Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • हत्या अभियोग लागेका सांसद कोइरीलाई पक्राउ गर्न ७७ वटै 'जिप्रका'मा सर्कुलर जारी
हत्या अभियोग लागेका सांसद कोइरीलाई पक्राउ गर्न ७७ वटै 'जिप्रका'मा सर्कुलर जारी
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ ८, २०७९ बागेश्वरी पोस्ट
हत्या अभियोग लागेका सांसद कोइरीलाई पक्राउ गर्न ७७ वटै 'जिप्रका'मा सर्कुलर जारी

नेपालगन्ज । हत्या अभियोगमा मुछिएका एक जना प्रतिनिधिसभा सदस्यलाई पक्राउ गर्म देशभरका प्रहरी कार्यालयमा सर्कुलर जारी भएको छ । महोत्तरी–१ नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न चौतर्फी दबाब बढेपछि प्रहरी प्रधान कार्यालयले देशभरका जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर जारी गरेको हो ।

हत्या अभियोगमा मुछिएका प्रतिनिधिसभा सदस्य महतोलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिएका छन् ।

मधेस आन्दोलनका क्रममा असई थमन विकको हत्यामा संलग्न रहेको आरोप सांसद कोइरीमाथि छ । २०७२ भदौ २५ गते विकको हत्या भएको थियो।महोत्तरीको जलेश्वरमा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उनी विक हत्याको योजनाकार रहेको आरोप छ । 

उच्च अदालत जनकपुरले महतोलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा राख्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई आदेश दिएको थियो ।

जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा महतोलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उच्च अदालत जनकपुरले त्यो आदेश उल्ट्याउँदै २०७७ मंसिर १९ मा महतोलाई थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो ।

गृह मन्त्रालयबाट लिखित र मौखिक निर्देशन आएको प्रवक्ता  राईले बताए । सांसद कोइरीलाई नियन्त्रणमा लिन प्रहरी लागिराखेको बताउँदै राईले उनी छिट्टै समातिने प्रवक्ता राईले  बताए ।

गृहमन्त्रीले दिएको निर्देशनका बाबजुद कोइरी पक्राउ नभएर चौतर्फी आलोचना हुन थालेपछि ६ माघमा गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै असन्तुष्टि जनाएको थियो । प्रहरीको निगरानी बढेपछि सांसद कोइरी भारततिर लागेको आशंका गरिएको छ ।

 


प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP