नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा माघमा ट्राफिक कारबाहीबाट २५ लाख बढी राजश्व संकलन
बाँकेमा माघमा ट्राफिक कारबाहीबाट २५ लाख बढी राजश्व संकलन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १, २०८१ बागेश्वरी पोस्ट
बाँकेमा माघमा ट्राफिक कारबाहीबाट २५ लाख बढी राजश्व संकलन

नेपालगञ्ज । बाँकेमा माघ महिनामा ट्राफिक कारबाहीबाट २५ लाख बढी राजश्व संकलन भएको छ । ३ हजार २ सय ९७ सवारी साधनलाई कारबाही गर्दा २५ लाख ४५ हजार राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आज आयोजित मासिक पत्रकार भेटघाट कार्यक्रममा पछिल्लो एक महिनाको अवधिमा १४ लाख ४३ हजार १ सय १६ रुपैयाँ बराबरको अवैध भन्सार छ्लीको सामान पक्राउ गरी सम्बन्धित निकायमा पठाइएको जानकारी दिइएको छ ।  यस्तै अपराध अनुसन्धानतर्फ १४६ वटा मुद्दा दर्ता भएकोमा १३५ जना व्यक्तिहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । यो अवधिमा ६१ जना फरार अपराधी पक्राउ गरिएको छ । बाँके प्रहरीले विवाहमा युवकलाई कर्तब्य गरी मार्ने ६ जना पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ । 

यस्तै विदेश पठाइदिन्छु भन्दै १ करोड ३२ लाख रकम ठगी गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ । नेपालगन्ज टांगा स्टेशनका इरसाद कवडियालाई खुकुरी प्रहार गरी कर्तव्य ज्यान गर्ने ४ जना मध्ये २ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यसैगरी सीमा नाकाबाट ११६ जना महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई उद्दार गरिएको छ । ट्राफिक सचेतनातर्फ २२० वटा सचेतनामूलक कार्यक्रम (लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइट) संचालन गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी बाँकेमा दर्ता भएका १४६ मुद्दामा १३५ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ भने ५८ वटा पेण्डिङ मुद्दाहरु फछ्र्यौट गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दर्ता भएका ३९४ ठाडो उजुरीका निवेदनमा ३८७ फछ्र्यौट हुँदा ७ वटा अनुसन्धान प्रक्रियामा रहेका छन् । लागूऔषधविरुद्धको कारबाहीमा जिल्ला प्रहरी कार्यालय बाँकेले ५४ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर, १९० ट्याब्लेट नाइट्राजेपामसहित ३४ जना ओसारपसार कर्ताहरुहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ । 

त्यस्तै आन्तरिक सुदृढीकरण प्रयासतर्फ उत्कृष्ट कार्य गर्ने ४ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत र आचरण बिपरीत कार्य गर्ने १ जना प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ भने खजुरामा आयोजित फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालयको फुटबल टिमले प्रथम स्थान हासिल गरेको पनि बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक हिमराज विकले कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले ट्राफिक व्यवस्थापन र फूटपाथ खाली गराउन प्रयासरत रहेको बताए । कार्कीले लागूऔषध नियन्त्रण र सडक दुर्घटना न्यूनीकरण चुनौतीको रुपमा देखिएको बताए ।


प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १९:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP