नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • नेपाल–भारत साहित्य संगोष्ठी सम्पन्न
नेपाल–भारत साहित्य संगोष्ठी सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत १९, २०७९ बागेश्वरी पोस्ट
नेपाल–भारत साहित्य संगोष्ठी सम्पन्न

नेपालगञ्ज । नेपालगञ्जमा आयोजित नेपाल–भारत साहित्य संगोष्ठी सम्पन्न भएको छ । महेन्द्र पुस्तकालयको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित संगोष्ठीमा नेपाल र भारतका साहित्यकारहरुबीच दुई देशका साझा साँस्कृतिक सम्बन्धका विषयमा छलफल एवं साहित्य पाठ भएको छ । शनिबार सुरु भई आइतबार सम्पन्न संगोष्ठीमा नेपाल र भारतका साझा भाषा, संस्कृति, अवधि भाषा, साहित्य अनुवादका विषयमा साहित्यकार एवं विद्वानहरु सनत रेग्मी, आराध्य शुक्ला, द्वारिकानाथ पाण्डे, गोपाल अश्क, डा. रामबहादुर मिश्र र हंसावती कुर्मीले छुट्टाछुट्टै गोष्ठीपत्र प्रस्तुत गरेका थिए । उनीहरुले नेपाल भारतका भाषा, संस्कृतिमा समानता रहेको बताउँदै त्यसको प्रवद्र्धन साहित्यमार्फत पनि हुने भएकोले पुस्तक र लेख रचनाहरु अनुवाद हुनु आवश्यक रहेको बताएका थिए ।  

साथै कार्यक्रममा नेपाल र भारतका गरी करिब तीन दर्जन स्रष्टाहरुले कविता, कथा, गीत, गजल लगायतका रचना वाचन पनि गरेका थिए । भाषा आयोगका सदस्य डा. अमर गिरिले उद्घाटन गरेको कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अश्क, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य हंसावती कुर्मी, प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्कीको सहभागिता रहेको थियो । यसैगरी भारतबाट साहित्यकारहरु रजनीकांन्त वशिष्ठ, डा. रामबहादुर मिश्र, मनिषा खटाटेसहित १७ जनाको सहभागिता थियो । कार्यक्रममा २० जना साहित्यकारहरुलाई सम्मान पनि गरिएको छ । सम्मानित हुनेहरुमा भाषा आयोगका सदस्य डा. गिरि, साहित्यकार अश्क, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य कुर्मी, भारतीय साहित्यकारहरु रजनीकांन्त वशिष्ठ, डा. रामबहादुर मिश्र, आराध्या शुक्ला, नुतन वशिष्ठ, पुनिता अवस्थी, अनुपमा शरद, अनमोल मिश्र, जय सिंह, ममता शुक्ला रहेका छन् । यसैगरी अमिता पाण्डे, नवनित मिश्रा, स्नेहलता, प्रतिप सारंग, राजेन्द्र वर्मा, अलङ्कार रस्तोगी, द्वारिकानाथ पाण्डे र मनिषा खटाटेलाई पनि सम्मान पत्रसहित सम्मान गरिएको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. गिरिले नेपाल र भारतका साहित्यकारहरुको संगाष्ठीले नेपाल भारतका साझा भाषा र संस्कृतिको प्रवद्र्धन र विकासमा भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै भारतीय साहित्यकारहरुले नेपाल भारतको नागरिक–नागरिकबीचको सम्बन्धलाई साहित्य र साँस्कृतिक गतिविधिले झन् प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । संगोष्ठी सकेर सोमबार भारतीय साहित्यकारहरुलाई बाँके बर्दियाका पर्यटकीय स्थल दर्शन गराएर विदा गरिने पुस्तकालयका अध्यक्ष बलराम यादवले जानकारी दिए । करिब दुई दशक बन्द रहेको पुस्तकालयमा केही महिनाअघि निर्वाचित नयाँ कार्यसमितिले पुस्तकालयलाई पुनः व्यवस्थित गर्नुका साथै साहित्यिक र प्राज्ञिक क्रियाकलपापहरु सुरु गरेको अध्यक्ष यादवले बताएका छन् । 

  
 


प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, विहान र्‍याली निकालियो
नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, विहान र्‍याली निकालियो
बागेश्वरी मन्दिरमा विशाल भण्डारा 
बागेश्वरी मन्दिरमा विशाल भण्डारा 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP