नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • प्रादेशिक महोत्सव सम्पन्न, डेढ लाखले अवलोकन गर्दा ६ करोडको कारोबार
प्रादेशिक महोत्सव सम्पन्न, डेढ लाखले अवलोकन गर्दा ६ करोडको कारोबार
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २३, २०८१ बागेश्वरी पोस्ट
प्रादेशिक महोत्सव सम्पन्न, डेढ लाखले अवलोकन गर्दा ६ करोडको कारोबार

नेपालगञ्ज  । नेपालगञ्ज उद्योग वाणिज्य संंघ बाँकेले आयोजना गरेको प्रादेशिक महोत्सव आज सम्पन्न भएको छ । यही माघ १०–२२ सम्म आयोजना गरिए पनि निर्धारित मितिको अर्को दिन अर्थात १४औं दिनमा औपचारिक कार्यक्रम गरी समापन गरिएको हो ।

समापन समारोहलाई सम्बोधन गर्दै संघका अध्यक्ष टंक बहादुर धामीले करीब डेढ लाख जनाले अवलोकन गरेको र ६ करोड रुपैयाँ बराबरको कारोबार भएको जानकारी दिए । महोत्सवको तथ्याङ्क समितिले स्टल व्यवसायीसँग संकलन गरेको विवरणमा ६ करोडको कारोबार देखिए पनि वास्तविक रुपमा भने अझै धेरै रुपैयाँको कारोबार भएको आँकलन गरिएकोे छ । अध्यक्ष धामीले महोेत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै केही दिनभित्रै महोत्सवको हिसाबकिताब सार्वजनिक गरिने बताए ।

संघका अध्यक्ष धामीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा नेपाल वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य प्रमुख आतिथि रहेका थिए । उपाध्यक्ष वैद्यले देशभरीका १६८ वटा उद्योग वाणिज्य संघलाई मात्र मेला र महोत्सव सञ्चालन गर्न अनुमति दिन सरकारसँग माग गरे । ‘हामी मेला महोत्सव रमाइलो र टाइम पासका लागि मात्रै गर्दैनौं । हाम्रो उद्देश्य व्यापारिक प्रवद्र्धन गर्नु हो’, उनले भने, ‘अहिले त मेला महोत्सव क्लब र संघसंस्थाहरुले पनि गर्न थालेका छन् । वडाध्यक्षले पनि मेला महोत्सव गर्न लागेको छन् भनेर दुःखका साथ भन्नु परेको छ । आर्थिक क्षेत्रको विज्ञ उद्योग वाणिज्य संघ भएकाले संस्थालाई मात्र मेला महोत्सव गर्न दिनुपर्छ । त्यसैले नेपाल सरकारले मेला महोत्सव उद्योग वाणिज्य संघमार्फत गर्न दिनुपर्छ भन्ने हाम्रो माग रहेको छ ।’

संंघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले स्वागत मन्तव्य दिएको समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश प्रतिनिधि देवेन्द्र पाण्डे, संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरी, नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष प्रेम शाह, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराई लगायतले महोत्सव सफलतापूर्वक सम्पन्न गरेकोमा नेपालगञ्ज उद्योग वाणिज्य संघलाई बधाई दिएका थिए ।

समापन समारोहमा संघले महोत्सव सफल बनाउन सहयोग गर्नेहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरेको थियो । प्रादेशिक महोत्सव समापनको अवसरमा बाल गायक सुप्रिम मल्लको प्रस्तुति समेत रहेको थियो । छाता ओढाइ देउ न..., तिम्रै पीर चिन्ताले...लगायतका गीत गाएका थिए । समापन समारोहमा देउडा गायक नवराज खनाल र निरुता खत्रीले पनि प्रस्तुति दिएका थिए ।


 


प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २१:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP