नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेबाट सशस्त्र प्रहरीद्वारा पौने २ करोड बढीको अवैध सामग्री बरामद
बाँकेबाट सशस्त्र प्रहरीद्वारा पौने २ करोड बढीको अवैध सामग्री बरामद
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत १९, २०८१ बागेश्वरी पोस्ट
बाँकेबाट सशस्त्र प्रहरीद्वारा पौने २ करोड बढीको अवैध सामग्री बरामद

नेपालगन्ज । डीआइजी प्रदीप कुमार पालको कमाण्ड रहेको सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशभरबाट डेढ महिनाको अवधिमा झण्डै साढे ५ करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ । 

सीमा सुरक्षा, सीमा अपराध, अवैध ओसारपसारविरुद्ध र शान्ति सुरक्षा लगायतका कार्य गर्दै आएको सशस्त्र प्रहरी बलले  पश्चिम नवलपरासीदेखि बर्दियासम्मको लामो सीमा भएको लुम्बिनी प्रदेशमा गरेको अवैध तस्करी विरुद्धको कारबाहीमा  ५ करोड ३९ लाख १० हजार ९५७ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नं. ५ विन्ध्यावासिनी बाहिनी रुपन्देहीका सहायक बाहिनीपति तथा सूचना अधिकारी एसएसपी कमल प्रसाद तिउसीनाले जानकारी दिएका छन् । बरामद गरिएको सबै अवैध सामग्री आबश्यक कारबाहीका लागि सम्बन्धित जिल्लाका भन्सार कार्यालयमा बुझाइएको तिउसीनाले बताए ।

लुम्बिनी प्रदेशमा अबैध चोरी निकासी पैठारी नियन्त्रणमा सक्रियरुपले अगाडि बढेको सशस्त्र प्रहरीको फागुन १ गते चैत १७ सम्मको बरामदी विवरणमा सबैभन्दा अगाडि बाँके जिल्ला रहेको छ । बाँकेस्थित सशस्त्र प्रहरी नं. ३० गण बागेश्वरी बाँकेले डेढ महिनाको अवधिमा १ करोड ७७ लाख ९ हजार २०१ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ । बाँकेमा हाल सशस्त्र प्रहरी प्रमुखमा एसपी शोभाकान्त खनाल छन्  । 

त्यसैगरी दोस्रोमा रहेको रुपन्देहीस्थित सशस्त्र प्रहरीले १ करोड ४२ लाख ३१ हजार ८० रुपैयाँ बराबरको अवैध तस्करीको सामग्री बरामद गरेको एसएसपी तिउसीनाले बताए । हाल त्यहाँस्थित सशस्त्र प्रहरी बल नं. २७ गणको एसपी मेखराज जोशीले कमाण्ड सम्हाल्दै आएका छन् । 

कपिलवस्तुस्थित सशस्त्र प्रहरी बल नं. २८ गणले पनि डेढ महिनाको अवधिमा राम्रो परिमाणमा अवैध सामग्री बरामद गरेको छ। फागुन १ देखि चैत १७ गतेसम्मको अवधि कपिलवस्तु सशस्त्र प्रहरीले ९८ लाख ५६ हजार ३०७ रुपैयाँ बराबरको सामग्री बरामद गरेको हो । तेस्रो स्थानमा रहेको कपिलवस्तु सशस्त्र प्रहरीको नेतृत्व एसपी नेत्र केसीले गरिरहेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको सबैभन्दा पूर्वी जिल्ला पश्चिम नवलपरासीस्थित सशस्त्र प्रहरी चौथोमा रहेको छ । सोही अवधिमा पश्चिम नवलपरासीबाट ८४ लाख ७५ हजार ५७० रुपैयाँ बराबरको अवैध सामग्री सशस्त्र प्रहरीले बरामद गरेको सूचना अधिकारी तिउसीनाले जानकारी दिए । उनका अनुसार त्यहाँको सशस्त्र प्रहरी बल नं. २६ गणको कमाण्ड एसपी सन्तोष रायमाझीले गर्दै आएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशको सबैभन्दा पश्चिममा रहेको बर्दियाबाट सशस्त्र प्रहरी बल नं. ३१ गणले  गत फागुन १ देखि चैत १७ गतेको अवधिमा ३१ लाख ८२ हजार ३७२ रुपैयाँ बरामदको सामग्री गरेको छ । हाल सशस्त्र प्रहरी बर्दियाको नेतृत्व एसपी मान बहादुर शाहीले गर्दै आएका छन् ।

कोइलाबास गढवा एउटा मात्रै नाका रहेको दाङबाट सशस्त्र प्रहरीले ४ लाख २२ हजार ४२७ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको विन्ध्यावासिनी बाहिनीले जानकारी दिएको छ । त्यहाँ स्थित सशस्त्र प्रहरी बल नं. २९ ज्वालामाई गण भालुबाङको कमाण्ड एसपी मनोज धितालले गरिरहेका छन् ।

एसएसपी तिउसीनाले दिएको जानकारी अनुसार प्रदेशभर सशस्त्र प्रहरीले 'सीमावासीसँग सशस्त्र प्रहरी' कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।


प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP