नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • लागूऔषधको लतमा युवादेखि बुढासम्म: १९ जना पक्राउ
लागूऔषधको लतमा युवादेखि बुढासम्म: १९ जना पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार २६, २०८० बागेश्वरी पोस्ट
लागूऔषधको लतमा युवादेखि बुढासम्म: १९ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट १९ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। प्रहरीको टोलीले काठमाडौँको चन्द्रागिरी नगरपालिका १४ नैकापबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २ सय ६८ ट्याब्लेटसहित रामेछाप दोरम्बा गाउँपालिका ७ घर भई हाल काठमाडौँ न्यूरोड बस्ने २१ वर्षीय सुनिल तामाङसमेत चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानबाट अवैध लागुऔषध गाँजा करिब १ सय ५५ केजी र नगद २ लाख रूपैयाँसहित मकवानपुर कैलाश गाउँपालिका १० बस्ने ३२ वर्षीय रामसिंह मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बा २० च ९८३ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीको पछाडी ढालाको तल सेफ बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी गाडीका चालक मोक्तानलाई पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका ३ कैलाशपथबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम र नगद १ लाख ९६ हजार ५ सय रूपैयाँसहित सोही ठाउँ बस्ने भारत सुपौल घर भएका २७ वर्षीय  हिमाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र नगदसहित पक्राउ गरेको हो ।

कैलालीको टिकापुर नगरपालिका १ ब्लक नम्बर ६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित टीकापुर नगरपालिका १ ब्लक नम्बर ७ बस्ने २६ वर्षीय शंकर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका १३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्रामसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका १ बस्ने २० वर्षीय बिशाल दमाई, २१ वर्षीय गणेश राजवंशी, अर्जुनधारा नगरपालिका बस्ने २७ वर्षीय निकाश अधिकारी, मेचिनगर नगरपालिका ७ बस्ने १७ वर्षीय किशोर र सोही नगरपालिका ६ बस्ने ५५ वर्षीय डम्बर बहादुर तामाङ रहेका छन् । प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाकै मेचिनगर नगरपालिका १३ फुलबारी टोल बस्ने २५ वर्षीय तुलसी राजवंशीलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो काकडभिट्टा र प्रहरी चौकी चारआलिबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाँकेको नेपालगंज उपमहानगरपालिका ११ वीपीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १६ जयसपुर बस्ने २० वर्षीय शाहिल आलम जसगढ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाँकेकै नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्रामसहित कोहलपुर नगरपालिका ४ बस्ने १९ वर्षीय प्रकाश परियारलाई  प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रौतहटको गौर नगरपालिका २ महादेवपट्टीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र नोर्फिन ३ सय एम्पुलसहित गौर नगरपालिका १ बस्ने १२ वर्षीय बालकलाई  प्रहरीले पक्राउ गरेको छ । 

नेपाल प्रहरी भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट साईकलमा आउँदै गरेका उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । 

कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत लखिमपुर खिरी थाना गौरीफन्टा ग्राम वनगाँउ बस्ने २० वर्षीय राज राना र २१ वर्षीय आकाश राना रहेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले राज रानालाई २ सय १० मिलिग्राम र आकाश रानालाई १ सय ८० मिलिग्रामसहित पक्राउ गरेको हो । 

 


प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP