prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • दसैँको आगमनसँगै मूर्तिकारको व्यस्तता बढ्यो
दसैँको आगमनसँगै मूर्तिकारको व्यस्तता बढ्यो
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ २९, २०८१ बागेश्वरी पोस्ट
दसैँको आगमनसँगै मूर्तिकारको व्यस्तता बढ्यो

राँझा (बाँके) । दसैँ आउन महिना दिन बाँकी छँदै नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी मूर्तिकार छोटु केवटलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याई छ । नगर भवन नजिकै अस्थायी टहरा निर्माण गरेर छोटुले मुर्ति बनाउने काम गर्दै आएका छन् । घटस्थापनाको दिनसम्म अर्डर पाएका सबै मुर्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला दिनरात काम भइरहेको उनले बताए । “चौध–पन्ध्र जति मुर्ति तयारी अवस्थामा छन्, रङ्रोङ्गन गर्न मात्रै बाँकी छ, अरु त्यत्ति तयारी हुँदैछ, अहिले कामले भ्याइनभ्याई छ”, छोटुले भने, “आजभोली मुर्ति किन्न भारत जानु पर्दैन नेपालगञ्जमै ठाउँ–ठाउँमा बन्ने गरेका छन् ।” उनका अनुसार सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्ति बनाउने गरिन्छ । मुर्तिको सजावटका सामग्री भने भारतीय बजारबाटै आयात गरिन्छ । दसैंको समयमा केही मूर्ति बनाउन अर्डर आउँछ भने केही आफैं बनाएर बिक्री गर्ने गरिएको छ ।

दसैँको नवदुर्गामा नेपालगञ्जका टोल–टोलमा स्थापना गरिने दुर्गा भवानीका मुर्ति स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् । कुनै बेला भारतीय सीमावर्ती क्षेत्रबाट खरिद गरेर ल्याइने मुर्ति अहिले यहीँका कालीगढले प्रशस्त बनाउने गरेका छन् । दुर्गा भवानीका आकर्षक मुर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छोटुले बताए । नेपालगञ्जमै तीन चार ठाउँमा व्यवसायिक रुपमा माटोबाट भगवानको मूर्ति बनाएर बिक्री वितरण हुने गरेको छ ।

यस बाहेक जानकी गाउँपालिकामा पनि मूर्ति बनाउने गरिएको छ । दसैँ नजिकिँदै जाँदा मूर्तिकारको दैनिकी व्यस्त भएको छ । अहिले माटोको मूर्ति बनाउन भ्याइनभ्याई छ । तराईमा दसैंको बेला घटस्थापनाका दिनदेखि टोल–टोलमा माटोबाट बनेका भगवानका मूर्तिमा पूजा गर्ने चलन छ । बाँकेको जानकी–६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटोसँगै बित्छ । दिनरात उनी माटोबाट भगवानका विभिन्न आकृति बनाउन व्यस्त छन् । सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवानको आकृति भरीभराउ छन् । सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आएका राजकुमारको यो पुख्र्यौली पेसा हो ।  

“पहिला घरमा सानो–सानो मूर्ति बनाउथ्यौँ पछि ठूलो बनाउन लागे, दुर्गा मातालगायत सबै प्रकारको मूर्ति बनाउने गरेको छु”, राजकुमारले भने, “नवरात्रको बेला ‘सिजन’ हो, पराल, बाँस, माटो, काठ किल्ला, डोरी लाग्छ, मेहनत धेरै छ ।” उनका अनुसार रु. २० देखि २५ हजारको एउटा मूर्ति बिक्री गर्दा रु. चारदेखि पाँच हजारसम्म नाफा हुने गर्दछ । राजकुमारले आफू जस्तै अन्य छ जनालाई रोजगारीसमेत दिएका छन् । उनीहरुले रु. १० हजारदेखि रु. २० हजारसम्म पारिश्रमिक पाउने गरेका छन् ।

“सबैले आ–आफ्नै तरिकाले मूर्ति बिक्री गर्ने गरेका छौंँ, चिनेजानेको नियमित ग्राहकसँग छुट गर्ने पनि गरिएको छ”, मूर्तिकार राजकुमारले भने, “धेरैजसो ‘रेगुलर’ ग्राहक छन्, तर चिनेको आधारमा एक जनालाई छुट गर्दा धेरै जनासँग घाटा खानुपरेको छ ।”

बाँकेमा माटोबाट भगवानको मूर्ति बनाउने मूर्तिकार सङ्गठित हुन सकेका छैनन् । त्यसका कारण मूर्तिको दरमा पनि एकरुपता छैन । बाँकेको सदरमुकाम नेपालगञ्जसहित कोहलपुर, जानकी, खजुरा, डुडुवा, नरैनापुरमा समेत दसैँको भोलीपल्ट दुर्गा झाँकी निकाल्ने हुँदा मूर्तिको माग बढ्दै गएको पाइएको छ । दसैँको नवरात्रमा दुर्गाभवानीको मूर्ति राखेर पूजाआजा गर्ने परम्परा संस्कृतिको रुपमा विकास हुँदै गएको नेपालगञ्जका अगुवा द्वारिकाप्रसाद वैश्यले बताए । रासस


प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किसान महासंघ बाँकेले गर्‍यो 'तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम'
किसान महासंघ बाँकेले गर्‍यो 'तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम'
तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान
तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा अधिकारी
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा अधिकारी
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP