नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा पुसमा मात्रै ६५ जना फरार प्रतिबादी पक्राउ
बाँकेमा पुसमा मात्रै ६५ जना फरार प्रतिबादी पक्राउ
बागेश्वरी पोस्ट
बुधबार, माघ २, २०८१ बागेश्वरी पोस्ट
बाँकेमा पुसमा मात्रै ६५ जना फरार प्रतिबादी पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले पुस महिनामा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध गरी लामो समयदेखि फरार रहेर १९ वर्ष ४ महिना २७ दिन कैद र ५१ लाख ५५ हजार १३ रुपैयाँ जरिवाना असुल उपर गर्न बाँकी रहेका ६५ फरार प्रतिवादीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी बाँकेको फैसला कार्यान्वयन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

त्यसैगरी १२ लाख ९४ हजार १५८ रुपैयाँ बराबरको भारतबाट अबैधरुपले भन्सार छली गरेर ल्याइँदै गरेको अवैध सामान जिल्ला प्रहरी बाँकेले बरामद गरेको छ ।जिल्ला प्रहरी बाँकेमा दर्ता भएका १ सय १७ वटा मुद्दामा १ सय २१ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउँदा ५३ वटा पेण्डिङ मुद्दाहरु फर्छ्यौट गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दर्ता भएका ६८१ ठाडो उजुरीतर्फ ६६८ फर्छ्यौट भएको र १३ वटा बाँकी निबेदन फर्छ्यौट प्रक्रियामा रहेका छन् ।

यस्तै पुस महिनामा लागू औषधतर्फको कारबाहीमा २६८ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम ८ ट्याब्लेट र ट्रामाडोल ३६७ ट्यावलेटसहित २९ जना ओसारपसार कर्ताहरुलाई पक्राउ गरिएको छ । 

त्यस्तै जिल्लाभरमा गरिएको ट्राफिक कारवाहीतर्फ ३ हजार ५७ वटा सावरीसाधनलाई कारवाही गर्दै २४ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ भने अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ७ वटा ट्याक्टर, एउटा टिप्पर र एउटा जेसीबीलाई नियन्त्रणमा लिएर ४८ हजार ८ सय रुपैयाँँ जरिवाना गरेको प्रहरीले जानकारी दिएको छ । सोही दौरानमा तीन जना चालकलाई नियन्त्रणमा लिएर अभद्र ब्यवहार मुद्दामा कारबाही गरिएको छ ।

त्यसैगरी बाँके प्रहरीले विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ४ वटा मोटरसाइकल र १० वटा स्मार्ट मोबाइल फोन फेला पारेर सम्बन्धित ब्यक्तिलाई बुझाएको जानकारी दिएको छ भने जानकी गाउँपालिकामा जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका महिला तथा बालबालिकासँग सम्बन्धित १३ मुद्दातर्फ १६ जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइएको थियो भने घरेलु हिंसा सम्बन्धि ५० वटा उजुरीमा ४७ वटा फर्छ्यौट भएको तथा बाँकी अनुसन्धान प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीले हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धि ४४ निबेदनमा ३२ जनालाई फेला पारेर घरपरिवारको जिम्मा लगाउँदा बाँकी खोजतलासको क्रममा रहेको जानकारी दिएको छ ।

समुदाय प्रहरी सहकार्य लगायतका गतिविधि अन्तर्गत जिल्ला प्रहरीले बाँकेले ६३ वटा सचेतनामूलक कार्यक्रम गरेको छ । जसमा लैङ्गिक हिंसा, लागूऔषध सम्बन्धि सचेतना, आत्महत्या सम्वन्धि सचेतना, अल्पसंख्यकसँग प्रहरी, नागरिक सुनुवाई, शीतलहर सचेतना र चोरी सम्बन्धि सचेतना लगायतका कार्यक्रम संचालन गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी जिल्लाभरमा ट्राफिक प्रहरीले २ सय २ वटा सचेतनामूलक कार्यक्रम गरेको थियो । सचेतना कार्यक्रम अन्तर्गत लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइट लगायत रहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

यसैगरी प्रहरीभित्रको आन्तरिक सुदृढीकरण प्रयासतर्फ जिल्लाभरको २०८१ पुसको उत्कृष्ट प्रहरी इकाई अफ द मन्थ प्रहरी चौकी राधापुर घोषित भएको हो भने जिल्ला प्रहरी कार्यालयभित्रको बाटो मर्मत, रङरोगन तथा कार्यालय परिसर मर्मत तथा सौन्दर्यकरण गरी सेवाग्राहीमैत्री वातावरण तयार पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 


प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP