Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, भदौ २३, २०८३ बागेश्वरी पोस्ट
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय

धनगढी । भारतसँग करिब १०१ किलोमिटर लामो सीमा जोडिएको कैलालीमा सीमा सुरक्षा आफैंमा चुनौतीपूर्ण जिम्मेवारी हो । खुला सीमाका कारण हुने अवैध ओसारपसार, लागुऔषध कारोबार, मानव बेचबिखन तथा अन्य सीमा अपराध नियन्त्रण सुरक्षा निकायका लागि निरन्तरको चुनौती बन्दै आएको छ । यही चुनौतीबीच सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीले पछिल्लो समय सीमा सुरक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रयास गरिरहेको छ ।

गणको नेतृत्व एसपी खुम केसीले सम्हालेको सात महिना भएको छ । यो अवधिमा सीमा अपराध नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीले नियमित सीमा गस्ती, चोक–चोकमै निगरानी, चेकजाँच तथा स्थानीयस्तरमा समन्वयलाई अघि बढाएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा कडाइ गर्दै सुरक्षा उपस्थितिलाई थप प्रभावकारी बनाइएको छ ।

एसपी केसीको नेतृत्वमा सीमा क्षेत्रमा हुने अवैध तस्करीविरुद्ध पनि सशस्त्र प्रहरी खरो रूपमा प्रस्तुत हुँदै लागुऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका प्रयास गर्दै आएको छ । सीमावर्ती क्षेत्रबाट हुने अवैध गतिविधिमाथि निगरानी बढाउनुका साथै शंकास्पद गतिविधिको सूचना संकलन र आवश्यक कारबाहीलाई प्राथमिकता दिइएको छ । केसीको जिल्ला कमान्डमा यस अवधिमा लाखौँ रुपैयाँ बराबरका अवैध सामान समेत बरामद भइसकेका छन् ।

सीमा सुरक्षा केवल सुरक्षा निकायको उपस्थितिले मात्र प्रभावकारी नहुने भएकाले गणले नागरिकसँगको सम्बन्ध र सहकार्यलाई पनि महत्त्व दिएको छ । सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकलाई सीमा अपराध, मानव बेचबिखन तथा अवैध गतिविधिबाट जोगिन सचेत गराउने उद्देश्यले विभिन्न सीमा सचेतना कार्यक्रम सञ्चालन गरिएका छन् ।

खुला सीमाको अर्को संवेदनशील पक्ष मानव बेचबिखन तथा ओसारपसार हो । रोजगारी तथा अन्य प्रलोभनमा पारेर सीमा हुँदै मानिस ओसारपसार हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले निगरानी र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको छ । स्थानीय समुदायसँगको समन्वयलाई यस अभियानको महत्वपूर्ण आधार बनाइएको छ ।

सीमा सुरक्षासँगै विपद्का समयमा नागरिकको उद्धारमा पनि नं. ३४ गणको सक्रियता देखिएको छ । विशेषगरी वर्षायाममा आएको बाढी, डुबान लगायतका घटनामा सशस्त्र प्रहरी परिचालन भई जोखिममा परेका नागरिकलाई उद्धार गरिएको छ । विपद्को समयमा तत्काल उद्धार तथा राहतका लागि जनशक्ति परिचालन गर्ने तयारीलाई समेत गणले प्राथमिकतामा राखेको छ ।

एसपी केसीको नेतृत्वमा कैलालीमा देखिएको सक्रियता उनको सुरक्षा कमान्डको निरन्तरताका रूपमा पनि हेरिएको छ । यसअघि बारास्थित सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गणको कमान्डर रहँदा केसीले गणलाई देशकै उत्कृष्ट गण बनाउन सफल भएका थिए । उत्कृष्ट गण बनाउन सफल गणपतिका रूपमा तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट पुरस्कृत समेत भएका केसीलाई त्यसपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण कैलालीको कमान्ड सम्हाल्ने जिम्मेवारी दिइएको थियो ।

कैलालीको जिम्मेवारी सम्हालेपछि पनि केसीले सीमा सुरक्षा र अपराध नियन्त्रणलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् । सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण, लागुऔषध कारोबारमाथिको निगरानी, मानव बेचबिखनविरुद्धको अभियान तथा स्थानीय नागरिकमा सीमा सुरक्षासम्बन्धी सचेतना अभिवृद्धिलाई समानान्तर रूपमा अघि बढाइएको छ ।
 


प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १२:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
ब्राउन सुगरसहित तीन जना पक्राउ
ब्राउन सुगरसहित तीन जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP