prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • शारदा सहकारी अनुगमन, अझ ब्यवस्थित बनाउन 'कार्यान्वयन योजना' पेश गर्न निर्देशन
शारदा सहकारी अनुगमन, अझ ब्यवस्थित बनाउन 'कार्यान्वयन योजना' पेश गर्न निर्देशन
banijya office
बागेश्वरी पोस्ट
सोमबार, वैशाख ३१, २०८१ बागेश्वरी पोस्ट
शारदा सहकारी अनुगमन, अझ ब्यवस्थित बनाउन 'कार्यान्वयन योजना' पेश गर्न निर्देशन

nepalgunj 081-082

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी सुधार्ने अभियान अन्तर्गत नगरभित्रका सहकारीहरुमा निरन्तर अनुगमन गरिरहेको छ । सहकारीहरुलाई विधिसम्मत संचालनार्थ सचेत बनाउँदै आएको सहकारी शाखाले यस वर्ष पनि अनुगमन गरिरहेको हो । सहकारी शाखाले चालू आर्थिक वर्षमा पनि सहकारीहरुको अनुगमन गरिरहेको सहकारी शाखा प्रमुख प्रविण रानाले बताए ।

यसैक्रममा आज शारदा उपभोक्ता सहकारी संस्थामा अनुगमन गरिएको छ । केही कैफियत भेटिएको उक्त सहकारीलाई सचेत बनाइएको रानाले बताए । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी ऐन २०७४ बमोजिम त्रुटी सच्याउन निर्देशन दिइएको छ । "दिइएको समय अगावै सम्पूर्ण निर्देशनहरु कार्यान्वयन गरिसक्ने लक्ष्यले 'कार्यान्वयन योजना' बनाएर सञ्चालक समितिबाट स्वीकृत गरी १५ दिनभित्र पेश गर्न निर्देशन दिएका छौं, कार्ययोजना अन्तर्गतका कार्यहरुको कार्यान्वयन प्रगति त्यसपछिको ३५ दिनभित्र हामीलाई पठाउनुपर्नेछ," रानाले भने-"तुलनात्मकरुपले हेर्दा यो सहकारी केही कैफियत बाहेक व्यवस्थित ढंगले सञ्चालन भएको पायौं ।"

सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रवन्ध संचालक नवराज उपाध्याय, सहकारी शाखाकी तुलसा पन्थी आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित टोलीले अनुगमन गरेको हो ।

कार्यविधिहरु प्रचलित नियम कानुनसंग नबाझिने गरी बनाउन, कर्मचारी हाजिरी नियमित गर्न गराउन, कर्मचारीको तलब भत्ता प्रचलित कानुन बमोजिम समान पदका लागि समान गर्न, सदस्य शिक्षा तथा सदस्य भेटघाट नियमितरुपमा चलाउन निर्देशन दिइएको रानाले बताए । यस्तै ऋण लगानी पश्चात ऋण सुरक्षण कोषमा व्यवस्थापन गर्न, ऋण माग फाराम फाइभ सी मोडेलमा बनाउन, भौचर प्रमाणित अध्यक्षले अनिवार्यरुपमा गर्न, डेबुक व्यवस्थित र प्रमाणित गर्न, बीमा कमिसन आम्दानी सम्बन्धमा सञ्चालक समितिको निर्णय हुनुपर्ने लगायत निर्देशन दिइएको अनुमगन समिति सदस्य उपाध्यायले बताए ।

शारदा उपभोक्ता सहकारी संस्थाकी प्रमुख रुपा पन्थीले देखिएका त्रुटी सच्याएर सहकारीलाई अझ ब्यवस्थित बनाउँदै लैजाने बताइन् । शारदाले आफ्ना सदस्यहरुले उत्पादन गरेका सिन्की, मस्यौरा, सातु लगायत पनि विक्रि वितरण गर्दै आएको छ ।  

May be an image of text


प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  २०:००
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP