prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिबादी पक्राउ
बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिबादी पक्राउ
RSG-2
ट्राफिक कार्वाहीतर्फ २९ लाख राजश्व संकलन
बागेश्वरी पोस्ट
आइतबार, चैत ३, २०८१ बागेश्वरी पोस्ट
बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिबादी पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले फागुन महिनामा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका ६५ फरार प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालत बाँकेमा बुझाएको बाँके प्रहरीका प्रवक्ता डीएसपी दीपक पातलीले जानकारी दिए । बाँके प्रहरीले पक्राउ परेका फरार प्रतिवादीबाट १५ बर्ष २ महिना १८ दिन कैद र ४ लाख ३५ हजार ५५ रुपैयाँ जरिवाना असूल उपर गरिएको आज जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित नियमित पत्रकार सम्मेलनमा डीएसपी पातलीले बताए ।

त्यसैगरी नेपालगन्जबाट १४ लाख ७१ हजार ८७५ रुपैयाँ बराबरको अबैध भन्सार छलीको सामान बरामद गर्दै नेपालगन्ज भन्सार कार्यालय बुझाएको छ भने फागुन महिनामै अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ४ वटा टिप्पर र २ वटा ट्याक्टर नियन्त्रणमा लिएर सम्बन्धित निकायमा पठाई ४८ हजार रुपैयाँ जरिवाना गरिएको बाँके प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी बाँकेले गरेको अवैध बोइलर कुखुराविरुद्धको कारबाहीमा भारतबाट ल्याइएका ३ लाख ७६ हजार ८१० रुपैयाँ मूल्य बराबरको कुखुरा र मासु बरामद गरेर आबश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाएर नष्ट गरिएको डीएसपी पातलीले जानकारी दिए ।

बाँके प्रहरीमा फागुन महिनामा दर्ता भएका १३१ वटा मुद्दातर्फ १ सय २ जनालाई  पक्राउ गरेर कानूनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । सोही अवधिमा ६५ वटा पेण्डिङ रहेका मुद्दाहरु फर्छ्यौट भएका छन् । त्यसैगरी ४ सय १४ ठाडो उजुरीमा ३९६ उजुरी फर्छ्यौट हुँदा १८ वटा प्रक्रियामा रहेको छन् ।

फागुन महिनामा जिल्लाभरमा गरिएको ट्राफिक कारबाहीमा ३६ सय १४ सवारीसाधनलाई कारबाही गर्दै २९ लाख ११ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । त्यस्तै लागूऔषध विरुद्धको कारबाहीमा जिल्ला प्रहरी बाँकेले १ किलो १०६ ग्राम ४१६ मिलिग्राम ब्राउन सुगर, ५००० ट्याब्लेट ट्रामाडोल  र ४ किलो २०० ग्राम चरेससहित २२ जना ओसारपसार कर्ताहरुलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको डीएसपी पातलीले बताए ।

जिल्लाका विभिन्न स्थानबाट हराएका ३ वटा मोटरसाइकल र एउटा साइकल तथा हराएका २१ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । यस्तै महिला तथा बालबालिकासँग सम्बन्धित १५ वटा मुद्दातर्फ ११ जनालाई पक्राउ गरिएको थियो भने घरेलु हिंसा सम्बन्धि घरेलु हिंसा सम्बन्धि ३१ वटा उजुरीमा २४ वटा फर्छ्यौट हुँदा बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेका छन् । यसैगरी हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धि घटनाको ४६ निबेदनमा १५ जना फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकी खोजतलासको क्रममा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीले फागुनमा सीमा नाकाबाट ८१ जना महिला, बालबालिका र जेष्ठ नागरिकहरुलाई उद्धार गरेको छ भने अलपत्र अवस्थामा परेका १५ जनालाई फेला पारी संरक्षणको लागि संस्थामा पठाएको जनाइएको छ ।

समुदाय प्रहरी सहकार्य लगायतका गतिविधि अन्तर्गत जिल्ला प्रहरी बाँकेले गरेको १६० वटा सचेतनामूलक कार्यक्रमतर्फ लैङ्गिक हिंसा, लागूऔषध, आत्महत्या न्यूनीकरण, अल्पसंख्यकसंग प्रहरी, नागरिक सुनुवाई, समुदाय प्रहरी साझेदारी, साइबर अपराध र चोरीसम्बन्धि सचेतना लगायत रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।  

त्यसैगरी जिल्लाभरमा २ सय ५१ पटक सचेतनामूलक कार्यक्रम गरिएको छ ।  सचेतना कार्यक्रम अन्तर्गत लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइट लगायत रहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

प्रहरी भित्रको आन्तरिक सुदृढीकरण प्रयासतर्फ जिल्लाभरको २०८१ फागुन महिनामा उत्कृष्ट कार्य गर्ने १४ जना  प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ भने आचरण विपरीत काम गर्ने तीन जनालाई विभागीय कारबाही गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको बाटो मर्मत, रङ रोगन, कार्यालय परिसर मर्मत तथा स्ट्रीप लाइट जडान लगायत सौन्दर्याकरण गरी सेवाग्राहीमैत्री वातावरण तयार गरिएको पनि जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बाँके प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न सक्दो पर्यत्न गरिरहेको बताए ।


प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
लागुऔषध कारोबारीलाई समात्न नेपालगन्जमा प्रहरीले गोली चलायो
लागुऔषध कारोबारीलाई समात्न नेपालगन्जमा प्रहरीले गोली चलायो
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP