prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सीमा अपराध रोक्न डीआईजी स्तरीय छैठौं समन्वयात्मक बैठक
सीमा अपराध रोक्न डीआईजी स्तरीय छैठौं समन्वयात्मक बैठक
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ ५, २०८१ बागेश्वरी पोस्ट
सीमा अपराध रोक्न डीआईजी स्तरीय छैठौं समन्वयात्मक बैठक

नेपालगन्ज । नेपाल-भारत डीआईजी स्तरीय समन्वयात्मक बैठक लुम्बिनी प्रदेशमा सम्पन्न भएको छ ।  सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच पाल्पाको तिनाउमा डीआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक शुक्रबार  सम्पन्न भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी बल नं. ५ विन्ध्याबासिनी बाहिनी रुपन्देहीद्वारा पाल्पाको तिनाउमा आयोजित डीआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठकमा लुम्बिनी प्रदेशको सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण लगायत प्रमुख विषयवस्तुमा छलफल भएको सशस्त्र प्रहरी बल नं. ५ विध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीले जानकारी दिएको छ ।

विध्याबासिनी बाहिनीका अनुसार बैठकमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रणसहित समयमै सीमा स्तम्भहरुको मर्मत तथा सम्भार, दशगजा क्षेत्र अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरु संयुक्त प्रयासद्वारा हटाउने र दशगजा क्षेत्रको सरसफाई तथा सौन्दर्यकरण गर्ने सवालमा गहन छलफल भएको थियो ।

त्यसैगरी बैठकमा सीमा नाकाबाट हुने  मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलीगठ्ठा, लागूऔषध तथा प्रतिबन्धित औषधी लगायत अवैध वन्यजन्तु तस्करीे नियन्त्रण, गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरुको नियन्त्रण तथा रोक लगाउने विषय र त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच संयुक्त अभियान अन्तर्गत दशगजा क्षेत्रमा संयुक्त गस्ती, हेल्प तथा हेल्थ डेस्क संचालन, खेलकुद तथा विविध अभ्यासहरुलाई समेत निरन्तरता दिइने बारेमा छलफल गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

तिनाउस्थित लुम्बिनी केवलकार बुटवल हिलमा सम्पन्न भएको डीआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक सशस्त्र प्रहरी बल नं. ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति डीआईजी प्रदिप कुमार पाल र भारतीय सेक्टर हेडक्वाटर एसएसबी लखीमपुर खेरीका डीआईजी बी.विक्रमन र सेक्टर हेडक्वाटर गोरखपुरका डीआईजी मुन्ना सिंहको नेतृत्वमा सम्पन्न भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

बैठकमा डीआईजी पालले छलफलको क्रममा उठेका सबै विषयहरुको कार्यान्वयनको सम्बन्धमा समकक्षी निकायको प्रभावकारी एवं परिणाममुखी भूमिका आवश्यक रहेको औंल्याउँदै आफ्ना समकक्षी निकायबाट भएको प्रतिवद्धताको प्रशंसा गर्दै सक्रियताका साथ कार्य क्षेत्रमा होमिन मातहत गणपतिहरुलाई निर्देशन दिएका थिए ।

बैठकमा सशस्त्र प्रहरीका एसएसपी कमल प्रसाद तिउसीनाले स्वागत मन्तव्य राख्दै नेपाल–भारत खुल्ला सीमा सम्बन्धी समस्या तथा चुनौतीहरुबारे अवगत गराएका थिए । एसएपी तिउसीनाले त्यसका समाधानका विषयमा प्रस्तुतिकरण गर्दै यस्ता किसिमका नियमित बैठकहरुको संचालनले नेपाल भारत सीमासँग सम्बन्धित समस्याहरु तत्काल समाधान गर्न थप सहयोग पुर्याउने बताएका थिए ।

समन्वयात्मक बैठकमा बाहिनी मातहत गणका प्रमुखहरु र भारतीय सशस्त्र सीमा बलका बटालियन कमाण्डरहरु लगायतको उपस्थिति रहेको थियो । यसअघि सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच डीआईजी स्तरीय समन्वयात्मक बैठक भारतको उत्तर प्रदेशस्थित आईसिबी रुपैडियाको बहराईचमा सम्पन्न भएको थियो ।


प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
लागुऔषध कारोबारीलाई समात्न नेपालगन्जमा प्रहरीले गोली चलायो
लागुऔषध कारोबारीलाई समात्न नेपालगन्जमा प्रहरीले गोली चलायो
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP