Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • दाङको सडकमा लागू भयो 'टाइम कार्ड'
दाङको सडकमा लागू भयो 'टाइम कार्ड'
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस १८, २०८१ बागेश्वरी पोस्ट
दाङको सडकमा लागू भयो 'टाइम कार्ड'

दाङ । दाङस्थित लमही-भालुवाङ सडक खण्डमा सवारी दुर्घटना बढ्दै जाँदा टाइम कार्ड लागू गरिएको छ । पछिल्लो समयमा त्यस सडक खण्डमा अत्यधिक दुर्घटना बढ्न थालेपछि टाइम कार्ड लागू गरिएको जिल्ला प्रहरी दाङका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

त्यस स्थानमा दैनिक जसो दुर्घटना भएर दिनहुँ मानिसको मृत्यु हुने र घाइते हुने क्रम बढेपछि दुर्घटना न्यूनीकरणका लागि जिल्ला सुरक्षा समिति दाङको निर्णय अनुसार  लमही-भालुवाङ सडक खण्डभित्र पर्ने नर्तीदेखि भालुवाङसम्म पुस १५ गतेदेखि टाइम कार्ड लागू गरिएको हो ।

पुस १५ गतेदेखि लागू गरिएको टाइम कार्ड आगामी ३ महिनासम्मका लागि परीक्षणका रुपमा हेरिने एसपी तिमिल्सिनाले जानकारी दिए । एसपी तिमिल्सिनाले भने-"त्यहाँको बाटो पनि साँघुरो र दैनिकरुपमा ज्यानै जाने दुर्घटना भएर आजित भएका स्थानीयहरु टाइम कार्ड लागू हुँदा राहतको अनुभुति गरिरहेका छन् ।"

४ दिनअघि टाइम कार्ड लागू गरिएपछि त्यस दिनदेखि हालसम्म एउटा पनि दुर्घटना नभएको एसपी तिमिल्सिनाले बताए ।

दाङ प्रहरीका अनुसार हाललाई दैनिक रुपमा बेलुका ४ बजेदेखि ८ बजेसम्म परीक्षणका लागि त्यस सडक खण्डमा टाइम कार्ड लागू गरिएको छ । तिमिल्सिनाका अनुसार १५ किलोमिटर दुरीमा रहेको नर्तीदेखि भालुवाङ पुग्न २५ मिनेटको समय लागू गरिएको छ ।

त्यस स्थानमा पैदलयात्री पनि बढी हिँड्ने, बाटो अप्ठ्यारो र साँघुरो रहेको अवस्थामा टाइम कार्ड लागूले दुर्घटनाको झन्झट टर्दै गएको त्यहाँका जनप्रतिनिधिहरु पनि बताउँछन् । हाल पूर्वतर्फबाट आउने सवारीसाधनलाई भालुवाङबाट र पश्चिमतर्फबाट आउने सवारीसाधनलाई नर्तीमा खटाइएको प्रहरी र ट्राफिक प्रहरीको टोलीले टाइम कार्ड जारी गर्दै आएका छन् ।


प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP