नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • स्थापना दिवसमा तरुण दल बाँकेद्वारा खाद्यान्न वितरण
स्थापना दिवसमा तरुण दल बाँकेद्वारा खाद्यान्न वितरण
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १०, २०८१ बागेश्वरी पोस्ट
स्थापना दिवसमा तरुण दल बाँकेद्वारा खाद्यान्न वितरण

नेपालगन्ज । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल बाँकेले मानवसेवा आश्रमलाई खाद्यान्न वितरण गरेको छ । तरुण दलको ७२औं स्थापना दिवसको अवसरमा तरुण दलले आज बिहान आश्रमलाई खाद्यान्न सामग्री  वितरण गरेको बाँके अध्यक्ष बीरेन्द्र बहादुर शाहले जानकारी दिए । 

उनका अनुसार चामल, दाल, तेल,चिनी, स्वायविन लगायत करिब २५ हजार मुल्य बराबरको खाद्यान्न सामग्री आश्रमलाई हस्तान्तरण गरिएको हो । आश्रममा आयोजित एक कार्यक्रमका बीच 'नेपाली काँग्रेस सय दिने अभियान' मा बाँके खटिएका केन्द्रिय प्रतिनिधि कृष्णकिशोर घिमिरेले खाद्यान्न हस्तान्तरण कार्यक्रमको दिप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए ।  

तरुण दल बाँकेका अध्यक्ष शाहको अध्यक्षतामा भएको कार्यक्रममा घिमिरेले तरुण दलले प्रदान गरेको खाद्यान्न आश्रममा रहेका व्यक्तिहरुको जीवन रक्षाका लागि महत्त्वपूर्ण रहेको बताए । यस्तै काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले तरुण दलले सहाराबिहिन व्यक्तिहरुलाई आश्रय दिइरहेको आश्रमलाई सहयोग गरेको भन्दै खुशी व्यक्त गरे । उनले आफू २०५७ सालमा तरुणको अध्यक्ष हुँदा पनि यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रम गर्ने गरेको स्मरण गरे । उनले तरुण दलले गर्नुपर्ने कामहरु अझै थुप्रै बाँकी रहेकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने उल्लेख गरे । 

कार्यक्रममा काँग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी, नेपाल तरुण दलका केन्द्रिय सदस्य विश्व लम्साल, काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय  सभापति रमेश गुप्ता, काँग्रेस बाँकेका कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेणुसिंह ठाकुर, प्रवक्ता डिल्ली गिरी, नेपाल विधार्थी संघका केन्द्रिय सदस्य आशिष बर्मा, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल लगायतको सहभागिता रहेको थियो । 

तरुण दल बाँकेका सचिव बिनोद रिजालले सहजीकरण गरेको कार्यक्रममा आश्रमको अवस्था र उद्देश्यबारे आश्रमकी सह-संयोजक बिष्णु घर्तीले जानकारी दिएकी थिइन् ।  यस्तै उक्त कार्यक्रममा आश्रमलाई तरुण दल नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहले ११ र तरुण युवा समीर बिष्टले ७ हजार नगद प्रदान गरे ।


प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP