Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • एसएसपी बढुवाका लागि ०५६ का अधिकारीसँगै सिलवाल,कँडेल, कार्की, सिंह र बस्नेत स्वाभाविक पहिलो दाबेदार 
एसएसपी बढुवाका लागि ०५६ का अधिकारीसँगै सिलवाल,कँडेल, कार्की, सिंह र बस्नेत स्वाभाविक पहिलो दाबेदार 
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस २७, २०८१ बागेश्वरी पोस्ट
एसएसपी बढुवाका लागि ०५६ का अधिकारीसँगै सिलवाल,कँडेल, कार्की, सिंह र बस्नेत स्वाभाविक पहिलो दाबेदार 

काठमाडौं । गत भदौ १७ गतेदेखि रिक्त हुन सुरु भएको नेपाल प्रहरीतर्फको वरिष्ठ उपरीक्षक (एसएसपी) पदका लागि बढुवा सिफारिस गर्नै प्रहरी प्रधान कार्यालयलाई  हम्मेहम्मे परेको छ ।  

प्रहरी कर्मचारीको बढुवा कुनै पद रिक्त भएको ३ महिनाभित्रै गरिसक्नुपर्ने प्रहरी नियमावलीमा भए पनि एसएसपी पद रिक्त रहेको ६ महिना पुग्न लाग्दा बढुवा हुन सकेको छैन । प्रहरीतर्फको नियमावलीमा २०७१ को दफा २६ ले पदपूर्ति गर्न लेखी आएको मितिबाट ३ महिनाभित्रै बढुवा हुनुपर्ने हुँदा पनि रिक्त रहेको २५ एसएसपीको दरबन्दीका लागि अझै बढुवा हुनै सकेको छैन ।

नेपाल प्रहरीको खुला प्रतिस्पर्धाबाट वि.सं. २०५६ मा प्रहरी निरीक्षकमा भर्ना भएका हालका प्रहरी उपरीक्षक (एसपी) गोविन्द अधिकारी, विनोद सिलवाल, विमल राज कँडेल, तुलबहादुर कार्की, राकेश सिंह र राजीव बहादुर बस्नेत बढुवाको स्वाभाविक पहिलो दाबेदार हुन् । 

तर, बढुवा प्रतिस्पर्धाको सबैभन्दा पहिलो सूचीमा २०५३ को पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीमा सामेल भएका एसपी विमल बस्नेत छन् । बस्नेत  २०७२ मा एसपीमा बढुवा भए पनि कर्णाली प्रदेश ट्राफिक कार्यालयमा बस्ने क्रममा घुस लिएको पाइएपछि प्रहरी प्रधान कार्यालयले उनलाई ५ वर्षसम्म बढुवा रोक्का हुने कारबाही गरेको थियो ।

यो अवस्थामा बस्नेतको बढुवा हुने सम्भावना देखिएको छैन भने एसएसपी बढुवाका लागि अर्को २०५८ साउन १८ मा प्रहरीमा प्रवेश गरेको ब्याचबीच एकदमै कडा प्रतिस्पर्धा छ । त्यतिबेला सोही ब्याचका प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट एसपीमा बढुवा हुँदा ४ लटमा भएका थिए । अहिले उक्त ब्याचबाट प्रथम, दोस्रो, तेस्रो र चौथो लटमा बढुवा भएका एसपीहरु आफ्नो बढुवाका लागि राजनीतिक शक्तिकेन्द्र धाएर दबाब दिँदै आएका छन् । 

२०५८ मा भर्ना भएर २०७५ फागुन ३ गतेको पहिलो लटमा एसपीमा बढुवा भएका रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्ण प्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपम शम्शेर जबरा, श्याम कुमार महतो, कृष्ण प्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी र वीर बहादुर बुढामगर छन् । उनीहरु पनि एसएसपी बढुवाका लागि दाबेदार हुन् ।

त्यसैगरी दोस्रो लटमा २०७७ बैशाख १७ एसपीमा बढुवा भएका होबिन्द्र बोगटी, बेद विष्ट, सन्तोष सिंह राठौर, शिव कुमार श्रेष्ठ, शान्तिराज कोइराला, सञ्जय सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभु ढकाल, सन्तोष भट्टराई, प्रकाश मल्ल, केदार खनाल, ज्ञानेन्द्र प्रसाद फुयाँल, दीपेन्द्र शाही, राम प्रकाश शाह, प्रवीण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्र प्रसाद धमला हुन् ।

तर, २०५६ मा भर्ना भएकाहरु मध्ये अधिकारी, सिलवाल र कँडेल २०५८ को टोलीसँगै पहिलो लटमा २०७५ फागुन ३ गते एसपीमा बढुवा हुँदा ०५६ कै अर्को टोलीका कार्की, सिंह र बस्नेत ०५८ कै टोलीसँग २०७७ बैशाख १७ गते दोस्रो लटमा एसपीमा बढुवा भएका थिए । पहिलो र  दोस्रो लटमा बढुवा भएपनि २०५६ ब्याजका उनीहरु सबैभन्दा सिनियर रहेकै कारण ६ जना एसएसपी बढुवामा सबैभन्दा स्वभाविक दाबेदार हुन् ।

त्यस्तै तेस्रो लटमा बढुवा भएका भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्लेसहित १५ जना बढुवा भएका थिए । यही ब्याचको चौथो टोली ०७८ मंसिरमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिनासहित पाँच जना छन् ।

यही ब्याचबाट अन्तिम लटमा बढुवा हुनेमा सीताराम रिजाल, भीमकिरण बोगटीसहित ८ जना छन् । उनीहरू ०७९ एसपी भएका थिए ।

यतिबेला रिक्त रहेको २५ एसएसपीका लागि ४ दर्जन बढी एसपीहरु लाइनमा हुँदा प्रहरी प्रधान कार्यालयलाई माथिल्लो तहको दबाबले बढुवा गर्नै सकस भइरहेको छ ।

एसएसपी बढुवाका लागि माथिल्लो शक्ति केन्द्रले पनि आ-आफ्ना एसपीका नाम सूचीमा पारेका छन् । जसमा २०५८ सालमा प्रहरी सेवामा प्रवेश गरेर  तेस्रो र चौथो लटमा एसपीमा बढुवा भएका अधिकृतहरुलाई कांग्रेस र नेकपा एमालेका नेताहरुले एसएसपीमा बढुवा गर्न दबाब दिँदै आएका छन् ।

जस अन्तर्गत तेस्रो लटमा भर्ना भएका योगेन्द्र सिंह थापा र पदम बहादुर बिष्ट, चौथो लटका एसपी रमेश पण्डित र  जोशीलाई एसएसपीमा बढुवा गर्न कांग्रेसकै नेताहरुले दबाद दिँदै आएका छन् । थापा, बिष्ट र जोशी सुदूरपश्चिमका हुन् भने पण्डित पनि कांग्रेसकै माथिल्लो शक्ति केन्द्रका एक नेताका आफन्त हुन् ।

हाल थापा प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा छन् भने बिष्ट जिल्ला प्रहरी कार्यालय कैलाली, जोशी कन्चनपुर प्रहरी प्रमुख र पण्डित सिराहाका प्रहरी प्रमुख छन् ।

रिक्त एसएसपी बढुवाको सिफारिस समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष हुन्छन् भने प्रहरी प्रमुख (आईजीपी) सदस्य र प्रहरीका अर्का एक अतिरिक्त महानिरीक्षक (एआईजी) सदस्य सचिव हुने व्यवस्था छ ।


प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP