नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालमा फैलिँदै लागूऔषध कारोबार, देशभरबाट ११ जना पक्राउ
नेपालमा फैलिँदै लागूऔषध कारोबार, देशभरबाट ११ जना पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार २५, २०८० बागेश्वरी पोस्ट
नेपालमा फैलिँदै लागूऔषध कारोबार, देशभरबाट ११ जना पक्राउ

नेपालगन्ज  । देशभर लागूऔषधको कारोबार दिनदिनै बढिरहेको अवस्था छ । प्रहरीको कडा निगरानीले  लागूऔषध कारोबारी र सेवनकर्ता पक्राउ परेपनि कारोबार चरमविन्दुमा पुगेको देखिन्छ ।

प्रहरीले लागू औषध कारोबार ध्वस्त पार्ने उदेश्यका अगाडि बढेको नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ गरेको छ। कैलाली, गोदावरी नगरपालिका २ बसपार्कबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय पारस वलीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।    

नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका  १२ चौपत्ताबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही नगरपालिका १४ नारायणचोक बस्ने २४ वर्षीय रमेश खत्री क्षेत्रीलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित सुर्खेत भेरी गंगा नगरपालिका ७ घर भई बाँके कोहलपुर नगरपालिका ११ बस्ने २६ वर्षीय दिपक वलीलाई  प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँकेकै राप्तिसोनारी गाउँपालिका ५ अलिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ४० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका ३ बैशा बस्ने ३२ वर्षीय आनन्द खड्का र सोही गाउँपालिका ५ बिनौना बस्ने ३० वर्षीय देवेन्द्र खत्री रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले नेपालगञ्जबाट बैजापुरतर्फ जाँदै गरेको भे ७ प ७७४४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

धादिङको थाक्रे गाउँपालिका २ सिम्ले बजारबाट अवैध लागूऔषध चरेस करिब ११ केजीसहित मकवानपुर थाहा नगरपालिका ७ बस्ने ४० वर्षीय जय बहादुर तितुङलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरीले उनलाई उक्त चरेससहित पक्राउ गरेको हो ।

झापाको दमक नगरपालिका १ हवल्दार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित दमक नगरपालिका ६ बस्ने २० वर्षीय अन्जान मगरसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले दमक नगरपालिका १ हवल्दार चोक बस्ने शैलेश कुमालको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 


प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके प्रहरी: ४७ फरार प्रतिवादी पक्राउ, १६६ ग्राम बढी ब्राउन सुगर बरामद
बाँके प्रहरी: ४७ फरार प्रतिवादी पक्राउ, १६६ ग्राम बढी ब्राउन सुगर बरामद
सशस्त्रका एसपी खनालको नेतृत्वमा आक्रामक कारबाही, बाँकेमा ऐतिहासिक परिमाणमा अवैध सामान बरामद
सशस्त्रका एसपी खनालको नेतृत्वमा आक्रामक कारबाही, बाँकेमा ऐतिहासिक परिमाणमा अवैध सामान बरामद
बाँके ट्राफिक प्रहरीको कारबाही: साढे ३३ लाख राजस्व संकलन, दुर्घटनामा ११ जनाको मृत्यु
बाँके ट्राफिक प्रहरीको कारबाही: साढे ३३ लाख राजस्व संकलन, दुर्घटनामा ११ जनाको मृत्यु
सशस्त्र प्रहरीका तीन एआईजीको जिम्मेवारी हेरफेर ( कसको कहाँ )
सशस्त्र प्रहरीका तीन एआईजीको जिम्मेवारी हेरफेर ( कसको कहाँ )
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP