नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • एम्बुसबाट बाँचेर आईजीपी बनेका भाग्यमानी कुँवर
एम्बुसबाट बाँचेर आईजीपी बनेका भाग्यमानी कुँवर
banijya office RSG-2
यस्तो छ उनको प्रहरी सेवा
बागेश्वरी पोस्ट
शनिबार, चैत ११, २०७९ बागेश्वरी पोस्ट
एम्बुसबाट बाँचेर आईजीपी बनेका भाग्यमानी कुँवर

नेपालगन्ज । प्रहरी  महानिरीक्षक (आईजीपी ) बन्न सफल बनेका बसन्तबहादुर कुँवर एक  महाभाग्यमानी व्यक्ति हुन्  । सरकारले  कुँवरसँगै एआईजी भएका मध्ये जोसुकैलाई पनि आईजीपी नियुक्त गर्न सक्थ्यो । तर, भाग्य उसैको चम्कियो जो महाभाग्यमानी छ । अर्थात  कुँवर भाग्यमानी सावित भए । सरकारले उनलाई ३०औं आईजीपी नियुक्त गर्यो ।

यस्तो छ नवनियुक्त आईजीपी कुँवरको प्रहरी सेवा-

नवनियुक्त आईजीपी कुँवर २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । 

व्यवसायिक, निष्ठावान र साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए । 

२०७१ फागुन १० गते प्रहरी उपरीक्षक र २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक भएका थिए। भर्ना हुँदा अघिल्लो वरियतामा रहेका कुँवर डीएसपी, एसपी र एसएसपीमा बढुवा हुँदा भने पछि परेका थिए । 

तर, २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा पहिलो नम्बरमा बढुवा भएसँगै कुँवरलाई भावी आईजीपीका रुपमा हेरिएको थियो । २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक ( एआईजी ) पदमा पदोन्नति हुँदा पनि कुँवर पहिलो वरीयतामै बढुवा भए । 

नवनियुक्त आईजीपी कुँवरले त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर (एमबीए)  गरेका छन् । 

आईजीपी कुँवर अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कन २०७३ मा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुख हुन सफल भएका थिए ।

त्यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहँदा पुलिस व्याटन २०७३ प्राप्त गरेका थिए ।

उनी प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदक, दुर्गम सेवा पदक लगायतका विभूषणबाट विभूषित भएका छन् । 

यसैगरी उनले उत्कृष्ट ढंगले जिम्मेवारी वहन गरेको भन्दै १७ पटक नगद पुरस्कार प्राप्त गरेका छन् । 

उनले प्रहरी निरीक्षक आधारभूत तालिमसँगै मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, जमीनमुनिको विष्फोटक पदार्थ र अन्य विष्फोटन सामाग्रीको सामान्य जानकारी, कोर्ष अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्टको तालिम गरेका छन् । 

स्थानीय संस्थाहरूको लागि क्षमता निर्माण, अपराधिक अनुसन्धान विधि तालिम, ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभी एड्स, प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम, महिला तथा बालबालिकासम्बन्धि अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम, करप्सन एण्ड फाईनान्सियल ईन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सिआईएए नेपाल, अपराध व्यवस्थापन कोर्ष, द्वन्द्व व्यवस्थापन तालिम र रेजनल सिनियर मिसन लिडर्स कोर्स लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन् । 

आईजीपी कुँवरले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी र डोटीमा खटिएका थिए । 

प्रहरी नायव उपरिक्षकमा मनाङ, गोरखा, धादिङको जिल्ला प्रहरी प्रमुखका रुपमा काम गरेका थिए भने प्रहरी उपरीक्षक भएपछि चितवन र नुवाकोट जिल्लाको कमाण्ड गरेका थिए । 

प्रहरी वरिष्ठ उपरीक्षक भएपछि केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा काम गरेको अनुभव छ ।

प्रहरी नायव महानिरीक्षकमा मधेश प्रदेश प्रहरी प्रमुख र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा काम गरेका थिए । संयुक्त राष्ट्र संघीय मिसन सुडान र लाइबेरियामा काम गरेको अनुभव छ । 

उनी अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ मा २०२६ चैत १५ गते जन्मिएका थिए । २०५६ मा ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रमुख हुँदा तुलसीपुरदेखि पश्चिम धनौरीमा माओवादीको एम्बुसबाट उनी बच्न सफल भएका थिए । उनी केही सेकेन्डको फरकले एम्बुसबाट बाँच्न सफल भएपनि त्यति बेला उनका गार्ड मनोज हमालको एम्बुसमा परी निधन भएको थियो । आशा गरौं-आईजीपी कुँवरको कार्यकाल सफल बनोस् ।


प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०७:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके प्रहरी: ४७ फरार प्रतिवादी पक्राउ, १६६ ग्राम बढी ब्राउन सुगर बरामद
बाँके प्रहरी: ४७ फरार प्रतिवादी पक्राउ, १६६ ग्राम बढी ब्राउन सुगर बरामद
सशस्त्रका एसपी खनालको नेतृत्वमा आक्रामक कारबाही, बाँकेमा ऐतिहासिक परिमाणमा अवैध सामान बरामद
सशस्त्रका एसपी खनालको नेतृत्वमा आक्रामक कारबाही, बाँकेमा ऐतिहासिक परिमाणमा अवैध सामान बरामद
बाँके ट्राफिक प्रहरीको कारबाही: साढे ३३ लाख राजस्व संकलन, दुर्घटनामा ११ जनाको मृत्यु
बाँके ट्राफिक प्रहरीको कारबाही: साढे ३३ लाख राजस्व संकलन, दुर्घटनामा ११ जनाको मृत्यु
सशस्त्र प्रहरीका तीन एआईजीको जिम्मेवारी हेरफेर ( कसको कहाँ )
सशस्त्र प्रहरीका तीन एआईजीको जिम्मेवारी हेरफेर ( कसको कहाँ )
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP