नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • 'अमृता प्रितमका छानिएका कविता'माथि नेपालगञ्जमा विमर्श
'अमृता प्रितमका छानिएका कविता'माथि नेपालगञ्जमा विमर्श
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ २८, २०७९ बागेश्वरी पोस्ट
'अमृता प्रितमका छानिएका कविता'माथि नेपालगञ्जमा विमर्श

नेपालगञ्ज । नेपालगञ्जमा रिमा केसीद्वारा अनुवादित कृति ‘अमृता प्रितमका छानिएका कविता’माथि विमर्श गरिएको छ । मध्यपश्चिम स्रष्टा समाजको आयोजनामा महेन्द्र पुस्कालयमा भएको ‘विमर्श–विन्दु’ कार्यक्रममा भारतीय चर्चित कवि अमृता प्रितमका उत्कृष्ट कविताको नेपाली भाषामा भएको अनुवादबारे गम्भीर विमर्श भएको हो । 

कार्यक्रममा कवि डा. निरज भट्टराई, साहित्यका शिक्षक लेकप्रसाद प्याकुरेल, साहित्यिक अध्येता डम्मर विसी र शिक्षक छत्रपति सिंहले अनुवाद कृति पढिसकेपछिको अनूभूति साटेका थिए । त्यसक्रममा उनीहरुले अनुवादित कृतिमाथि मिश्रित प्रतिक्रिया दिएका थिए । कार्यक्रममा बोल्दै कवि डा. भट्टराईले अमृता प्रितम जस्तो सिद्धहस्त कविका कविता अनुवाद गर्न चुनौतिपूर्ण काम रहेको बताउँदै रिमाले तारिफयोग्य काम गरेको बताए । केसीले आफ्नो अनुवादको पहिलो प्रयासस्वरुप कृति प्रकाशित गरेको बताएकी थिइन् । उनले प्रितमका कविता आफूलाई मन पर्ने भएर र सबै नेपाली पाठकमाझ उनका कविता पुग्नुपर्छ भन्ने लागेर अनुवाद गरेको बताइन् ।

साहित्यिक अध्येता विसीले अमृता प्रितमका कविताको असली स्वाद अनुवादमा आउन नसकेको भन्दै खरो प्रतिक्रिया जनाएका थिए । साहित्यका शिक्षक प्याकुरेलले कविताको अनुवाद जस्तो जटिल काम गर्ने आँट गरेकोमा केसीको तारिफ गर्दै पुस्तकका गुण र दोषमा टिप्पणी गरेका थिए । शिक्षक सिंहले आफूले अमृता प्रितमलाई अनुवाद कृति आइसकेपछि मात्रै पढेको भन्दै खुसी व्यक्त गरे । मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष शुक्रऋषि चौलागाईको अध्यक्षतामा सञ्चालित कार्यक्रममा साहित्यकार सनत रेग्मी, शशिराम कार्की, खगेन्द्र गिरी कोपिला, भोजराज शर्मा नादिर, पंकज श्रेष्ठ लगायतले पनि बोलेका थिए । ‘अमृता प्रितमका छानिएका कविता’ पुस्तकलाई इंडिगो इंकले बजारमा ल्याएको हो । 


 
 

   


प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, विहान र्‍याली निकालियो
नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, विहान र्‍याली निकालियो
बागेश्वरी मन्दिरमा विशाल भण्डारा 
बागेश्वरी मन्दिरमा विशाल भण्डारा 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP