Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • 'नेपालगन्जका सडक पेटीमा सवारीसाधन पार्किङ गरे परिएला ट्राफिक प्रहरीको फन्दामा'
'नेपालगन्जका सडक पेटीमा सवारीसाधन पार्किङ गरे परिएला ट्राफिक प्रहरीको फन्दामा'
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २४, २०८१ बागेश्वरी पोस्ट
'नेपालगन्जका सडक पेटीमा सवारीसाधन पार्किङ गरे परिएला ट्राफिक प्रहरीको फन्दामा'

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सडक दुर्घटना न्यूनीकरणका लागि गरेका पछिल्ला गतिविधि एवं प्रयास उपलब्धमूलक देखिएका छन् । 

पुस १ गतेदेखि बाँके ट्राफिक प्रहरीले चालेका जनचेतना अभिवृद्धि लगायत कार्यक्रम दुर्घटना न्यूनीकरणमा प्रभावकारी बन्दै गएको पाइएको हो । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार विशेषगरी बाँके ट्राफिक प्रहरीले चालक सहचालकलाई जनचेतनामूलक कक्षा सञ्चालन र सडकमा हिँड्ने पैदलयात्री सर्वसाधारणलाई ट्राफिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम व्यापक रुपमा गर्दै आएको छ । 

दुर्घटना न्यूनीकरणमा  विशेष गरी सवारी चलाउने विरुद्ध अभियान, मापसे जानकारी, ओभरटेकसम्बन्धि गरिएका सचेतना कार्यक्रममा समावेश भएका ट्राफिक गतिविधिमार्फत पुस १ गतेदेखि पुस २३ गतेसम्म ४७ सय ८३ जना प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्  । 

अघिल्ला महिनाको तथ्याङ्क केलाउने हो भने वर्तमान समयमा सवारी दुर्घटनाको सङ्ख्यामा कमी आएको ट्राफिक प्रमुख पन्तले बताए । हाल सवारी चालक, सहचालक, साइकल यात्री, पैदलयात्री, विद्यार्थी लगायत टोलटोलका स्थानीयहरुलाई ट्राफिक जनचेतनामूलक कक्षा दिइरहेको हुँदा दुर्घटनामा पनि कमी आएको देखिएको पन्तले भने ।

बाँके जिल्लाभरमा ट्राफिक प्रहरीको सक्रियता, जनचेतनामूलक कार्यक्रम र नियमको कडाईका साथ पालना गराउँदा राम्रो प्रतिफल मिलेको समेत देखिएको छ । यस्तो खाले सुधारलाई अझ प्रभावकारी बनाउन ट्राफिक प्रहरी कटिबद्ध रहेको र सर्वसाधारणहरुले पनि ट्राफिक  नियमको पालना गरी सहयोग गर्नुपर्ने बाँके ट्राफिक प्रमुख पन्तले बताए ।

बाँकेमा यस महिनामा मात्रै ट्राफिक प्रहरीले बाँकेले ७ सय ७८ जना विद्यार्थीहरुलाई ३९ पटक ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कक्षा दिएको छ भने १ पटक सामुदायिक सेवामार्फत दिइएको जनचेतनामूलक कार्यक्रममा ११४ जना सहभागी भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ ।

त्यसैगरी, नयाँ सवारी चालकहरुलाई ४ पटक दिइएको ट्राफिक नियमको जनचेतनामूलक कक्षामा २ सय १० लाभान्वित भएको र ३८ पटक व्यवसायिक चालकहरुलाई दिएको ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कक्षामा ९ सय ८६ जना सहभागी भएका छन् ।

ट्राफिक प्रहरीले सर्वसाधारणहरुलाई ४० पटक दिएको जनचेतनामूलक कक्षामा १ हजार १६९ जना लाभान्वित भएका छन् । त्यस्तै ३० पटक चालक-यात्रुलाई दिइएको ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कक्षामा ९ सय ७६ जना सहभागी भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जनाएको छ । 

बाँके ट्राफिक प्रहरीका अनुसार ट्राफिक जनचेतनातर्फ पर्चा पम्प्लेटको ७ पटकमा ५ सय जना लाभान्वित रहँदा ट्राफिक नियम तथा आरक्षण सिटको बारेमा जानकारी र आरक्षण सिट नभएका सवारीसाधनलाई आरक्षण सिटतर्फ २ पटक गरिएको सचेतनामा ५० जना लाभान्वित भएका छन् । त्यस्ता सवारीसाधनलाई आरक्षण सिटको व्यवस्था गर्न जानकारी गराइएको हो ।

बाँके ट्राफिक प्रहरी, नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रहरी बाँकेको संयुक्त टोलीको प्रयासबाट उपमहानगरभित्र रहेका सडकपेटीमा राखिएका ९७ वटा  सवारीसाधनलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी बाँके प्रमुख पन्तले बताए ।


प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP