prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मान्छेमाथी एक्स्काभेटर, बकेटले प्रहार गर्द एक महिल गम्भीर घाइते
मान्छेमाथी एक्स्काभेटर, बकेटले प्रहार गर्द एक महिल गम्भीर घाइते
banijya office
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक ६, २०७६ बागेश्वरी पोस्ट
मान्छेमाथी एक्स्काभेटर, बकेटले प्रहार गर्द एक महिल गम्भीर घाइते

बैतडी।दशरथ चन्द नगरपालिकाको चिलाउने टोलका बासिन्दा एक्स्काभेटरसहित सडक खन्न तम्सिएपछि अयरखालीका मानिस जम्मा भए । उनीहरूले सडक खन्ने काम रोक्न आग्रह गरे । उपभोक्ता समितिका व्यक्तिहरूले सुनेनन् । समितिको निर्देशनमा चालकले जबर्जस्ती एक्स्काभेटर अघि बढाए । त्यसपछि स्थानीयले प्रतिरोध गरे ।

nepalgunj 081-082

मेसिनले खन्दै गयो, स्थानीयले विरोध गर्दै गए । केहीबेरमा दुवै पक्षबीच ढुंगा हानाहान सुरु भयो । यही क्रममा चालकले एक्स्काभेटरको ‘बकेट’ ले गौरी जोशीलाई हिर्काए । गौरी बल्ड्याङ खाँदै तल झरिन् । त्यहीँ बेहोस भइन् । अरूले उनलाई उद्धार गरे । दशरथ चन्द नगरपालिकाको वडा नम्बर ९ ग्वालेकमा सुन्नाखान–चिलाउने–पार्सा सडक खन्ने क्रममा सोमबार गौरी घाइते भएकी हुन् । सडक चिलाउने टोलबाट अगाडि अयरखाली टोलमा काटिँदै थियो ।

अयरखालीका बासिन्दा त्यहाँबाट सडक लैजान नहुने अडानमा थिए । सडक जबर्जस्ती खन्न खोज्दा विरोधमा उत्रिएकी गौरीलाई एक्स्काभेटरले हिर्काएपछि दुवै पक्षबीच झडप भएको थियो । त्यस क्रममा सात जना घाइते भएको स्थानीयले बताए । गाउँलेले गौरीलाई बेहोस अवस्थामै जिल्ला अस्पतालमा पुर्‍याएका थिए । त्यहाँबाट धनगढी रेफर गरियो । धनगढीबाट पनि उनलाई कोहलपुर ल्याइएको छ । ‘धनगढीमा असजिलो हुने देखिएपछि कोहलपुर ल्याएका हौं,’ गौरीका पति जगदीशले   भने ।

उनले उपचार गर्ने पैसा नभएर आफू तनावमा रहेको समेत सुनाए । घटना भएका बेला उनी डडेलधुरामा थिए । जगदीशले चालकलाई ज्यान मार्ने प्रयास गरेको कसुरमा कारबाही गरिनुपर्ने बताए । गौरीबाहेक अरूको भने अवस्था सामान्य छ । उनीहरू जिल्ला अस्पतालमा उपचार गराएर घर फर्किसकेका छन् । गौरीको भने बाहिरी चोटपटक नदेखिए पनि भित्री चोटपटकले अशक्त पारेको चिकित्सकको भनाइ छ । सडकमा प्रयोग भएको एक्स्काभेटर भवानीदत्त जोशीका नाममा छ ।

उनी नेकपाका स्थानीय कार्यकर्ता हुन् । सोमबार एक्स्काभेटर किशोर बोहराले चलाएका थिए । स्थानीय केशव जोशीले सम्बन्धित निकायमा निवेदन दिए पनि समस्या सुल्झाउन बेलैमा पहल नगरिँदा घटना भएको बताए । ‘विवाद समाधान नगरी जबर्जस्ती काम गर्न खोज्दा घटना भयो,’ उनले भने । जसरी पनि सडक खन्ने र कुनै हालतमा नदिने अडान दुई पक्षबीच पहिल्यैदेखि विवाद थियो । अयरखालीका बासिन्दाले वडा कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि दिएका थिए । आफ्नो देवताको गुठीको जमिनमा सडक बनाउँदा क्षति हुने उनीहरूको जिकिर थियो ।

स्थानीय हंसराज जोशीले सडक खनेकै ठाउँबाट ५० मिटर तल ग्वालेक केदार मन्दिर रहेको छ । सडक निर्माण गर्न लागिएको ठाउँको जग्गा गुठीको रहेको उनले बताए । ‘हामी त्यहाँको जग्गामा खेती गरेर देउतालाई चढाउने गर्छौं,’ उनले भने, ‘हामीले सहमति गरौं भन्दा जबर्जस्ती गरियो ।’ उपभोक्ता समितिका अध्यक्ष केशवदत्त जोशीले सडक खन्न नदिने पक्षले डोजरमा एक्कासि ढुंगामुढा गरेकाले घटना भएको दाबी गरे । वडा, नगरपालिका र प्रशासनले पनि विवाद सुल्झाउन पहिल्यैबाट पहल गरेको जनाए । आफूले नगरपालिका कार्यालयमै दुवै पक्षलाई बसाली मिलेर काम गर्न भनेको नगर प्रमुख नरेन्द्रसिंह थापाले बताए । उनले भने, ‘मैले सबैसँग छलफल गरेको थिएँ ।

उपप्रमुखसहित सम्बन्धित ठाउँमा पनि पुगेर मिलेर काम गर्न आग्रह गरेका थियौं ।’ उनले अब सबै पक्षसँगको छलफल तथा समझदारीपछि मात्र काम अगाडि बढ्ने बताए । घाइतेको उपचार खर्च नगरपालिकाले बेहोर्ने पनि उनले जानकारी दिए । नगरपालिकाले उक्त सडक निर्माणका लागि ४ लाख रुपैयाँ छुट्याएको छ । थप रकम कामअनुसार दिने निर्णय पनि नगरपालिकाले गरेको छ । उक्त सडकमा प्रदेश सांसद लीलाधर भट्टले पनि बजेट हाल्ने आश्वासन दिएको स्थानीय बताउँछन् ।

सांसद भट्टका सहयोगी रहेका नेकपाका स्थानीय नेता पुष्करराज जोशीलगायतले उक्त सडक निर्माणमा बढी चासो दिँदै आएका थिए । सोमबार चलाइएको एक्स्काभेटरमा सांसद भट्टको समेत लगानी रहेको स्थानीयको दाबी छ । नेता जोशीले ६/७ महिनादेखि सडक निर्माण रोकिएकाले स्थानीय सोमबार डोजर चलाउने निर्णयमा पुगेको बताए । उनले सञ्चारमाध्यममा आएको भिडियो भन्दा घटनाको वास्तविकता अर्कै भएको दाबी गरे ।

सांसद भट्टले सडक निर्माणमा आफूले कुनै आश्वासन नदिएको र एक्स्काभेटरमा लगानी रहेको हल्ला निराधार रहेको बताए । ‘घटनामा मानवीय व्यवहार भएको देखिएन । सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गरिनुपर्छ,’ उनले भने ।वडाबाट उपभोक्ता समिति गठन गरेर सडक खन्न थालिएको हो । सुन्नाखान–पार्सा २४ सय मिटर कच्ची सडकको काम २ वर्षअघि सुरु भएको हो । नगरपालिकाका सबइन्जिनियर गोपाल चन्दले भने, ‘हामीले सर्वेक्षण गरेपछि काम थालिएको हो । अयरखालीमा पुग्दा विवाद भएर घटना भयो । हामीले सर्वेक्षण गर्ने हो, कसको जमिन कहाँ पर्छ भन्ने त उपभोक्ता समितिले मिलाउने कुरा हो ।’

चालकसहित ४ जना पक्राउ

एक्स्काभेटर चालक दशरथ चन्द नगरपालिका–२ का किशोर बोहरालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले चालकसँगै अन्य ३ जनालाई पनि नियन्त्रण लिएर अनुसन्धान गरिरहेको जानकारी दिए । ‘दुवै पक्ष र अन्य स्थानीयसँग घटनाबारे सोधपुछ सुरु गरेका छौं,’ पाण्डेयले भने, ‘महिलालाई बकेटले हिर्काउने चालकलाई कानुनबमोजिम कारबाही गर्छौं ।

हात जोड्दा पनि मानेनन् – हरिदत्त जोशी,

स्थानीय बिहान ९/१० बजेतिर हामी स्थानीय विद्यालयमा भेला भएर सडक बनाउनेबारे नै छलफल गर्दै थियौं । हामीसँगै एक्स्काभेटर धनी भवानीदत्त जोशी पनि थिए । हामी जग्गाधनीहरूबीच तल्लो गरा वा माथिल्लो गरा कहाँबाट सडक लैजान दिने भन्नेमा बहस भइरहेको थियो । अघिल्लो दिनदेखि एक्स्काभेटर धनी भवानीदत्त र उपभोक्ता समिति अध्यक्ष केशवदत्त जोशी दुवै जनाले विवाद भएकाले मेसिन प्रयोग नगर्ने भन्दै थिए ।

अध्यक्ष केशवदत्त ‘बरु प्रशासन बोलाएर समाधान खोज्ने’ अडानमा थिए । समितिका सचिव शिवराज जोशीले पनि जग्गाधनी पक्षले मागेको ४ दिनको समयपछि मात्र काम सुरु गर्ने भन्दै आएका थिए । स्थानीय भोजराज जोशी, धर्मानन्द, टेकराज, हरिदत्तलगायतले भवानीदत्तलाई ‘एक्स्काभेटरको डेढ करोड हामी तिर्छौं, चाबी हामीलाई दिनू’ भन्दै जबर्जस्ती गर्दै थिए । स्कुल र सडक खनिएको ठाउँ २० मिनेट पैदल दूरीमा छ । हामीले स्कुलबाटै एक्स्काभेटर चलाउन थालेको देख्यौं ।

हामीमध्ये एक जना र एक्स्काभेटर धनी त्यहाँ पुगेर ‘आज काम नगरौं’ भनेर आग्रह गर्न थाल्यौं । केही व्यक्ति ‘रगतको होली खेलेर भए पनि सडक काट्ने’ भन्दै उफ्रिए । चालकलाई दबाब दिए । हाम्रो पक्षका सबै जग्गाधनी र महिलाहरू मिलेर ‘बाटो नकाट्न’ आग्रह गर्‍यौं । अगाडि उभिएर हात जोड्दासमेत सुनिदिएनन् । विरोध गरिरहेकै बेला सिधै एक्स्काभेटर चलाउन सुरु गरियो । बकेटले अगाडि पुगेका एक महिलालाई माथि र अर्कालाई तल फाल्यो ।

तल फालिएकी गौरी जोशी बेहोस भइन् । एक दुई जना घाइतेलाई उठाउनतर्फ लागे । अरूले ढुंगा हान्न थाले । विरोध गर्ने ८ जना थियौं । उनीहरू २०र२५ जना थिए । ढुंगाले एक्स्काभेटरको सिसा फुटेपछि चालक किशोर बोहरा रोकेर भागे । दुवै पक्षका बीच हात हालाहाल र कुटपिट सुरु भयो । विरोध मात्रै भइरहेको घटनास्थल एकाएक झगडास्थल बन्यो ।कान्तिपुरबाट साभार ।


प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  ०९:०१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP