्ज । नेपाल प्रहरीका लुम्बिनी प्रदेशका डीआईजी नलप्रसाद उपाध्याय र मधेस प्रदेशका डीआईजी मसाउद आलम खाँका विरुद्ध गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ । आर्थिक चलखेल गरेको र भन्सार कार्यालयहरुसँग मिलेर राजश्व छली गरेका सामानहरु ल्याउन सहयोग गरेको आरोपसहित दुवैविरुद्ध उजुरी परेको हो । 

सो उजुरीमा प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने जनाएको छ । विगतमा पनि विवादास्पद छवि भएका दुई डीआईजीहरु एआईजी बढुवाका लागि भन्दै आर्थिक चलखेलमा लागेको र उनीहरुले मातहत निकायका जुनियर अधिकृतहरुसँग पनि आर्थिक लाभ लिने गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको स्रोतले जनाएको छ । 

उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले लुम्बिनी र मधेस प्रदेशका डीआईजीविरुद्ध छानबिन थालेको हो । लुम्बिनी प्रदेशका डीआईजी  उपाध्याय र मधेसका डीआईजी  खाँका विरुद्ध उजुरी परेपछि उनीहरुको विषयमा छानबिन थालिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए ।  

‘दुई डीआईजी महानिरीक्षकको सचिवालय र गृह मन्त्रालयमा उजुरी परेको छ । मन्त्रालयले सत्य के हो भनेर प्रहरी प्रधान कार्यालयलाई लेखी पठाउन भनेको छ । ती उजुरीलाई लिएर प्रहरी प्रधान कार्यालयले सूक्ष्म अनुसन्धान गरिरहेको छ’, महानिरीक्षक सचिवालयमा रहेका एक प्रहरी अधिकारीले भने । 

डीआईजी उपाध्यायले लुम्बिनी प्रदेशका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई बोलाएरै आर्थिक सहयोग गर्न आग्रह गरेको र नगरेमा कार्यालय प्रमुखका रुपमा दिइने नम्बर घटाउने चेतावनी दिएको स्रोतको दाबी छ ।  

त्यस्तै अर्का डीआईजी खाँले भन्सार प्रशासन र  प्रहरीसँग मिलेर आर्थिक लाभ लिने गरेको उजुरी परेको छ । उनीहरु दुवैलाई प्रहरी प्रधान कार्यालयले एक पटक चेतावनी दिए पनि नरोकिएपछि छानबिन शुरु गरेको हो । 

यस्तै सीमानाकाबाट मिलेमतोमा तस्करी गराएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेललाई मुख्यालय झिकाएर छानबिन थालेको छ । 

कार्य क्षमतमा निकै कमजोर मानिएका एसपी कँडेल यसअघि लागुऔषध मुद्दामा दुई भारतीयलाई फसाएको घटनामा विभागीय कारबाहीमा परिसकेका छन् । 

तर, गम्भीर घटना भए पनि त्यतिबेला राजनीतिक संरक्षणमा सामान्य कारबाही मात्र भोगेका एसपी कँडेलमाथि यतिबेला विस्तृत छानबिन गरी जिल्ला इन्चार्जबाट हटाइएको हो ।  

दुई साताअघि उनले पैसा असुलेको आरोपमा दुईजना सादा पोशाकमा कार्यरत प्रहरीलाई पक्राउ गरेका थिए । पछि लुम्बिनी प्रदेशका डीआईजी उपाध्यायको आदेश भन्दै उनीहरूलाई कारबाही नै नगरी छाडेका थिए । 

सादा पोशाकमा प्रहरी खटाएर मिलेमतोमा एसपीले नै तस्करी गराउँदै आएको आधार भेटिएपछि उनीमाथि विस्तृत छानबिन अघि बढेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

तीन साताअघि इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खटाएको टोलीबाट पक्राउ परेका थिए । बरामद गरेको सुन आफैँले लुकाएको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले गोप्य रूपमा टोली खटाएर सुन र नगद बरामद गरेको हो । 

उनलाई निलम्बन गरी थप छानबिनका लागि एक समिति बनेको थियो ।  एसएसपी चन्द्रकुवेर खापुङको नेतृत्वमा उनीमाथि छानबिन भइरहेको छ ।  यता सर्लाहीस्थित इलाका प्रहरी कार्यालय केशेरगन्ज सर्लाहीका निरीक्षक रोशन थापा कारबाहीमा परेका छन्  । 

लागुऔषध मुद्दामा आर्थिक चलखेल गरेर वास्तविक अभियुक्तलाई जोगाउने प्रयास गरेको खुलेपछि उनीमाथि तीन ग्रेड घटुवाको कारबाही भएको छ  । साथै इप्रकाबाटसमेत हटाइएको छ । 

उनीमाथि थप छानबिन भैरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ‘थापाले लागूऔषध तस्करलाई छाडेको पुष्टि भएपछि उनीमाथि कारबाही अघि बढाइएको हो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।  हाम्राकुराबाट


प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP