prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'लू' प्रतिकार्यमा नेपालगञ्जको सक्रियता, कुलिंग सेन्टर बनाइँदै
'लू' प्रतिकार्यमा नेपालगञ्जको सक्रियता, कुलिंग सेन्टर बनाइँदै
banijya office RSG-2
'लू' प्रतिकार्य योजना कार्यान्वयनका लागि कार्यविधि बन्दै
बागेश्वरी पोस्ट
सोमबार, चैत १९, २०८० बागेश्वरी पोस्ट
'लू' प्रतिकार्यमा नेपालगञ्जको सक्रियता, कुलिंग सेन्टर बनाइँदै

नेपालगञ्ज । नेपालगञ्जमा तातो हावा (लू) प्रतिकार्य योजना कार्यान्वयनका लागि कार्यविधि बनाइँदैछ । (लू) प्रतिकार्य योजना अन्तर्गत कुलिंग सेन्टर (शितल केन्द्र) तथा सचेतना प्रबद्धनार्थ एलइडी डिस्प्ले सञ्चालन र संकाटापन्न बस्तीमा घरदैलो (डुअर टु डुअर) कार्यक्रमको सञ्चालन, ब्यवस्थापन र दिगोपनाका लागि कार्यविधि बनाउन सुरु गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका (लू) प्रतिकार्य योजना लागू गर्ने नेपालकै एक मात्र स्थानीय सरकार हो । सन् २०२१ देखि (लू) प्रतिकार्यका लागि काम भइरहेको छ ।

नेपालगञ्जमा अहिले एउटा कुलिंग सेन्टर निर्माणको कार्य अगाडि बढाइएको छ । बागेश्वरी मन्दिरको पूर्वपट्टी चिल्ड्रेन पार्कमा कुुलिंग सेन्टर निर्माणको काम अगाडि बढेको हो । (लू) प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक बर्षमा २० लाख रुपैयाँ विनियोजन गरेको छ । अत्याधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगञ्जमा सर्वसाधारणलाई (लू) बाट जोगाउन चार वटा कुलिंग सेन्टर बनाउने लक्ष्य छ । बसपार्क, धम्बोझी र रामलिला मैदान क्षेत्रमा पनि कुलिंग सेन्टर बनाउने कार्ययोजना छ ।

नेपालगञ्जको सिकाई र अनुभवका आधारमा तराईका अत्याधिक गर्मी हुने अन्य सहरहरुमध्ये धनगढीमा पनि यो कार्यक्रम भर्खरै सुरु भएको छ । त्यस्तै भैरहवा र विराटनगरमा पनि (लू) प्रतिकार्य योजना कार्यान्वयनको चरणमा छन् । अमेरिकन रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित ताता हावाको लहर (लु) जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत आज कार्यविधि लेखन कार्यशाला गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको आयोजनामा कार्यशाला गरिएको हो । कार्यशालामा कुलिंग सेन्टर, एलइडी डिस्प्ले र घरदैलो कार्यक्रम सञ्चालन, व्यवस्थापन र दिगोपनाका लागि समूह कार्य गरिएको नेपाल रेडक्रस सासाइटी बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले बताए ।

May be an image of 9 people, people studying, table and hospital

कार्यशालाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले (लू) लाई प्रकोपको रुपमा लिई त्यस विरुद्ध जुध्न (लू) प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको बताउनुभयो । विष्टले (लू) लाई प्रकोपको रुपमा स्विकारी त्यसै अनुरुप बजेट विनियोजन गरिएको जानकारी दिँदै आगामी नीति तथा कार्यक्रम र बजेटमा यसको आकार बढाउँदै लैजाने बताउनुभयो । कार्यक्रममा रेडक्रस क्लाइमेट सेन्टरका अरबान एक्सपर्ट रमिज खान, अमेरिकन रेडक्रसकी कार्यक्रम संयोजक उपमा ओझाले नेपालगञ्जले तातो हावाको लहर जोखिम न्यूनीकरणका लागि नेपालमै पहिलोपटक उल्लेखनीय र उदाहरणीय काम गरिरहेको भन्दै तराईका अन्य तीन सहरमा पनि यो कार्यक्रम लागू गर्ने प्रक्रियामा रहेको बताए । बढ्दो तापमानका कारण जोखिम बढ्दै गएको भन्दै तराई बेल्टमा यसखाल अभियान जरुरी रहेको सरोकारवालाको भनाई छ । कार्यशालाको उद्देश्यमाथि नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक रुद्रनारायण अधिकारीले प्रकाश पारेका थिए ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धन सिंह सम्झनाको सभापतित्वमा भएको कार्यशालामा नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण तथा विपद समिति संयोजक समिरप्रताप सिंह, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका पदाधिकारी एवम् सदस्य, नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका विषयगत महाशाखा र शाखा प्रमुख तथा प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, रेडक्रस उपशाखा प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको नेपालगन्ज उपमहानगरपालिकाका वातावरण तथा विपद शाखा प्रमुख प्रकाश डिसीले जानकारी दिए ।

May be an image of 7 people, people studying and textMay be an image of 7 people, people studying, table and textMay be an image of 6 people, people studying, hospital and text


प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP