prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • भन्सार नाका बन्द हुँदा निर्यात र आयातमा समस्यैै समस्या
भन्सार नाका बन्द हुँदा निर्यात र आयातमा समस्यैै समस्या
banijya office
बागेश्वरी पोस्ट
सोमबार, माघ ६, २०७६ बागेश्वरी पोस्ट
भन्सार नाका बन्द हुँदा निर्यात र आयातमा समस्यैै समस्या
फाइल फोटो

विराटनगर । गत पुस २५ गतेबाट पुल मर्मत गर्ने भन्दै भारतले जोगवनी नाका बन्द गरेपछि आयात मात्रै नभई निर्यातमा पनि समस्या भएको छ । नेपाली उद्योगले उत्पादन गरेका वस्तु भारतसहित तेस्रो मुलुकमा निकासी गर्न नपाएको उद्योगी बताउँछन् ।

nepalgunj 081-082

आयातमा त धेरै झण्झट खेप्नु परेको छ, भारतबाट सामान ल्याउन पाएको छैन, विराटनगरका उद्योगी अमित शारडाले भने, पहिलेको कच्चा पदार्थबाट उत्पादीत सामान पनि बिक्री गर्न नपाइ गोदाम गरेर राख्नु परेको छ । जुटबाट उत्पादित सामान सहित तेललगायतका तयारी वस्तु विराटनगर भन्सार हुँदै जोगवनी नाकाबाट भारत निर्यात हुन्छ। मोरङ-सुनसरी औद्योगीक क्षेत्रमा खुलेका उद्योगको उत्पादन नेपालसहित भारतीय बजारमा पुग्छ । त्यसमा पनि जुटबाट उत्पादन गरेका सबै वस्तु भारत निकासी गर्दै आएको व्यवसायी बताउँछन् ।

पुल मर्मत पूर्व ल्याएका कच्चा पदार्थबाट उत्पादन भएर भारत निकासी गर्ने अधिकांश वस्तु गोदाम गरेको र पुल सञ्चालन भएपछि निर्यात गर्ने तयारीमा रहेको विपिन काबरा बताउँछन् । 'हाम्रो तेल उद्योगमा त धेरै समस्या थपिएको छ, भारतको नीतिले पाम तेल त रोक्यो नै अन्य सामान पनि निकासी गर्न पाएका छैनौँ, उद्योगी काबाराले भने, पुलको विकल्प नेपाल सरकारले नखोज्दा र भारतले अन्य स्थानबाट निकासीमा अनुमति नदिँदा उत्पादित सामान बेच्च पाइएन ।' भारतले पुल मर्मत सुरु गरेर आयात निर्यातमा जोगवनीको बाटो बन्द गरे पनि अन्य नाकाबाट रि_रुट नदिँदा आयात निर्यात दुबै प्रभावित बनेको हो । भारत बाहेक तेस्रो मुलुकबाट आयातित सामानलाई मात्रै अन्य नाकाका लागि अनुमति दिए पनि निर्यातमा अर्को नाका हुँदै मीरगञ्ज पुल पारीको क्षेत्रमा पुग्न भारतको अनुमती छैन ।

रेल रिर्जभ गरेर नेपाली निकासी

मीरगञ्ज पुल बन्द भएपछि विराटनगरमा जुटबाट उत्पादित तयारी वस्तु पहिलोपटक रेलनै रिर्जभ गरेर निकासी गरिएको छ । पुल बन्द हुँदा सडक मार्गबाट ढुवानी ठप्प भएपछि रेलमार्गबाट जुटको तयारी वस्तु भारतको अहमदावाद निकासी गरिएको हो । गोल्छा अर्गनाइजेसनको अरिहन्त मल्टिफाइबर र रघुपति जुटमिल प्रालिले उत्पादन गरेका ८ सय मेट्रिक ६ टन जुटका तयारी सामग्री भारतीय रेल रिर्जव गरेर भारत पठाएको छ । भारतको जोगबनी नाकाबाट गोल्छा कम्पनीले ४२ वटा डब्बा रिर्जभ गरेर जुटका सामग्री भारत पठाएको हो।

नेपालमा बन्दरगाहा नहुँदा रेलबाट सामग्री आया-निर्यात गर्दा पटक पटक लोड अनलोड गर्नुपर्ने भएकाले खर्चिलो हुन्छ । उत्पादन भएका जुटका सामग्री गोदाममा राखिरहन कठिनाइ भएको र ुपार्टीु लाई डेलिभरी दिन ढिलाइ भएपछि रेल रिर्जभ गरेर भएपनि जुट सामग्री भारत पठाइएको जुट उद्योगका सञ्चालक राजकुमार गोल्छाले बताए । गोल्छाका अनुसार सडक मार्गबाट सामान निकासी गर्न सम्भव नभएको र राखिरहँदा ग्राहक भड्कने भएकाले रेलवेबाट निकासी गरिएको हो । भारतले वीरगञ्जपछि भैरहवा र विराटनगर नाकाबाट पारवहनमा रेल मार्ग प्रयोग गर्ने सुविधा दिए पनि आवश्यक पूर्वाधारको निर्माण नभएको र रेलवेलाई पुग्ने सामग्री नहुँदा व्यवसायीले रेलवेको सुविधा प्रयोग गरेका थिएनन् ।

पहिले ट्रकबाटै जान्थ्यो, रेलबाट लैजान सामान पुग्दैन, थोरै लैजान रिर्जव गर्नपर्छ, त्यसैले २४ डिब्बा रिर्जव गरेर पठाएँ,गोल्छा भन्छन् । यसअघि रेलको छोटी लाइन (मिटरगेज) चल्दा विराटनगर भन्सारबाट बंगलादेशको राधिकापुरसम्म मसुरो दाल र पिना निकासी हुन थालेको थियो । डेढ दशकअघि यहाँका व्यापारीले बंगलादेश दाल र पिना पठाउन थाले पनि रेलवे लाइन विस्तार गरी ब्रोडगेज बनाएपछि रेलबाट बंगलादेश सामान निकासी हुन बन्द भएको थियो । अहिले पूर्वाधार विकास गरी सबै निर्यात हुने नेपाली वस्तु भारत रेलबाट पनि लैजान सकिने संभावना रहेको गोल्छा बताउँछन् ।

भारतले २२ जनवरी अर्थात माघ ८ गते सम्ममा मात्रै मीरगन्ज पुलको मर्मत सक्ने र त्यसपछि पूर्ण क्षमतामा पुल सञ्चालन गराउने जानकारी गराएको छ। मीरगन्ज पुल मर्मतले गर्दा मालवाहक सवारीको आवागमन बन्द भएपछि विराटनगर भन्सार कार्यालयको दैनिक १५ करोड राजश्व असुली प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ।अन्नपूर्णपोस्टबाट साभार।


प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १५:५७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP