नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • दंगीशरण कौवाघारीका प्रेमबहादुरको मृत्यु प्रकरण: शिकार खेल्न गएका बेला लागेको थियो गोली
दंगीशरण कौवाघारीका प्रेमबहादुरको मृत्यु प्रकरण: शिकार खेल्न गएका बेला लागेको थियो गोली
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ ६, २०८१ बागेश्वरी पोस्ट
दंगीशरण कौवाघारीका प्रेमबहादुरको मृत्यु प्रकरण: शिकार खेल्न गएका बेला लागेको थियो गोली

तुलसीपुर । दाङस्थित दंगीशरण गाउँपालिकाका एक युवकको मृत्युु प्रकरणमा प्रहरीले दुई युवकलाई पक्राउ गरेपछि घटनाको रहस्य खुलेको छ ।

दंगीशरण-२ कौवाघारीका २५ बर्षीय प्रेमबहादुर कुसारीको मृत्यु प्रकरणमा फरार रहेका दुई स्थानीय युवक छबिलाल डाँगी कोहलपुरबाट र पुष्प बस्नेतलाई दाङको तुलसीपुर बजार क्षेत्रवाट पक्राउ गरेपछि गोली लागेर मृत्यु भएको खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीले घटनापछि फरार रहेका डाँगी कोहलपुरबाट शनिबार दिउँसो र पुष्प बस्नेतलाई दाङको तुलसीपुर बजार नजिकबाट शनिबार बेलुकी पक्राउ गरेको थियो । उनीहरु पक्राउ परेपछि बयानका आधारमा स्थानीय जंगलमा फालेको अवस्थामा एउटा भरुवा बन्दुक पनि बरामद भएको प्रहरीलेले जानकारी दिएको छ ।

चोरी शिकार गर्न गएका बखत प्रेमबहादुुरले आफैंले बोकेको भरुवा बन्दुक पड्किएर गोली लागेको हो वा पुरानो कुनै रिसिवीका कारण साथीहरुले नै योजना बनाई प्रेमबहादुरमाथि बन्दुकबाट गोली हानेका थिए ? भन्ने बारे अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

माघ ३ गते बिहीबार अपरान्हमा प्रेमबहादुरमाथि बन्दुकको गाली लागेको थियो । प्रेमबहादुरसंगै गएका साथीहरुमध्ये छबिलाल डाँगी र पुष्प बस्नेतले भने उनी रुखबाट लडेर घाइते भएको बताएका थिए ।

दुबै खुट्टाको तिघ्रा, घुँडा लगायतमा गोलीका छर्रा लागेका प्रेमबहादुरलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो । राप्ती प्रादेशिक अस्पतालले घाइतेलाई बाँकेको नेपालगञ्जका लागि रिफर गरिदिएको थियो । सोही दिन राति नै उपचारका क्रममा प्रेमबहादुरको मृत्यु भएको थियो ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेमबहादुरको पोष्टमार्टमपछि परिवारजनले शब घर ल्याएका थिए । त्यही क्रममा प्रेमबहादुर रुखबाट लडेको नभइ उनीमाथि बन्दुकबाट गोली प्रहार भएको कुरा कसैले खोलेका थिए । त्यही भएर अन्तिम संस्कारका लागि घाटमा लैजान तयारी अवस्थामा प्रेमबहादुरको शव बारे बिबाद सुरु भएको थियो ।

शुक्रबार रातभर प्रेमबहादुरको शब गाउँ घरका मानिसले कुरेर बसे । जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाको निर्देशनमा शनिबार बिहान फेरि दोस्रो पटक पोष्टमार्टमका लागि प्रेमबहादुरको शब भेरी अस्पताल नेपालगञ्जमा लगियो । दोस्रो पोष्टमार्टमबाट तिघ्राको भाग पनि चिरफार ग¥यो । त्यसपछि बन्दुकका छर्रा फेला परे ।

शनिबार बेलुकी मात्रै अन्तेतिष्टका लागि आफन्त, गाउँ समाज जुटेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बिनोद खत्रीले जानकारी दिए । पक्राउ परेकाहरुमाथि थप सोधपुछ र अनुसन्धान कार्य बाँकी रहेको हुँदा तथ्य कुरा बुझेर मात्रै प्रेमबहादुरको मृत्यु प्रकरण सार्वजनिक गर्ने प्रहरीले जानकारी दिएको छ ।

 


प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सशस्त्र प्रहरीका तीन एआईजीको जिम्मेवारी हेरफेर ( कसको कहाँ )
सशस्त्र प्रहरीका तीन एआईजीको जिम्मेवारी हेरफेर ( कसको कहाँ )
'जोखिमसँग जुध्दै जीवन बचाउने शमशेरगञ्जस्थित सशस्त्र प्रहरीको नं.४२ रिजर्भ गण'
'जोखिमसँग जुध्दै जीवन बचाउने शमशेरगञ्जस्थित सशस्त्र प्रहरीको नं.४२ रिजर्भ गण'
नेपालगञ्जबाट स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित व्यापारी पक्राउ
नेपालगञ्जबाट स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित व्यापारी पक्राउ
नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा इन्स्पेक्टर र असईमा जागिर (सूचनासहित)
नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा इन्स्पेक्टर र असईमा जागिर (सूचनासहित)
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP