prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जमा बन्यो जनस्तरबाट सुविधा सम्पन्न 'किरियापुत्री' भवन
नेपालगन्जमा बन्यो जनस्तरबाट सुविधा सम्पन्न 'किरियापुत्री' भवन
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, माघ १७, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्जमा बन्यो जनस्तरबाट सुविधा सम्पन्न 'किरियापुत्री' भवन

नेपालगन्ज । नेपालगन्जमा जनस्तरबाट जिल्लामै पहिलो सुविधा सम्पन्न किरियापुत्री भवन निर्माण भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित शिवपार्वती टोलमा १ करोड १६ लाख लागतमा किरियापुत्री भवन निर्माण सम्पन्न भएको हो । 

nepalgunj 081-082

भवनको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आज उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै नगर प्रमुख विष्टले नेपालगन्जका लागि अति आवश्यक देखिएको किरियापुत्री भवन निर्माण अत्यन्तै सराहनीय कार्य भएको बताए । उनले पुण्य कर्ममा सबैको हातेमालो र सहकार्यले राम्रो सन्देश प्रवाह भएको बताए । अब यसको प्रयोग, उपयोग र संरक्षणका लागि कार्यविधि बनाएर काम गर्न उनको आग्रह छ । 

साढे दुई तले सुविधा सम्पन्न भवन १० महिनामै निर्माण गरिएको हो । यसमा एक पटकमा दुई परिवारले काज-किरिया गर्न मिल्ने गरी चार वटा कोठा, स्टोर, शौचालय, स्नान घरको व्यवस्था छ । किरियापुत्री भवनलाई बातानुकुलित समेत बनाउने तयारी छ । किरियापुत्री भवन निर्माणका लागि २१५ जना समाजसेवीले दान तथा सहयोग गरेको नेपालगन्ज किरियापुत्री भवन निर्माण समिति संयोजक समाजसेवी सेमराज शाक्यले बताए । न्यूनतम् शुल्क लिएर किरियापुत्री भवन संचालन गरिने शाक्यले जानकारी दिए । जग्गादाता माधवराम बर्माले दान गरेको करीब ३ कट्ठा जमिनमा किरियापुत्री भवन निर्माण भएको हो । शिव पार्वती मन्दिरको जग्गामै भवन बनेको छ । 

किरियापुत्री भवन निर्माण भएपछि बाहिरबाट उपचारका लागि आई आफन्त गुमाएका, डेरामा बसेका, घर भएर पनि आवश्यक ठाउँ अभाव झेलिरहेका परिवारका लागि काज- किरिया गर्न सहज हुनेछ । शाक्यका अनुसार उक्त भवनमा पुरुष र महिला क्रियापुत्री अलग अलग बस्ने कुरुवा कोठा र प्रशासनिक प्रयोगका लागि व्यबस्था मिलाइएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नेपालगन्ज-६ फुल्टेक्राकी माधवी शाहले पहिलो संकल्पकर्ताका रुपमा १० लाख रुपैयाँ सहयोग गरेपछि भवन निर्माण कार्य अगाडि बढेको समितिका सचिव बसन्त लामिछानेले बताए । कोभिडका बेला भोग्नुपरेको दु:ख र अप्ठ्यारोलाई महसुस गरेपछि नेपालगन्जमा किरियापुत्री भवन निर्माण प्रक्रिया अघि बढाइएको निर्माण समितिका सहसंयोजक रबिन्द्र कर्णले बताए । उनका अनुसार २०७५ मा यसको परिकल्पना सुरु भएको थियो । भवन निर्माणमा नेपालगन्ज उपमहानगरपालिकाले ११ लाख र वडा नम्बर ४ ले ५ लाख सहयोग गर्ने घोषणा गरेका थिए । नेपालगन्ज उपमहानगरपालिकाबाट अहिलेसम्म ५ लाख रुपैयाँ प्राप्त भएको कोषाध्यक्ष अनिता शाहले जानकारी दिइन् । 

उद्घाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, दाता प्राध्यापक शाह, जग्गादाता बर्मा, समाजसेवी जे.के. सिंह, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले बोलेका थिए । त्यस अवसरमा दाता र सहयोगीहरुलाई कदरपत्र प्रदान गरिएको थियो । 


प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १८:०३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP