नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुर-अगैया सडक प्रदेश सरकारको उच्च प्राथमिकतामा छ:मन्त्री चौधरी
नरैनापुर-अगैया सडक प्रदेश सरकारको उच्च प्राथमिकतामा छ:मन्त्री चौधरी
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक ५, २०७६ बागेश्वरी पोस्ट
नरैनापुर-अगैया सडक प्रदेश सरकारको उच्च प्राथमिकतामा छ:मन्त्री चौधरी

बाँके ।नरैनापुर–अगैया सडक खण्ड प्रदेश सरकारको उच्च प्राथमिकताःमन्त्री चौधरी नरैनापुर(बाँके), कार्तिक ५ । प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले नरैनापुर–अगैया सडक खण्डलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिने बताउनुभएको छ ।

पहिलोपटक मंगलबार नरैनापुर गाउँपालिका पुग्नुभएका मन्त्री चौधरीले उक्त सडकखण्डको अवलोकन गर्दै प्रदेश सरकारले सडक विस्तार र स्तरोन्नतिका लागि प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले मन्त्री चौधरीलाई गाउँपालिकामा स्वागत गर्दै गाउँपालिकाको विकासका लागि ध्यानाकर्षण समेत गराउनुभएको थियो । त्यस क्षेत्रबाट निर्वाचित प्रदेश सांसद् कृष्णा केसी नमुनाले विकासका लागि सबै दल मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

मन्त्री चौधरी समक्ष गाउँपालिकाका अध्यक्ष शाहले केही अत्याबश्यक र महत्वपूर्ण योजनाहरु कार्यान्वयनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै मागपत्र प्रस्तुत गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । नरैनापुरदेखि अगैया जोड्ने सडक कालोपत्रे निर्माणमा शिघ्रता, वडा नम्बर २ मा रहेको सुन्दर मुन्दरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास, वडा नम्बर ३ को बर्फानी बाबा धामलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास, वडा नम्बर १ को सुईयामा नेपालको स्वागतद्वार निर्माण, वडा नम्बर ४ को नरैनापुर खोला र वडा नम्बर १ को सुईया खोलामा तटबन्ध निर्माण र वडा नम्बर ४ को खोदावाँ गाउँदेखि दौलतपुर हुँदै नरैनापुर–अगैया सडक जोड्ने चक्रपथ निर्माणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।

त्यसैगरी वडा नम्बर ६ को सुनवर्षादेखि कोहला हुँदै हुलाकी सडक जोड्ने पिसीसी सडक निर्माण, वडा नम्बर १ को कटकुइँयादेखि भुराहा नाका–गुर्दनगौरी हुँदै भौवा नाका जोड्ने सीमा सडक निर्माण, वडा नम्बर ५ को मटैयादेखि सुनवर्षा सडक निर्माण, दलितका लागि ५ सय परिवारलाई विपन्न आवास निर्माणमा सहयोग, वडा नम्बर १ देखि ६ सम्म सोलार विहिन परिवारका लागि ३ हजार थान घरेलु सोलार सहयोग, वडा नम्बर २ को आदर्श मावि लक्ष्मणपुरलाई कन्या माविका रुपमा विकास गर्न शिक्षक दरबन्दी तथा पूर्वाधार विकासमा सहयोग र वडा नम्बर ६ को जयकिसान माविलाई नमूना माविका साथै प्रविधिक शिक्षाको हबको रुपमा विकास गर्ने गाउँपालिकाको योजनालाई सघाउन मन्त्री चौधरी समक्ष अध्यक्ष शाहले आग्रह गर्नुभएको थियो ।

त्यस क्रममा मन्त्री चौधरी जिल्लाकै पिछडिएको नरैनापुर गाउँपालिकालाई प्रदेश सरकारले विशेष प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।


प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  २०:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
लुम्बिनीमा गरिबीको दर २४.३५ प्रतिशत, बाँकेमा नरैनापुरमा सबैभन्दा बढी गरिबी
लुम्बिनीमा गरिबीको दर २४.३५ प्रतिशत, बाँकेमा नरैनापुरमा सबैभन्दा बढी गरिबी
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP