Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • राष्ट्रिय अनुसन्धान विभाग सबैभन्दा कमजोर
राष्ट्रिय अनुसन्धान विभाग सबैभन्दा कमजोर
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत २९, २०७९ बागेश्वरी पोस्ट
राष्ट्रिय अनुसन्धान विभाग सबैभन्दा कमजोर

नेपालगन्ज । प्रधानमन्त्री कार्यालय मातहतमा रहेको राष्ट्रिय अनुसन्धान विभाग इतिहासमै सबैभन्दा कमजोर भएको छ । गोप्य सूचना र सुराकी गर्ने तथा सुरक्षा योजना बनाउन सहयोग पुर्याउने निकाय नै इतिहासमै कमजोर भएको हो।  

प्रधानमन्त्रीले राम्रोसँग परिचालन गर्न नसक्दा र भएको जनशक्तिले राम्रोसँग काम गर्न नसक्दा कमजोर भएको हो । 'मुलुककै भरपर्दो र विश्वासिलो खुफिया एजेन्सी सूचनामा अहिलेजस्तो पहिला कहिल्यै कमजोर भएको थिएन । भारतीय सुरक्षा अधिकारीहरु नेपाल आउने, अमृतपाल खोजीका लागि खुफिया एजेन्सीले अर्को खुफिया एजेन्सीसँग समन्वय नगर्ने जस्ता विषय निकै संवेदनशील कुरा हुन् । यस्ता विषयले विभागको सूचना संयन्त्रप्रति अविश्वास पैदा हुनु हो’, विभागका एक अनुसन्धान निर्देशकले भने । 

उनका अनुसार पछिल्लो समय राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु जिल्ला प्रशासन कार्यालयमा घाम ताप्ने र बस्ने मात्रै काम भएको छ । प्रदेशमा गएका अधिकारीहरुले पनि तस्करी र सीमा हुने गरेका गतिविधिका बारेमा सरकारलाई कुनै पनि प्रकारको गहिरो सूचना दिन सकेका छैनन् ।

भारतीय विखण्डनकारी खालिस्थान अभियानकर्ता अमृतपाल सिंह नेपालमा रहे नरहेको भन्ने बारेमा सरकारले दुई सातादेखि मागेको विवरण र सूचनालाई समेत विभागले दिन सकेको छैन ।

'प्रधानमन्त्री कार्यालयमा यो विषयमा निकै छलफल भयो, गृहमन्त्रालयमा पनि छलफल भयो तर कुनै विवरण र प्रतिवेदन प्राप्त भएको छैन’, स्रोतले भन्यो । 

अहिले विभागको प्रमुखमा हुतराज थापा रहेका छन् । उनी गत भदौमा हालका प्रधानमन्त्री त्यतिबेला प्रमुख सत्ता साझेदार पुष्पकमल दाहाल प्रचण्डै जोडबलमा बढुवा भएका थिए । 

गत भदौ २७ गतेबाट अनुसन्धान निर्देशक (डीआईजी) खाली भए पनि अहिलेसम्म पूरा हुन सकेको छैन । नेपाल प्रहरीमा भने ११ महिनाकोबीचमा दुई आइईजीपी नै नियुक्त भए पनि अनुसन्धान विभागमा भने नौ महिनादेखि खाली रहेको डीआईजी पनि नियुक्त हुन सकेको छैन । 

राम्रो सूचना नै नआउने भएपछि प्रधानमन्त्री मातहत निकायलाई स्वयं प्रधानमन्त्रीले उपेक्षा गरेका हुन् कि भन्ने आशंका रहेको छ । यतिबेला अमूक व्यक्तिको प्रभावमा परी त्यसका प्रमुख हुतराज थापा समेतले विभागलाई गति दिन नसकेको र विभागलाई निकम्मा बनाइरहेको स्रोतको दाबी छ । विभागको सूचना संयन्त्रमा व्यापक असर परेको त्यहाँका कर्मचारीहरुले बताउने गरेका छन् । 

प्रधानमन्त्री मातहतको निकायमा समेत यस्तो बेतिथि रहेको अवस्थामा अरु कर्मचारीले प्रधानमन्त्रीबाट कस्तो आश गर्ने भनी प्रश्न चिन्हसमेत उठेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधि कायम रहेता पनि राष्ट्रिय अनुसन्धान विभागमा ३० वर्षे सेवा अवधि हटाइएको छ । 

राष्ट्रिय अनुसन्धानको सूचना संकलनमा रहेका माधव तिमल्सेना जुन निकायको मुटु हो त्यहाँ कार्यरत तिमल्सेना ३० वर्षे सेवा हटेपछि फाइदाको जागिर खाइरहेका छन् । उनले विभागीय प्रमुखलाई पनि गुमराह राखेको भन्दै कर्मचारीहरुले गुनासो गरे पनि विभागका प्रमुख थापा चुपचाप प्रधानमन्त्री कार्यालय धाउने गरेको स्रोतको दाबी छ । 

केही समयअघि भारतीय नागरिकले नेपाल आएर गोली प्रहार गरेको घटनामा पनि विभागका सूचनादाताहरु बेखबरजस्तै बनेका थिए । सरकारले विभागको सूचनालाई भन्दा पनि नेपाल प्रहरीको विशेष व्यूरो, सशस्त्र प्रहरीको इन्टेलिनजेन्स व्यूरो र नेपाली सेनाको डीएमआईबाट आउने सूचनाको आधारमा आन्तरिक र बाह्य सुरक्षा योजना बनाउने गरेको छ ।  हाम्राकुराडटकमबाट

 
 


प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP