नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • इमान्दारलाई भर लाग्ने र बेइमानलाई डर लाग्ने बनाउने गरी कार्यसम्पादन गर्छुः सिडिओ जोशी
इमान्दारलाई भर लाग्ने र बेइमानलाई डर लाग्ने बनाउने गरी कार्यसम्पादन गर्छुः सिडिओ जोशी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत ११, २०८१ बागेश्वरी पोस्ट
इमान्दारलाई भर लाग्ने र बेइमानलाई डर लाग्ने बनाउने गरी कार्यसम्पादन गर्छुः सिडिओ जोशी

नेपालगञ्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सिडिओ कार्यालयप्रति इमान्दारलाई भर लाग्ने र बेइमानहरुलाई डर लाग्ने बनाउने गरी कार्यसम्पादन गरिने बताएका छन् । जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी सम्हालेको १५ दिनपछि बाँकेका पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उनले भने–‘जतिन्जेल बस्छु इमान्दारिताका साथ काम गर्छु । जिल्ला प्रशासन कार्यालयप्रति इमान्दारलाई भर लाउने र वेइमानहरुलाई डर लाग्ने बनाउँछु ।’ 

उनले मातहतका सरकारी कार्यालयहरुलाई पनि इमान्दारिताका साथ कार्य सम्पादन गर्न र नागरिकको सेवामा लाग्न निर्देशन दिएको पनि बताए । उनले आफ्नो जिम्मेवारी प्रशासनिक र अर्धन्यायिक निरुपण रहेको बताउँदै दुवै काम नीति, विधि र कानुनसम्मत गरिने प्रष्ट पारे । जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम राख्ने जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गरिने उल्लेख गरेका उनले विकास निर्माणमा हुने अवरोधलाई पनि फुकाउँदै लैजाने विश्वास दिलाए । उनकै पहलमा करीब १० वर्षदेखि रोकिएको  नौवस्तास्थित औद्योगिक क्षेत्रको सिमांकनको काम आजबाट मात्रै सुरु भएको छ । उनले भने–‘प्रतिफल आउने गरी काम गर्ने हो । त्यसको प्रयास नौवस्तास्थित औद्योगिक क्षेत्रबाट सुरु भइसकेको छ ।’ 

उनले सञ्चार क्षेत्रसँगको सम्वन्धलाई प्रगाढ बनाउने प्रतिवद्धता पनि जनाए । ‘तपाई (संचारकर्मी) र हाम्रो उद्देश्य समाज सुधार गर्नु नै हो,' उनले भने–‘हामी एउटै डुंगामा छौं । गल्ती गर्ने छुट कसैलाई पनि छैन । हाम्ले गल्ती गर्दा संचारकर्मीले खवरदारी गर्ने हो । मोवाइल देखाउँदैमा, माइक तेर्साउँदैमा पत्रकार हुँ भन्दैमा कानुनमाथि जाने  छुट छैन । इथिक्समा पत्रकारिता गर्नेहरु डराउनु पर्दैन ।’ सुरक्षा समितिका सबै सुरक्षा अंगका प्रमुखहरुलाई सँगै राखेर उनले सूचनामैत्री वातावरण निर्माणका लागि प्रतिवद्धता समेत जनाए । छिटोछरितो र विश्वसनीय सूचना प्रवाह गर्ने सवालमा आफु प्रतिवद्ध रहेको उनले प्रष्ट पारे । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सुरक्षा अधिकारीहरुलाई सुझाव दिए । ‘तपाईहरु (सुरक्षा निकायका प्रमुख) राज्यका अंगहरु हो । शान्ति सुरक्षा कायम गर्ने, आम नागरिकलाई सुरक्षा दिने तपाईंहरुको दायित्व हो । यो दायित्वबाट चिप्लिन थाल्नुभयो भने पत्रकारहरुले खबरदारी गर्नेछन् । त्यसलाई त्यही अनुरुपमा बुझिदिन आग्रह गर्छु’ उनले भने । अध्यक्ष गिरीले पत्रकार आचारसंहितामा केन्द्रित भएर समाचार लेख्न समेत आग्रह गरे । ‘पत्रकारहरुका लागि पनि आफ्नै सिमारेखा छन् । त्यो सीमा नाघ्ने छुट कसैलाई पनि छैन,' अध्यक्ष गिरीले भने–‘समाचार लेखेकै कारण कोही डराउनु पर्ने अवस्था छैन । समाचार लेखेकै कारण पत्रकारमाथि हुने अन्यायविरुद्ध महासंघ सतिसाल भएर उभिन्छ । न्याय दिलाएरै छाड्छ ।’ 

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले छिटोछरितो र विश्वसनीय सूचना प्राप्त गर्ने वातावरण निर्माणका लागि भूमिका निर्वाह गर्न सुझाव दिए । उनले जिल्ला प्रशासन कार्यालयलाई मिडियामैत्री र प्रविधिमैत्री बनाउन सुझाव दिए । नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष नीरज कुमार गौतम, नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसी लगायतले मिडियामैत्री भूमिका निर्वाह गर्न सुझाव दिएका थिए । कार्यक्रममा पत्रकारहरु विजय बर्मा, अर्जुन ओली, डक्ट प्रसाद धिताल, सावित्री गिरी, विरेन्द्र जैसी, बैकुण्ठ अधिकारी लगायतले आफ्नो धारणा राख्दै सुझाब दिएका थिए । 

त्यसक्रममा सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तुल बहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख शोभाकान्त खनाल, जिल्ला ट्राफिक कार्यालयका प्रमुख पुष्कर पन्त लगायतले बोलेका थिए । कार्यक्रममा राष्ट्रिय अनुसन्धानका एसपी ओम खड्का लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP